काठमाडौँ–तीनकुने घटनामा संलग्न आपराधिक उपद्रव कसुरमा अनुसन्धान भइरहेकाहरूलाई अदालतले थप ७ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको छ।
काठमाडौँ जिल्ला अदालतले थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताएका हुन्।
अवाञ्छित गतिविधिमा संलग्न आरोपमा पक्राउ परेका र आपराधिक उपद्रव र सङ्गठित अपराध मुद्दामा अहिले २७ जना थुनामा छन्। यसअघि ४२ जना थुनामा भए पनि अनुसन्धान पुरा भएकाहरूलाई हाजिर जमानीमा छाडिएको एसपी बोहराले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।