काठमाडौं- राहदानी सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथि विचार गरियाेस् भन्ने प्रस्ताव राष्ट्रियसभाबाट पारित भएको छ। यसअघि प्रतिनिधिसभाबाट पारित भैसकेको विधेयकलाई राष्ट्रियसभाको शुक्रबारको बैठकले पनि स्वीकृत गरेको हो।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्रियसभा बैठकमा प्रस्तुत गरेको ‘राहदानी विधेयक–२०७५’माथि विचार गरियाेस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।
यसअघि सत्तारुढ नेकपा सांसद रामनारायण बिडारीले विधेयकमा केही कानुनी त्रुटि रहेकाे बताएका थिए। त्यसको जवाफ परारष्ट्रमन्त्री ज्ञवालीले दिएपछि प्रस्ताव सर्वसम्मतरुपमा स्वीकृत भएको हो।
राष्ट्रियसभाको अर्को बैठक पुस २० गते बस्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।