काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले निजामती विधेयकको कुलिङ पिरियडमा छानबिन समिति बनाउँदा कांग्रेसले नेतृत्व लिन नहुने मत राखेको छ।
प्रतिनिधिसभाको आजको बैठकमा धारणा राख्दै रास्वपा प्रवक्ता मनिष झाले एक वर्ष अगाडि आफैँले राखेको धारणा भुलेर जसको विषयमा आशंका उब्जिएको हो, त्यसको नेतृत्वमा समिति बन्न लागेको भन्दै आपत्ति जनाएका हुन्।
उनले भने, ‘जुन व्यक्तिको नाम जोडिएको छ त्यो व्यक्तिको नाम जोडेर नै समितिको नाम बन्नुपर्छ भनेर तपाईँहरूले भन्नुभएको थियो त्यो पनि बिर्सिनुभयो।’
उनले यो समितिमा आफ्नो दलको सहभागिता रहने बताए। भिजिट भिसा प्रकरणमा आफूहरूले उठाएको एजेन्डा पनि नछाडेको बताए।
समितिको सभापति रामहरि खतिवडा छन्। उनी कांग्रेसका सांसद हुन्। छानबिन समितिको नेतृत्व कांग्रेसले लिने सहमति दलहरूबिच भएको छ। त्यसबारे रास्वपाले आपत्ति जनाएको हो।
विरोध गरे पनि प्रवक्ता झाले समितिमा पार्टीको प्रतिनिधित्व हुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।