काठमाडौँ– प्रहरीले काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगाबाट ४५ लाख ६३ हजार मूल्य बराबरको सुन बरामद गरेको छ।
काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको बा.प्र.–०३–००१ ख ३१३९ नम्बरको बस चेकजाँच गदा सुन भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताएका हुन्।
टुक्रा सुन लिएर आएका ३१ वर्षीय महादेव सामन्तलाई प्रहरीले पक्राउ गरेको छ। उनी भारत वेस्ट बङ्गालका स्थानीय हुन्। थप अनुसन्धान र कारबाहीका लागि उनलाई विमानस्थल भन्सार कार्यालयमा पठाइएको एसपी बोहराले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।