एजेन्सी– भारतमा कोभिड–१९ का सक्रिय बिरामीहरू ५ हजार नाघेका छन्।
त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जारी गरेको तथ्याङ्क अनुसार देशभरमा कोभिड–१९ का कुल ५ हजार ३६४ सक्रिय बिरामी पुष्टि भएका छन्।
यी मध्ये धेरैजसो बिरामीहरू केरलामा छन्। केरला पछि, गुजरात, पश्चिम बङ्गाल र दिल्लीमा धेरै सङ्क्रमित भेटिएका छन्।
केरलामा कोभिडका १ हजार ६७९ सक्रिय बिरामीहरू रहेको बताइएको छ। यो सङ्ख्या गुजरातमा ६१५, पश्चिम बङ्गालमा ५९६ र दिल्लीमा ५९२ छन्। मन्त्रालयका अनुसार यस वर्ष हालसम्म देशमा कोरोनाका कारण ५५ बिरामीको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।