काठमाडौं–प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ।
बिहान ११ बजे बोलाएको बैठक १ बजेदेखी सुरु भएको हो।
तर, आजको बैठकमा पनि विपक्षी दलले अवरोध गरेका छन्। सभामुख देवराज घिमिरेले आजको बैठकको कारबाही प्रारम्भ हुन्छ भन्ने बित्तिकै विपक्षी दलका सांसदहरू उठेर अवरोध गरिरहेका छन्।
मंगलबार पनि विपक्षी दलका सांसदले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै अवरोध गरेका थिए।
बैठक सुरू हुनासाथ विपक्षी दलका नेताहरु उठेर विरोध जनाए। तर, सत्ता पक्षले आज गृहमन्त्रीले आफूमाथि उठेको प्रश्नको जवाफ दिने तयारी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।