काठमाडौं– मंगलबारबाट अवकाश लिएका प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले आफ्नो चार महिने कार्यकाल इमान्दारपूर्वक न्याय सेवा प्रदान गर्ने उद्देश्यमा केन्द्रित भएको दाबी गरेका छन्। मंगलबार अनिवार्य अवकाश पाएका मिश्रले विज्ञप्ति जारी गर्दै उनले यस्तो दाबी गरेका हुन्।
अवकाश पाउनुअघि एक सातादेखि इजलासमा नबसी मुद्दाको पेसी मात्र तोक्दै आएका मिश्रले कार्यकालको मूल्यांकन गर्ने जिम्मेवारी सञ्चारकर्मी, नागरिक समाज र अन्यको भएको भन्दै मिश्रले रचनात्मक सहयोग गरेको भन्दै धन्यवाद दिएका छन्।
न्यायाधीश दीपकराज जोशी संसदीय सुनुवाई विशेष समितिबाट अस्वीकृत भएपछि मिश्र २०७५ भाद्र २५ गते प्रधानन्यायाधीश भएका थिए। मंगलबार अवकाशमा गएका मिश्रले आफू इमान्दार भएको दाबी गरेपनि उनको छोटो कार्यकालमा विवादस्पद धेरै फैसला भए।
भ्रष्टाचारका मुद्दा, एनसेल र अन्य राजस्वका मुद्दामा उनले विवादित फैसला गरेका छन्। इजलास तोक्नेदेखि ठूला विकास आयोजनाको मुद्दा र संवैधानिक इजलास बसाउने कुरामा पनि उनी विवादमा मुछिए।
मिश्रको कार्यकालमा भ्रष्टाचारका धेरै आरोपीले सफाइ पाए। मोतीलाल बोहोरादेखि कृषि विकास बैंक घोटला प्रकरणमा यसअघि दोषी ठहर भएका गोविन्दप्रसाद जोशीले समेत सफाइ पाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।