काठमाडौं– मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको आइतबार अपराह्न नर्भिक अस्पतालमा निधन भयो।
_x000D_
_x000D_
उनी केही दिन अघिदेखि अस्पताल भर्ना भएका थिए। सुरुमा माइतीघरमा अन्नपूर्ण न्युरो अस्पताल भर्ना भएका तुलाधरलाई पछि नर्भिकमा रिफर गरिएको थियो।
_x000D_
_x000D_
भाषा आन्दोलनबाट उदाएका मानवअधिकारवादी नेता तुलाधर ०५१ मंसिरमा गठन भएको तत्कालीन मनमोहन अधिकारी नेतृत्वको सरकारमा श्रम तथा स्वास्थ्य मन्त्री भएका थिए।
_x000D_
_x000D_
मन्त्री भएकै बेला उनी एउटा अभिव्यक्तिलाई लिएर चर्को आलोचनामा फसे। गाईबारे उनले बाराको कलैयामा २०५१ फागुनमा अभिव्यक्ति दिएका थिए।
_x000D_
_x000D_
उनको अभिव्यक्तिप्रति व्यापक मतमतान्तर भए। उनका पुत्ला जलाइए। राजीनामा मागिए। विरोधमा बन्द घोषणा पनि गरिए। तर, जसरी प्रचारित भइरहेको छ, आफूले त्यस्तो नबोलेको तुलाधरले बताइरहे।
_x000D_
_x000D_
ऋषिकेश शाह, जो नेतृत्वको नेपाल मानव अधिकार संगठनको कार्यक्रममा थियो, उनले पनि तुलाधरले प्रचारित भएजस्तो नबोलेको बताए। अडियो टेप सार्वजनिक भयो। मतमतान्तर चलि नै रह्यो।
_x000D_
_x000D_
मत विभाजनलाई ०५२ बैशाख २४ मा प्रकाशित मुख्य समाचारले पनि संकेत गर्छ। लेखिएको छ, 'यसैबीच हिजो शनिबार हिन्दू एकता समाजले तुलाधरको भनाइ र त्यसबाट राष्ट्रमा पर्नसक्ने खराब असरबारे एउटा राष्ट्रिय गोष्ठीको आयोजना गर्यो। सो कार्यक्रममा बोल्दै पञ्चायतवादी योगी नरहरिनाथले गो हत्याको कुरा उठाउने र उकास्नेहरुलाई जनता आफैंले सत्ताच्युत गराउनुपर्ने दृढता व्यक्त गर्नुभयो।'
_x000D_
_x000D_
त्यतिबेलाको चर्चित साप्ताहिक देशान्तरले ०५२ बैशाख २४ गते भाषणको मुख्य अंश प्रकाशित गर्यो। तर, त्यसअघि नै उसले ०५१ चैत १९ गते सम्पादकीयमा लेख्यो, 'मानव अधिकारको छाडा व्याख्या गर्दै जाँदा मन्त्री तुलाधर जात-जाति, भेष-भाषा, धर्म-सम्प्रदायमा जानी-जानी पुग्नु भएको हो र त्यसलाई उहाँले आफ्नो विगत अनुरुप राजनीतिमा अनुवाद गर्नु भएको हो। देश हाँक्ने र जनतालाई सुख-शान्ति दिने वाचा गर्ने राजनीतिक व्यक्तिहरुबाट सामाजिक असहिष्णुता सिर्जना गर्ने यस्ता संविधान विपरितका तुच्छ कार्य हुन्छन् र पनि उनीहरुलाई स-सम्मान राष्ट्रिय जिम्मेवारका पदमा विराजमान गराइनै रहिन्छ भने यो मुलुकको भविष्य के होला?'
_x000D_
_x000D_
खासमा के बोलेका थिए त, मन्त्री तुलाधरलेर? ०५२ बैशाख २४ मा देशान्तरले पहिलो पृष्ठमै बाकसमा तुलाधरको भाषण जस्ताको तस्तैु भनेर भाषणको केही अंश प्रकाशित गरेको छ। जुन यहाँ साभार गरिएको छ–
_x000D_
_x000D_
धर्मको कुरा आउँदा अत्यन्तै संवेदनशील कुराहरु छन्। हामी एकातिर मानव अधिकारवादी भनेर अत्यन्तै जबरजस्त भाषणहरु गर्दछौं तर जब व्यवहारमा धर्मको कुरा आउँछ तैपनि हामी कतै आफ्नो शीर झुकाउँछौं कहीँ कतै जस्तो केही वर्ष अघि धरानमा एउटा विशाल र्याली र आमसभाको आयोजना भएको थियो विभिन्न धर्मालम्बीहरुको संयुक्त आयोजना थियो मुसलमान, क्रिश्चियन, बौद्ध, हिन्दू सबै धर्मका प्रतिनिधिहरुको उपस्थिति थियो।
_x000D_
_x000D_

_x000D_
_x000D_
त्यहाँ मैले एकजना फेरि पनि मानव अधिकारवादीको हैसियतमा राखेको कुराः हाम्रो देश निश्चितै रुपमा विभिन्न कारणहरुले गर्दा खेरी अहिले पनि हिन्दू धर्म भनेर भनियो, हिन्दू अधिराज्य भनेर घोषणा गरियो संविधानमा जबसम्म परिवर्तन हुँदैन जबसम्म संशोधन हुँदैन तबसम्म यो हिन्दू अधिराज्य भई नै रहने छ तर तैपनि हाम्रो मान्यता हामी सबैले मानेको कुरा धार्मिक समानता पनि हो, धार्मिक स्वतन्त्रता पनि हो तर फेरि पनि मुसलमानहरुको जब कुरा आउँछ फेरि पनि मंगोल जातिको मूल नेपालीहरुको कुरा आउँछ उनीहरुले गाईको मासु खान पाउने कि नपाउने?
_x000D_
_x000D_
कुरा बोल्नु हुन्छ कि हुँदैन यस्तो सभामा जहाँ हिन्दूहरुको बाहुल्य हुन सक्दछ अर्थात् जुन देशलाई दिन्दू अधिराज्य भनेर घोषित गरेको छ यस्तो ठाउँमा एक जना मानव अधिकारवादीले धार्मिक स्वतन्त्रताको पक्षपाती भएर धार्मिक सहिष्णुताको पक्षपाती भएर बोल्दाखेरी साहस गर्ने कि नगर्ने?
_x000D_
_x000D_
तर हामी मध्ये अधिकांशको सासह गर्न सक्दैनौं म पनि साहस गर्न सक्दिन तर तैपनि यो एउटा यस्तो थलो, यस्तो एउटा सभा नेपाल मानव अधिकार संगठनको पाँचौं साधारण सभाको हुनुको कारणले मैले साहस गरेको हो कि हामी यो आन्दोलनमा लागेका हौं।
_x000D_
_x000D_
ऋषिकेश शाहको नेतृत्वलाई हामीले स्वीकार गरेका हौँ भने हामीले साहस गर्नु पर्दछ कि हिन्दू अधिराज्य भए पनि धार्मिक सहिष्णुतामा विश्वास गर्दछौँ यो कुरालाई हामीले सहर्ष स्वीकार गरेका हौं।
_x000D_
_x000D_
यो कुरामा विवादै छैन हामीमा सहिष्णुता छ यदि सहिष्णुता छ भने कम से-कम मुसलमानहरुको बस्तीमा केन्द्रित होस् त्यहाँ उनीहरुको धर्मले, उनीहरुको संस्कृतिले खोजेको हो भने उनीहरुको त्यही संस्कृति हो, धर्म हो भने हामीले छुट दिनु पर्दछ कि पर्दैन?
_x000D_
_x000D_
मेरो विचारमा छुट दिनु पर्दछ।
_x000D_
_x000D_
२०५१/११र२७
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।