काठमाडौं–निजामती कर्मचारीसम्वद्ध ट्रेड युनियनहरूले सरकारसमक्ष १० बुँदे माग अघि सारेका छन्।
संघीय निजामती सेवा ऐन निर्माणमा आफूहरूसँग छलफल नगरी अगाडि बढेमा आन्दोलन गर्ने चेतावनी निजामती कर्मचारीसम्वद्ध ट्रेड युनियनहरूले सामूहिक रूपमा दिएका हुन्।
यसअघि पेश गरिएका मागको समेत ध्यानाकर्षण गराउँदै ६ वटा संगठनले निजामती क्षेत्रका सवाल पूरा नगरे चरणवद्ध आन्दोलनको चेतावनी दिएका छन्।
नेपाल निजामती कर्मचारी संगठन, कर्मचारी युनियन, राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन, स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन र मधेशी कर्मचारी मञ्चले संयुक्त विज्ञप्ति जारी गर्दै उक्त जानकारी गराएका हुन्।
‘निजामती प्रशासनलाई संघीय शासन अनुरूपको ढाँचामा व्यवस्थित गरी जनताको सेवा प्रवाहलाई चुस्त, दुरुस्त, प्रभावकारी, पारदर्शी एवं नागरिकमैत्री गराउने कार्यमा सहयोग पुग्ने गरी ऐन जारी हुन आवश्यक रहेको छ’, यी संगठनले भनेका छन्।
शिक्षकहरूको सडक आन्दोलनप्रति पनि निजामती क्षेत्रमा क्रियाशील यी संगठनले गम्भीर ध्यानाकर्षण भएको व्यक्त गरेका छन्।
सरुवा, बढुवा, पदस्थापन, वृत्ति विकास, कासमुलगायतका सवालमा राखिएको माग पूरा नगरे आन्दोलन गर्ने र उत्पन्न परिस्थितिको जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्ने कर्मचारी संग-संगठनको चेतावनी छ।
यस्तो छ उनीहरूले १० बुँदे माग राखेर जारी गरेको संयुक्त विज्ञप्ति-


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।