काठमाडौं–सत्तारुढ दल नेकपा एमालेले आगामी जेठ १५ गते देशव्यापी रुपमा गणतन्त्र दिवसलाई उत्सवको रुपमा मनाउने निर्णय गरेको छ।
आइतबार बसेको पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिएका हुन्।
पार्टी कमिटीका तर्फबाट र पालिकाका तर्फबाट गणतन्त्र दिवसलाई उत्सवको रुपमा मनाउन पालिकास्तरमा विशेष कार्यक्रम आयोजना गर्ने निर्णय एमालेले गरेको छ।
काठमाडौं उपत्यकाको हकमा सांस्कृतिक झांकिसहित गणतन्त्र दिवस उत्सवको रुपमा आयोजना हुने उनले बताए।
सोही दिन काठमाडौंमा राजावादी समूहले पनि प्रदर्शन गर्दैैछ।
जनताका विरुद्धमा हुने कुनै पनि गतिविधि पार्टीका लागि स्वीकार्य नहुने पनि उनले बताए।
जनताको विरुद्धमा हुने कुनै पनि गतिविधि नेकपा एमालेका लागि स्वीकार्य हुँदैन। गणतन्त्र जनताको अधिकारको रुपमा स्थापित गर्ने काम भएको छ। त्यसलाई अझै सबल र सुदृढ बनाउनुपर्छ भन्ने कुरा भएको छ,’ महासचिव पोखरेलले भने, ‘जेठ १५ गते गणतन्त्र स्थापना भएको दिनलाई उत्सवको रुपमा देशव्यापी रुपमा मनाउने र त्यसका लागि आम जनसमुदायलाई गणतन्त्रलाई उत्सवको रुपमा सहभागी हुन आह्वान गर्ने निर्णय गरेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।