एजेन्सी– खानामा रिफाइन नुनको बढी प्रयोग गर्दा शरिरमा धेरै हानी हुन्छ । यदि रिफाइन नगरिएको नुन प्रत्येक दिन बिहान तातो पानीमा हल्का राखेर पिउदा शरिरलाई फाइदा हुन्छ । तर नुन धेरै राख्नु हुँदैन ।
धेरै नुन खाँदा उच्च रक्तचापको खतरा हुन्छ । यदी तपाईलाई कुनै रोग लागेको छ भने चिकित्सकको सल्लाहमा मात्र नुन पानी पिउनुहोला । नुन पानीको स्वास्थ्यमा हुने फाइदा यस प्रकार छन् :
मजबुत हडडीः यसमा क्यालिसयम पाइने हुनाले हड्डी बलियो हुन्छ ।
व्याक्टेरियाबाट बचाउँछः यसमा एन्टि व्याक्टेरियल तत्व हुन्छ । शरिरमा भएका खतरनाक व्याक्टेरियाको नाश हुन्छ ।
स्वस्थ छालाः यसमा सल्फर वा क्रोमियल हुन्छ जसले छाला सफा र नरम बनाउँछ ।
मोटोपन न्यून गर्छः यसले शरिरको कोषहरुमा आवश्यक पोषण तत्व पुर्याउँछ र मोटोपन घटाउँछ ।
पाचन पक्रियामा सुधारः नुनपानीले शरिरको सेलीवरी ग्लान्डलाई सक्रीय गर्छ । यो ग्लान्डले पाचनमा सुधार ल्याउँछ।
थाइराइडः यसले थाइराइड हर्मनलाई नियन्त्रण गर्छ । थाइराइडको समस्या न्यून हुन्छ ।
निद्राको समस्या समाधानः यसले शरिरको कार्टिसोल र एड्रोनलाइन जस्तो खतरनाक स्ट्रेस हर्मनलाई घटाउँछ जसका कारण राम्रो निन्द्रा लाग्छ।
एसिडिटीः यसले पेटमा ग्यास जम्मा हुनबाट रोक्छ । नियमित पिउँदा एसिडिटिको समस्या घट्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।