एजेन्सी– सिरियाको राजधानी दमास्कसमा नयाँ सरकारप्रति वफादार सेना र सत्ताबाट बहिर्गमन गरिएका असद शासनका समर्थकबीच भिषण लाडाइँ भएको छ ।
देशको उत्तर पश्चिम तटीय क्षेत्रमा रुसी नियन्त्रित एअरबेस नजिक लताकिया प्रान्तमा भएको झडपमा कम्तिमा दर्जनौं मानिसको मृत्यु भएको छ ।
डिसेम्बरमा बशर अल–असदको पतनपछि सिरियाकी इस्लामी सरकारसँग जोडिएको सेनासँग अहिलेसम्म हिंसात्मक झडप जारी छ ।
मारिएका मानिसको संख्याबारे भिन्न भिन्न अनुमान छन् । बिहीबार मध्यरात सिरियास्थित टेप न्यूज एजेन्सीले सरकार समर्थिक बलको आक्रमणमा करिब ७० पूर्व सरकारी लडाकू मारिएका छन् । जहाँ २५ भन्दा बढी जबलेह र उसको आसपासको क्षेत्रमा पक्राउ गरिएको छ ।
यसबाहेक एएफपी समाचार एजेन्सीले एक युद्ध पर्यवेक्षकलाई उदृत गर्दै कूल ४८ जना मारिएको र जसमा सरकरी सुरक्षाकर्मी र २८ जना असद समर्थक लडाकू र चार जना आम नागरिक रहेको बताएको छ ।
सिरियाको रक्षामन्त्रालयका प्रवक्ता कर्नेल हसन अब्दुल गनीले सरकारी मिडियाका माध्यमबाट लताकियामा लडिरहेका असद समर्थकलाई चेतावनी दिएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।