काठमाडौं– प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट २३ ग्राम लागुऔषधसहित १० जनालाई पक्राउ गरेको छ।
काठमाडौंको सुकेधारा, नागढुंगा, तिनकुनेबाट खैरो हिराईन लागुऔषधसहित कारोबारमा संलग्न १० जनालाई पक्राउ गरिएको महानगरी प्रहरी परिसर, काठमाडौंले जनाएको छ।
पक्राउ परेकाहरूलाई कारबाही प्रकिया अघि बढाइएको एसएसपी वसन्तकुमार लामाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।