एजेन्सी –हार्वर्ड विश्वविद्यालयले अमेरिकी ट्रम्प प्रशासनविरुद्ध शुक्रबार संघीय अदालतमा मुद्दा दायर गरेको छ । प्रशासनले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भर्ना र उपस्थितिमा कडा प्रतिबन्ध लगाउने निर्णय सार्वजनिक गरेको २४ घण्टा नबित्दै हार्वर्डको कानुनी कदम सार्वजनिक भएको हो ।
हार्वर्डले यो कदमलाई “प्रतिशोधपरक” कार्यका रूपमा व्याख्या गर्दै अदालतमा अन्तरिम आदेश माग गरेको छ । विश्वविद्यालयका अनुसार, ट्रम्प प्रशासनको कारबाहीले हार्वर्डमा अध्ययनरत हजारौँ अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भविष्य संकटमा पारेको छ ।
हार्वर्डका कार्यकारी अध्यक्ष डा. एलन एम. गार्बरले विश्वविद्यालय समुदायलाई पठाएको पत्रमा ट्रम्प प्रशासनको निर्णयलाई “गैरकानुनी र अनुचित” भन्दै तीव्र आलोचना गरेका छन् । “यो केवल हार्वर्डका लागि होइन, देशभरका विश्वविद्यालयका लागि चेतावनीको संकेत हो,” उनले भने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।