पोखरा– पोखरा महानगरपालिका कार्यपालिकाको शुक्रबार बसेको बैठकले महानगरको लोगो डिजाइन र भवनको रङबारे सुझाव संकलन तथा आह्वान समिति गठन गरेको छ। समितिमा पोखरा–३ का वडाध्यक्ष रवीन्द्रबहादुर प्रजु र वडा–५ का वडाध्यक्ष धनबहादुर नेपाली छन्।
_x000D_
_x000D_
नवगठित समितिले महानगरको लोगो डिजाइन तथा भवनहरुको रङबारे प्रतिस्पर्धा आह्वान गर्ने छ। ‘हामीले विभिन्न विषयका विज्ञ तथा सरोकारवालासँग बसेर यसबारे छलफल गर्ने छौं। त्यसपछि लोगो डिजाइनका लागि आह्वान गर्नेछौं,’ महानगरका प्रवक्तासमेत रहेका नेपालीले भने, ‘लोगो तयार पार्ने व्यक्तिलाई ५० हजार रुपैयाँ राशीको पुरस्कार व्यवस्था गरेका छौं।’
_x000D_
_x000D_
उक्त बैठकले महानगरभित्रका भवन तथा पूर्वाधार सम्बन्धी मापदण्डबारे अर्को बैठकमा छलफल गर्ने निर्णय गरेको छ। बैठकका निर्णयबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा महानगरका प्रवक्ता धनबहादुर नेपालीले यस्तो जानकारी दिएका हुन्।
_x000D_
_x000D_
‘हालसालै सर्वोच्च अदालतबाट फेवातालको मापदण्ड सम्बन्धमा भएको फैसला आदेशसमेतलाई मध्यनजर गर्दै कार्यपालिका सदस्यहरुले उक्त प्रतिवेदनउपर थप अध्ययन तथा छलफल गरी अर्को कार्यपालिका बैठकमा निर्णयार्थ पेस गर्ने निर्णय भएको छ,’ प्रवक्ता नेपालीले भने। उनले बैठकमा स्थानीय सरकार ऐन बमोजिम नगर युवा परिषद् गठन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि ७ दिनभित्र कार्यापालिकाका सदस्यबाट राय सुझाव संकलन गरेर स्वीकृत गर्नेसमेत निर्णय भएको जानकारी दिए।
_x000D_
_x000D_
नेपालीले पोखरा खानेपानी योजना बनाउन फिनल्यान्डबाट प्राप्त ७१ करोड रुपैयाँ वडा नम्बर १८ मा परिचालन गर्नेगरी निर्णय भएको जानकारी दिए। उनले टिचिङ हस्पिटल खुदीमा बनाउने निर्णय भएको सुनाए। प्रवक्ता नेपालीले भने, ‘२६ नम्बर वडामा आयुर्वेदिक अस्पताल बनाउने सहमति भएको छ।’
_x000D_
_x000D_
कार्यपालिका बैठकमा विभिन्न १२ शीर्षकमा छलफल तथा निर्णय भएका थिए।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।