काठमाडौं – इस्पेनिस टोली रियल म्याड्रिड च्याम्पियन्स लिगबाट बाहिरिएको छ । आर्सनल युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गर्दा रियल बाहिरिएको हो । आर्सनलले म्याड्रिडलाई समग्रमा ५–१ ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । पहिलो लेगमा ३–० को जित हात पारेको आर्सनलले बुधबार भएको खेलमा २–१ को सफलता पाएको हो ।
सो खेलमा आर्सनलका बुकायाका साकाले पेनाल्टी खेर फालेका थिए । उनले १३ औँ मिनेटमा प्रहार गरेको पेनाल्टी रियलका गोलरक्षक थियाबउट काउरटिसले बचाए ।
साकाले नै ६५ औँ मिनेटमा मिकेल मेरिनोको पासमा गोल गरे । त्यसको दुई मिनेटपछि रियलका लागि भिन्सियस जुनियरले गोल गरे । इन्जुरी समयमा आर्सनलका गाब्रियल मार्टिनेलीले गोल गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।