काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयक पारित गर्ने विषयमा फेरि थप समय माग गरेका छन्।
आइतबारकाे शिक्षा समितिको बैठकमा बोल्दै मन्त्री पन्तले केही विषयमा थप छलफल आवश्यक रहेको बताउँदै थप समय माग गरेका हुन्।
शिक्षक महासङ्घलाई ६०/४० मनाउन सफल भएको बताउँदै उनले थप विषयमा छलफल बाकी रहेको बताउँदै समय माग गरेका हुन्। 'आजको बैठकमा टुङ्ग्याउने भनेका थियौ। आजको बैठकमा केही समय चाहिने भयो। अलिकति थप समय चाहियो, 'मन्त्री पन्तले भने।
यसअघि असार १६ गते पनि शिक्षामन्त्रीकै आग्रहमा समितिको बैठक स्थगित गरिएको थियो। फेरि शिक्षक महासंघसँग वार्ता जारी रहेकाले मन्त्रीले समय मागेका हुन्।
विद्यालय शिक्षा विधेयक चाँडै पास गर्नुपर्ने समितिका सदस्यहरुले माग गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।