एजेन्सी – गाजामा इजरायलले पछिल्लो २४ घण्टामा गरेको बम आक्रमणमा ७६ जना प्यालेष्टाइन नागरिकको को मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय संचार माध्यमहरुका अनुसार जारी हमलाहरूमा हताहत हुनेहरूको संख्या बढ्दै गएको छ । संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरेसले गाजामा द्वन्द्व सबैभन्दा क्रूर चरणमा पुगेको बताएका छन् ।
गुटेरेसले भोकमरीको चपेटामा परेकाहरुकोमा सहायता पुग्न नसकेको बताएका छन् । गाजामा अहिलेसम्म कुनै पनि सहायता वितरण नभएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म गाजामा इजरायलको युद्धमा कम्तिमा ५३ हजार ८ सय २२ प्यालेस्टिनीहरू मारिएका छन् भने एक लाख २२ हजार जना घाइते भएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।