काठमाडौं– सोमबार बिहानदेखि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन्। उनको स्वास्थ्यबारे आम चासो बढिरहेका बेला मंगलबार बेलुका अस्पतालबाटै एक सन्देश जारी गर्दै प्रधानमन्त्रीले भने– 'धर्म, संस्कृतिको नाममा होस् वा दलीय बहसको नाममा, आपसी सद्भाव खलबल्याउने प्रकृतिका कुनै पनि दुष्कर्म मान्य हुनै सक्दैनन्।'
_x000D_
_x000D_
देशमा कुनै ठूला द्वन्द्वका घटना भएको अवस्था छैन। तर, आफ्नो स्वास्थ्यप्रति चासो राख्नेहरुलाई धन्यवाद दिन जारी गरिएजस्तो बुझिने सन्देशमा पनि प्रधानमन्त्रीले किन यस्तो वाक्य उल्लेख गरे? 'सद्भाव खलबल्याउने प्रकृतिका कुनै पनि दुष्कर्म'को संकेत कता व्यक्त गर्न खोजेका हुन्, प्रधानमन्त्रीले?
_x000D_
_x000D_
प्रधानमन्त्रीले आफ्नो सन्देशमा कुनै घटना उल्लेख गरेका छैनन्। बरु सन्देशमा अगाडि भनिएको छ– यस्ता प्रकृतिका कार्यमा संलग्न जोसुकैलाई पनि राज्यको प्रशासन र सुरक्षा निकायले कानुन बमोजिम कारबाही गर्छ।
_x000D_
_x000D_
'त्यसलाई त्यसैगरी बुझ्नुस्', प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्याल भन्छन्, 'अहिले सुनसरी, कपिलवस्तुतिर अलिअलि घटना देखिएका छन्। हामीले नदिएको मात्रै हो। कहाँकहाँ घटना भएको हो, त्यसलाई उचालिरहनु जरुरी छैन। सम्बन्धित ठाउँहरुले बुझ्छन्।'
_x000D_
_x000D_
प्रधानमन्त्रीले शान्ति सुव्यवस्था भंग गर्ने कार्य नगर्न सबैलाई सचेत पनि गराएका छन्। 'अपराध कर्ममा संलग्न हुने, अपराधका घटनासँग सम्बन्धित प्रमाणहरु नष्ट गर्ने, अपराधीको बचाउ गर्ने र अनुसन्धानमा बाधा अवरोध खडा गर्ने जोसुकैलाई पनि सरकारले कानुन बमोजिम कडाभन्दा कडा कारबाही गर्छ', प्रधानमन्त्रीको सन्देशमा भनिएको छ।
_x000D_
_x000D_
अहिले अपराधका घटनासँग सम्बन्धित प्रमाण नष्ट गरिएको विषय निर्मला पन्तको बलात्कार र हत्या गरिएको घटनासँग चर्चा छ। तर, यो घटना पनि प्रधानमन्त्री बिरामी हुनु निकै अघिको हो। पन्तको गत साउन ११ गते लाश फेला परेको थियो। उनको हत्यारा अहिलेसम्म पत्ता लाग्न सकेको छैन।
_x000D_
_x000D_
'जति भनिएको हो, त्यतिमात्रै बुझियो भने राम्रो हुन्छ', अर्याल भन्छन्, 'हामी यहाँ यस्तोयस्तो भएको छ भन्न थाल्यौं भने झन् अप्ठ्यारो पार्छ।'
_x000D_
_x000D_
प्रधानमन्त्री ओलीलाई सोमबार बिहान ४:३० बजे त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो।
_x000D_
_x000D_
उनको उपचारमा डा अरुण सायमीको संयोजकत्वमा डा. दिव्या सिंह र डा. सन्तकुमार दास संलग्न छन्।
_x000D_
_x000D_
हेर्नुहोस्, प्रधानमन्त्रीको सन्देश
_x000D_
_x000D_

_x000D_
_x000D_
यो पनि पढ्नुहोस्– अस्पतालबाट प्रधानमन्त्रीको सन्देश– छिट्टै फर्किन्छु, समृद्ध नेपालको सपना साकार पार्न सक्रिय हुनेछु
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।