काठमाडौँ–चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा साढे दुई अर्बको सिमेन्ट निर्यात भएको छ।
बुधबार भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त मूल्य बराबरको सिमेन्ट निर्यात भएको हो।
विभागका अनुसार २०८२ वैशाख मसान्तसम्म २ अर्ब ४१ करोड ८८ लाख ७५ हजार रुपैयाँको ७७२१०४ मेट्रिक टन सिमेन्ट तथा सिमेन्ट क्लिङ्कर भारतमा निर्यात भएको छ।
यसमध्ये ६४ करोड ९२ लाख १९ हजार रुपैयाँको ४ लाख ८१ हजार ९२५ मेट्रिक टन सिमेन्ट क्लिङ्कर र १ अर्ब ७६ करोड ९६ लाख ५६ हजार रुपैयाँको सिमेन्ट निर्यात भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।