काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले सरकारले लिएको अर्थ नीतिबाट मुलुकलाई समृद्ध बनाउन नसकिने दाबी गरेका छन्।
अध्यक्ष थापाले मुलुकको समृद्धिको मुख्य आधारको रुपमा रहेको रेमिट्यान्सको सदुपयोग गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए।
शुक्रबार काठमाडौंमा आयोजित ‘मुलुकको आर्थिक समृद्धिमा प्रवासी नेपालीहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारले लिएको समाजवाद उन्मुख अर्थनीतिको नारा आकर्षक भए पनि त्यसले मुलुकलाई समृद्ध बनाउन नसक्ने दाबी गरे।
अध्यक्ष थापाले मुलुकलाई समृद्ध बनाउन प्रवासी नेपालीहरूको महत्वपूर्ण योगदान रहने विश्वाससमेत व्यक्त गरे।
अध्यक्ष थापाले मुलुकको समृद्धिका लागि आफ्नो पार्टीले उदार अर्थ नीतिको पक्षपोषण गरेको पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।