काठमाडौं- सार्वजनिक खरिद अनुगमन कार्यालयले नेपाल वायुसेवा निगमले वाइडबडी जहाज खरिद गर्दा टेन्डर प्रक्रियादेखि नै गडबडी देखिएको ठहर गरेको छ।
जहाज खरिद गर्दा निगमले कुनै एक कम्पनीलाई मात्रै लक्षित गर्दै स्पेसिफिकेसन तयार गरेको कार्यालयले जनाएको छ। खरिद ऐनविपरीत निगमले खास ब्रान्ड, ट्रेडमार्क, नाम पेटेन्ट डिजाइन, प्रकार उत्पति वा उत्पादक उल्लेख गरेको कार्यालयको ठहर छ।
निगमले ऐनविपरीत रोल्स रोयस ट्रेन्ट ७७२बी इन्जिनसहितको एयर बसको ए ३३०-२०० निर्धारण गरी आरएफपी जारी गरिएको कार्यालयको लेखा समितिलाई दिएको जवाफमा उल्लेख छ।
साथै निगमले जहाज खरिदको मूल्य तय गर्दासमेत गडबडी गरेको कार्यालयको ठहर छ। कार्यालयले निगमले जहाज खरिदमा दुई दर्जनभन्दा बढी कमजोरी गरेको समेत ठहर गरेको छ।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।