काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोलबीच भेटवार्ता भएको छ । लामो समयदेखि विवादका कारण बस्न नसकेको कार्यपालिका बैठक केन्द्रित रहेको उक्त भेटवार्तामा मेयर र उपमेयर दुवै जना विवाद समाधान गर्ने तथा बैठक राख्ने कुरामा सकारात्मक रहेको बताइएको छ ।
‘अब छिट्टै कार्यपालिका बैठक राख्ने कुरा भएको छ । विवादका विषयमा पनि समाधान गर्ने सहमति भएको छ । तर, बैठक कहिले बस्ने भन्नेबारे मिति टुंगो भने लागेको छैन,’ स्रोतले भन्यो । बैठकमा मेयर र उपमेयरका साथमा केही वडाध्यक्षहरू पनि सहभागी थिए ।
काठमाडौं महानगर कार्यपालिकाको बैठक पुस १४ गतेयता बस्न सकेको छैन । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको विषयमा उत्पन्न विवादमा बालेन एकातिर र उपमेयरसहित सबैजसो कार्यपालिका सदस्यहरू अर्कोतिर भएका थिए । कर्मचारीहरुको समेत साथ नपाएका बालेनले जनप्रनिधिहरुलाई विश्वासमा लिने कोशिष थालेका हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।