काठमाडौं –नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले कार्यसम्पादनमा शून्य नम्बर दिएको छ । आर्थिक वर्ष २०८०/०८१ को कार्य सम्पादन मूल्यांकनका आधारमा घिसिङले शून्य नम्बर पाएका हुन् । मन्त्रालयले यसबारे घिसिङलाई औपचारिक जानकारी भने दिइसकेको छैन ।
घिसिङले मन्त्रालयलाई ९८.९९ प्रतिशत अंक दाबी गरी मूल्यांकनका लागि मुख्य कार्यसम्पादन सूचकांक समेटिएको विवरण पेस गरेका थिए ।
घिसिङले बिहीबार गत पुस २५ गते आर्थिक वर्षमा सम्पादन गरेका काममा ९८.९९ प्रतिशत अंक दाबी गरी मूल्यांकनका विवरण पेस गरेका थिए । घिसिङलाई किन शून्य अंक दिइएको हो भन्ने विषयमा उर्जा मन्त्रालयलका अधिकारीहरूले औपचारिक रूपमा जानकारी दिन चाहेका छैनन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।