गलकोट– बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–३ हिले निवासी एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ।
शनिबार स्थानीय हिलेको भीरमा घाँस काट्न गएकी ३१ वर्षीया उजेली रसाइलीको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।
रसाइली घाँस काट्ने क्रममा भीरबाट चिप्लिएर करीब १ सय मिटर तल खस्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
मृतकको शवलाई परीक्षणका लागि बुर्तिवाङ स्वास्थ्य केन्द्रमा ल्याइएको र आइतबार शव परीक्षणपछि परिवारलाई शव बुझाइने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक रेग्मीले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।