विराटनगर– भोजपुरको राम प्रसाद राई गाँउपालिका–८ छेलुङबाट प्रहरीले हतियारसहित १ जनालाई पक्राउ गरेको छ।
३१ वर्षीय प्रविण राईलाई १ थान भरुवा र १ थना कटुवा पेस्तोलसहित प्रहरीले सोमबार राति पक्राउ गरेको हो।
विशेष सुराकीका आधारमा घर खानतलासी गर्दा लुकाएर राखेको २ थान बन्दुक बरामद भएपछि राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय वोयाङले जनाएको छ।
प्रहरीका अनुसार राईको विषयमा थप अनुसन्धान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।