काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगद्धारा गठित टोलीले निर्मला पन्तको भेजाइनल स्वाबबाट निकालिएको नमूना संकलनको जाँच प्रक्रिया नै त्रुटिपूर्ण भएको भन्दै परीक्षण गर्नेमाथि अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ।
आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा उक्त कुरा उल्लेख गरिएको छ। मेडिको लगल प्रक्रिया र नमूना संकलन प्रक्रियामा संलग्न अनुसन्धानकर्ता चिकित्सकहरूले समेत विधि प्रक्रियाअनुसार नगरेका र लापरबाही गरेको पाइएकाले उनीहरुमाथि समेत अनुसन्धान हुनुपर्ने भन्दै आयोगले सिफारिस गरेको हो।
डिएनए अटोसोमल प्रक्रियाबाट सम्भव हुँदाहुँदै सो नगरी वाई एसटिआर प्रविधिबाट परीक्षण गरिएको हुँदा यस्तो त्रुटिपूर्ण परीक्षणमा संलग्न चिकित्सक र सबै प्राविधिकमाथि अनुसन्धान हुनुपर्ने आयोगले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।