• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ
महतो नेतृत्वको राजपाको प्राथमिकता कता?
64x64
किशोर दहाल आइतबार, मंसिर ९, २०७५  ०४:२७
1140x725

काठमाडौं- नेतृत्व परिवर्तनसँगै राजपाको रणनीति पनि परिवर्तन हुने आशंका अस्वभाविक होइन। नयाँ संयोजक बनाइएका राजेन्द्र महतोले नाकाबन्दीका बेला दिएका कडा अभिव्यक्तिका कारण काठमाडौंमा आलोचित थिए। उनै महतोलाई संयोजक चुनेपछि राजपाले नयाँ बाटो हिँड्न लागेको हो कि भन्ने धेरैलाई लागेको छ।

_x000D_ _x000D_

त्यसो त राजपामा संयोजक परिवर्तन कुनै अनौठो कुरा थिएन। कारण, ०७४ बैशाखमै ६ पार्टी मिलाएर राजपा बनाउँदा नै दुईदुई महिनामा संयोजक परिवर्तन हुने गरी चक्रिय प्रणाली अपनाउने सहमति भएको थियो। तर महन्थ ठाकुरलाई नै निरन्तरता दिइयो। उनी डेढ वर्ष संयोजक भए।

_x000D_ _x000D_

त्यसैले पनि अहिलेको संयोजक परिवर्तन पूर्व सहमति अनुसार नै भएको राजपाको नेताहरुको अभिव्यक्ति छ। उनीहरु विगतमा अभ्यासमा नरहेको तर स्वभाविक परिवर्तन मान्छन्।

_x000D_ _x000D_

नयाँ निष्कर्ष, नयाँ संयोजक
_x000D_ जब संघीय समाजवादी फोरम सरकारमा गयो, राजपाले पनि जाने इच्छा देखाएको थियो। तर, उनीहरुको केही पार्टीगत र केही सार्वजनिक चासो थिए। जसरी फोरम 'आवश्यकता अनुसार' संविधान संशोधन गर्ने कुरामा सहमत भएर सरकारमा गयो, राजपालाई त्यसमा केही त थप्नैपर्ने भयो। उनीहरु कुनै समय अवधि तोकेर त्यसभित्र संविधान संशोधन गर्ने सहमति गराउन चाहन्थे। त्यसका अतिरिक्त रेशम चौधरीलाई सपथ ग्रहण गराउने वातावरण बनाउनु पनि उनीहरुका निम्ति जरुरी थियो।

_x000D_ _x000D_

तर, उपेन्द्र यादव नै सरकारमा आइसकेपछि प्रधानमन्त्रीले राजपालाई प्राथमिकता दिएको देखिँदैन। त्यसैले संविधान संशोधन लगायत राजपाको सरोकारलाई प्रधानमन्त्रीले बेवास्ता गरिरहे। भेटघाट भइरहेको थियो, प्रधानमन्त्रीले आश्वासन पनि दिइरहेका थिए। तर राजपाका निम्ति जे हुनुपर्ने हो, त्यही चाहिँ भइरहेको थिएन। अर्थात्, संविधान संशोधन हुने विश्वास मर्दै गएको थियो।

_x000D_ _x000D_

गत असोज २२ गते प्रधानमन्त्रीसँग भेट्न पुगेका राजपाका नेताहरुलाई पनि प्रधानमन्त्रीले आश्वासन दिएका थिए। राजपाको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले भनेका थिए– 'संविधान संशोधनका विषयमा म गम्भीर छु। यस सम्बन्धमा थप छलफल गरी तपाईंहरुलाई आगामी २७/२८ गतेतिर पुनः बोलाउँछु।'

_x000D_ _x000D_

तर, प्रधानमन्त्रीले बोलाएनन्।

_x000D_ _x000D_

'यदि दुई तिहाइ बहुमतको सरकारले सांसद रेशम चौधरीको सपथ, आन्दोलनकारी माथिको झुठा मुद्दा फिर्ता बन्दीहरुको रिहाइ गरी पार्टीले उठाउँदै आएका राजनीति र जनताको जनजीवनसँग जोडिएका मुद्दाहरुका साथै संविधान संशोधनको कुरालाई गम्भीरतापूर्वक लिँदैन र तत्काल संविधान संशोधन प्रक्रियालाई अगाडि बढाउँदैन भने राजपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिन बाध्य हुनेछ', प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा भनिएको थियो, ‘र, एकपटक फेरि यो देश संघर्ष र आन्दोलनको बाटोमा धकेलिन बाध्य हुनेछ, जसले सम्पूर्ण जिम्मेवारी यहाँ नेतृत्वको सरकारको नै हुनेछ।’

_x000D_ _x000D_

सोही भेटमा राजपा नेताहरुले संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन छठसम्मको समय दिएका थिए। तर, राजपाको माग सम्बोधनमा कुनै संकेतसम्म देखिएको छैन।

_x000D_ _x000D_

पछिल्लो समय त राजपा नेताहरु सरकारले संविधान संशोधन गर्दैन भन्ने निष्कर्षमा पुगिसकेका छन्। अब आशाको कुनै संकेत पनि नरहेको उनीहरुको तर्क छ। 'सरकारले असारमा धान रोप्दा मंसिरमा धान काटेपछि र मंसिरमा धान काटेपछि असारमा धान रोपेपछि बिहे गरिदिन्छु भन्दै अलमल्याउने कथाजस्तो झुक्याइरहेको छ', राजपा महासचिव केशव झा भन्छन्, 'भेट हुँदा प्रधानमन्त्री संविधान संशोधन गर्छु भन्नुहुन्छ। त्यसपछि भने कुनै पहल नै गर्नुहुन्न।'

_x000D_ _x000D_

संविधान संशोधन नहुने भएपछि अब दबाब बढाउनका लागि नयाँ बाटो खोज्नुपर्नेमा नेताहरु सहमत हुन थालेका छन्। यद्यपि, त्यसको स्वरुप कस्तो हुन्छ भन्ने कुराले ठोस आकार पाइसकेको छैन। 

_x000D_ _x000D_

असफल ठाकुर, शक्तिशाली महतो
_x000D_ हुन त राजपामा संयोजक त्यति प्रभावी पद होइन। तर, सबैभन्दा माथिल्लो नेतृत्व भएकाले त्यसको आफ्नै किसिमको शक्ति हुन्छ नै। तर डेढ वर्षयताको ठाकुरको मुद्दाको हिसाबले कुनै सफलता दिलाउन सकेनन्। राजपा गठन भएको केही हप्तामै देशमा स्थानीय तहको चुनाव सुरु भयो। तेस्रो चरणसम्म तन्किएको चुनावमा उनीहरुले अघिल्ला दुई चरणमा भाग नै लिएनन्। न चुनावमा जाने वातावरण बनाउन सके, न त्यसलाई असफल बनाउन सके।

_x000D_ _x000D_

_x000D_ _x000D_

दोस्रो चरणसम्मको चुनाव बहिस्कार गरे पनि तेस्रो चरणमा भएको प्रदेश २ को चुनावमा उनीहरु भाग लिए। यसले पार्टिभित्रै असन्तुष्टिको सिर्जना गरिदियो। कारण, मधेसकै केही क्षेत्रमा चुनाव लड्ने र केहीमा नलड्ने कच्चा रणनीति अपनायो, पार्टीले। त्यतै मात्रै होइन, मधेस भनेकै प्रदेश २ हो भन्ने मानसिकता बनायो र आफूलाई पनि त्यतिमै खुम्च्यायो।

_x000D_ _x000D_

माग पूरा नभई प्रदेश र प्रतिनिधिसभाको चुनाव पनि भाग लियो। चुनावमा राम्रै नतिजा पाए पनि त्यो केका निम्ति थियो भन्ने नै बिर्सिएजस्तो भयो। पार्टीले प्रधानमन्त्रीमा केपी ओलीलाई समर्थन गरेपछि केही कार्यकर्ताबाट प्रतिक्रिया आएको थियो- केपी ओलीको विरुद्धमा मत लिएर उनैलाई भोट सुम्पिने?

_x000D_ _x000D_

त्यतिमात्र होइन, पार्टी एकीकरण गर्दा एक वर्षभित्र पार्टी महाधिवेशन गर्ने विधान बताएको राजपाले तोकिएको समयमा महाधिवेशन पनि गर्न सकेन। निर्वाचन आयोगले पत्र नै काट्नुपरेपछि उसले आगामी बैशाखमा महाधिवेशन गर्ने निर्णय गरेको छ। जुन मितिमा पार्टी एकीकरण भएको दुई वर्ष पुग्ने छ। 'ठाकुरजीको नेतृत्व रहिराख्ने हो भने त्यही मितिमा पनि महाधिवेशन हुने थिएन', पार्टीका एक नेता भन्छन्।

_x000D_ _x000D_

मोर्चा बनाएर संघर्षमा होमिएको र फरकफरक दलका रुपमा रहेका बेला भन्दा मुद्दाको प्रस्तुतिकरणका हिसाबले ठाकुर नेतृत्वको राजपा अलमल र असफल देखिएको छ। ठाकुरको असफलता बढ्दै जाँदा उनको नेतृत्व क्षमतालाई लिएर पार्टीभित्र प्रश्न उठिरहेकै थियो। चुनावले पनि ठाकुरलाई खास साथ दिएन। उनको पूर्व पार्टीबाट आएकाहरुमध्ये कमै मात्र नेताले जित निकाल्न सके। अध्यक्ष मण्डलमा पनि महतोको विपक्षमा अनिल झामात्रै रहेका छन्। उनकै कारण चक्रीय प्रणालीमा जाने निर्णय सर्वसम्मत नभएर बहुमतबाट हुन पुगेको थियो।

_x000D_ _x000D_

अर्कोतिर, चुनावपछि महतो संसदमा होस् वा पार्टीमा, ठाकुरभन्दा शक्तिशाली भएका छन्। अध्यक्ष मण्डलमै पनि महतोको पक्ष बलियो छ। त्यसैले पनि आन्तरिक बैठकमा पनि उनी हाबी हुने गरेका छन्। तर जसरी महतो अध्यक्ष मण्डलका संयोजक हुन सके, त्यसको संकेत खासै बाहिरिएको थिएन। 'संकेतहरु बाहिर भनेकै कारण महतो संसदीय दलको नेता बन्न सकेनन्। त्यो अवस्था नदोहोरियोस् भन्ने हामी चाहन्थ्यौं', अध्यक्ष मण्डलका एक नेताले भने। 

_x000D_ _x000D_

संसदीय दलको नेता चयनका बेला समीकरण र संकेतहरुले महतो संसदीय दलको नेता बन्ने आकलनहरु बाहिरिएका थिए। तर, अन्तिममा सहमतिको प्रयास भयो र ठाकुर चयन भए। यही अवस्था नदोहोरियोस् भन्नेमा आफूहरु सचेत रहेको ती अध्यक्षको तर्क छ।

_x000D_ _x000D_

महतोको ध्यान कता?

_x000D_ _x000D_

_x000D_ _x000D_

ठाकुर लगायतका केही नेता संविधान संशोधन नभई कुनै पनि हालतमा सरकारमा सहभागी हुनुहुन्न भन्दै गर्दा पनि महतो लगायतका केही नेता भने सर्त सहित सरकारमा सहभागी हुन सकिने मत राख्दै आएका थिए। 'तर अब यस्तै अवस्थामा संविधान संशोधन हुँदैन। सरकारमा गए पनि अलमल्याउने काम मात्रै हुन्छ। त्यसैले फरक बाटो हिँड्नुपर्छ भन्नेमा उहाँको पछिल्लो मत छ', राजपाका एक नेता बताउँछन्।

_x000D_ _x000D_

मधेस राजनीतिबाट उदाएर निरन्तर लागिरहेका नेता हुन्, महतो। अरु भन्दा कडा अन्य नेताभन्दा कडा अडानका लागि परिचित छन्, उनी। बेलाबेलामा कडा अभिव्यक्ति दिने गरेका कारण काठमाडौंमा अन्य नेताभन्दा बढी आलोचित हुने गरेका छन्, महतो। संविधान जारी भएपश्चात सबैभन्दा कडा नाकाबन्दी भएको बिरगंज नाकाको उनैले नेतृत्व गरेका थिए। कतिपयको शब्दमा त, त्यतिबेला दुई नेता नै केन्द्रमा थिए, ओली र महतो। त्यसैले पनि राजपामा उनको नेतृत्वलाई लिएर चासो बढेको हो। त्यसको अन्तर्यमा, देशमा फेरि आन्दोलन सुरु हुने हो कि भन्ने आशंका मिसिएको छ।

_x000D_ _x000D_

'हामीले आन्दोलन चाहेको होइन। सहजताका साथ संविधान संशोधन होस्, हाम्रा असन्तुष्टिहरु सम्बोधन होस् भनेर नै हामीले सरकारलाई समेत समर्थन गरेर अगाडि बढेका हौं। वार्ता तथा भेटघाट जारी राखेका हौं तर हाम्रा सामू विकल्पहरु समाप्त हुँदै गएको अवस्था छ', राजपा महासचिव झा बताउँछन्।

_x000D_ _x000D_

पार्टीले कुनै पनि समय सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने राजपाका नेताहरु बताउँछन्। तर, अगाडिको बाटो भने आफ्नो एकल चाहना भन्दा पनि पार्टी निर्णयले तय गर्ने महतो बताउँछन्।

_x000D_ _x000D_

तर, आन्दोलनमै जानुअघि राजपालाई महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्नुपर्ने छ। कारण, महाधिवेशन अगाबै आन्दोनल सुरु गरियो भने आन्दोलनको लम्बाइ र स्वरुपले महाधिवेशन धकेलिन सक्छ। र, त्यस्तो परिस्थितिले पार्टीभित्र थप जटिलता निम्त्याउन सक्छ।

_x000D_ _x000D_

६ वटा पार्टी मिलेर बनेका कारण र एक पटक पनि महाधिवेशन नभएका कारण पनि राजपालाई शक्ति एकत्रित गरेर आन्दोलनमा होमिन समस्या छ। त्यसमाथि, आन्दोलन त नेताहरुले चाहँदैमा उठ्ने पनि होइन। त्यसका लागि लामो तयारी र अनुकूल अवस्था चाहिन्छ। 

_x000D_ _x000D_

आफ्नो मुख्य ध्यान पनि महाधिवेशनमै भएको महतो बताउँछन्। 'मुख्य ध्यान त महाधिवेशनतिरै हो', नेपाल लाइभसँगको कुराकानीमा महतोले भने, 'बाँकी कुरा पार्टीले के निर्णय गर्छ, त्यसमा निर्भर रहन्छ।'

प्रकाशित मिति: आइतबार, मंसिर ९, २०७५  ०४:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
टिप्पणी : सुरुङमा सोफा !
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
अमेरिकी सहयोग कटौतीले २०३० सम्म १ करोड ४० लाखभन्दा बढीको ज्यान जाने खतरा: द ल्यानसेटको रिपोर्ट सोमबार, असार २३, २०८२
प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने सोमबार, असार २३, २०८२
प्रतिनिधिसभाको बैठक बस्दै,यस्ता छन् कार्यसूची सोमबार, असार २३, २०८२
श्रम मन्त्रालयको गाडी दुरुपयोगपछि एक साताभित्र सवारी विवरण उपलब्ध गराउन प्रधानमन्त्री कार्यालयको सर्कुलर आइतबार, असार २२, २०८२
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण आइतबार, असार २२, २०८२
कांग्रेस बैठकमा चन्द्र भण्डारीको व्यङ्ग्य : सभापतिजीले हँसिया धेरै बनाएर घाँस काटेनन् आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्