एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिनपिङ बिच टेलिफोन वार्ता भएको छ । जसमा सीले आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पलाई दुई देशबीचको सम्बन्धको बाटोलाई सच्याउनुपर्ने बताएका छन् । वासिङ्टन र बेइजिङबीच व्यापार र विद्यार्थी भिसा जस्ता विषयमा विवाद भइरहेका बेला ट्रम्पको अनुरोधमा भएको वार्तामा चीनले बाटो सच्चाउन अमेरिकालाई आग्रह गरेको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार राष्ट्रपति सीले अमेरिकी समकक्षी ट्रम्पलाई दुई देशबीचको सम्बन्धको विशाल जहाजको दिशा सुधार गर्न दुवै पक्षले सही दिशा तय गर्न आवश्यक रहेको उल्लेख गरेका हुन् । विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकका अधिकारीहरूले जेनेभामा भएको व्यापार वार्तालाई खतरामा पारेको आरोपप्रत्यारोप लगाएका समय भएको फोनवार्ता भएको हो ।
त्यस्तै, स्वशासित ताइवानको विषयमा वासिङ्टनले सावधानीपूर्वक कदम चाल्नुपर्ने बताएका छन् । सीसीटीभीका अनुसार सीले चीन र अमेरिकालाई द्वन्द्व र मुठभेडको खतरनाक स्थितिमा धकेल्ने ‘ताइवान स्वतन्त्रता पृथकतावादीहरूको सानो संख्याबाट बच्न अमेरिकाले ताइवान मुद्दालाई सावधानीपूर्वक सम्हाल्नुपर्नेमा जोड दिएका थिए ।
अमेरिकी रक्षामन्त्री पिट हेगसेथले बेइजिङको सेनाले ‘वास्तविक सम्झौताका लागि पूर्वाभ्यास गरिरहेको र ताइवानमाथि सम्भावित आक्रमणको तयारी गरिरहेको बताएपछि चिनियाँ नेताको यो टिप्पणी आएको सामाचारमा उललेख छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।