काठमाडौं– नेपालका लागि सामसुङ मोबाइलको आधिकारिक बिक्रेता कम्पनी इन्टिग्रेटेड मोबाइल सोलुसन (आइएमएस वर्ल्ड) प्रालिका सञ्चालक दीपक मल्होत्राले दुबई मोबाइल निर्यात गरेको भनी देखाएको विवरण नै शंकास्पद पाइएको छ ।
मल्होत्रा शतप्रतिशत भ्याट फिर्ता माग्न गएपछि ठूला करदाता कार्यालयले विवरण केलाएर हेर्दा शंकास्पद पाएकोे हो। मल्होत्राले पेश गरेको विवरण झुटो हुनसक्ने भन्दै अनुसन्धानको दायरमा ल्याइएको कार्यालयले जनाएको छ।
मल्होत्राले आर्थिक वर्ष २०७४/०७५असोजदेखि जेठ मसान्तसम्ममा निर्यात गरिएको मोबाइलको विवरण झुटो हुनेसक्ने आशंका कार्यालयको छ। झुटो विवरण पेश गरी शतप्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता लिन निरन्तर ठूला करदाता कार्यालय धाउन थालेपछि उल्टै उनले पेश गरेको विवरणमा अनुसन्धान सुरु भएका स्रोतले बतायो।
मल्होत्राले आफ्नै डमी कम्पनी हिमालयन इट्रोनिक्समार्फत निर्यात गरेको भनिएका मोबाइलको विवरण भन्सार र अन्य तथ्यांकसँग फरक देखिएपछि खोजी गर्न लागिएको स्रोतले जानकारी दिएको हो।
मल्होत्राले आव २०७४÷०७५ मा १ लाख ४७ हजार ३१५ वटा सामसुङ मोबाइल निर्यात गरेको आन्तरिक राजश्व विभागमा पेस गरेको विवरमा उल्लेख छ । तर भन्सार विभागको तथ्यांकमा उक्त परिमाणको मोबाइल निर्यात भएको देखिदैन । यसरी फरक परेपछि ठूला करदाता कार्यालले अध्ययन थालेको हो।
मल्होत्राले आव २०७४÷०७५ मा १ लाख ४७ हजार ३१५ वटा सामसुङ मोबाइल निर्यात गरेको आन्तरिक राजश्व विभागमा पेस गरेको विवरमा उल्लेख छ। तर भन्सार विभागको तथ्यांकमा उक्त परिमाणको मोबाइल निर्यात भएको देखिदैन ।
‘मल्होत्राले शत प्रतिशत भ्याट फिर्ताका लागि निर्यात गरिएको भनी देखाएको विवरण भन्सार विभागको तथ्यांकसँग मेल खादैन’, ठूलाकरदाता कार्यालयका एक उच्च स्रोतले भन्यो, ‘आव २०७४÷०७५मा देशबाट निर्यात भएको मोबाइल विवरण र मल्होत्राले दाबी गरेको विवरणमा ठूलो अन्तर देखिन्छ।’
मल्होत्राले १२ वटा निकासी प्रमाणपत्र लिँर्दै निर्यात गरेको दाबी गरेको मोबाइलको संख्या भन्सार विभागको निर्याततर्फको तथ्यांकभन्दा ७२ हजार ४ सय २७ सेट बढी देखिन्छ। ‘मल्होत्राले पेश गरेको निकासी प्रमणापत्रमा उल्लेख भएको र भन्सारको तथ्याक दुई थरि हुदैन,’ स्रोतले भन्यो, ‘कसरी निकासी प्रमाणपत्रमा उल्लेख भए अनुसारको मोबाइल निकासी भएको छैन त्यसको विषयमा सम्बन्धित निकायसँग विवरण माग्ने तयारी हामीले गरेका छौ ।’
योसँगै मल्होत्राको आइएमएस वल्र्डले मोबाइल आयात गरी निर्यात गरिएको भनी आन्तरिक राजश्व विभाग र सर्वोच्चमा पेस गरेको विवरण नै झुटो हुन सक्ने आशंका ठूलाकरदाता कार्यालयको छ ।
व्यापारी अजय सुमार्गी र चौधरी समूहको सिजी टेलिकमको पक्षमा जारी भएको अन्तरिम आदेश खारेज भएकाकारण मल्होत्राबारेको मुद्दा पनि अदालतको फैसला नभएसम्म कुनै निर्णय नहुने अवस्था सृजना भएको स्रोत बताउँछ।
मल्होत्राको मोबाइल निकासीबारे नेपाल लाईभले ‘७२ हजार मोवाइल खोई?’ भन्ने समाचार प्रकाशन गरेको थियो। उक्त समाचारपछि ठूलाकरदाता कार्यालयले यसमा अध्ययन थालेको हो। उक्त समाचारलगत्तै मल्होत्रा पैसा फिर्ता माग्दै ठूलाकारदाता कार्यालय पुगेका थिए। तर कार्यालयले यो विषय अदालतमै रहेको भन्दै आन्तरिम आदेशबारे राजश्व विभागमा रायका लागि पत्र लेखेको छ।
उक्त मुद्दाको पेशी फागुनमा तोकिएको छ। यसअघि सर्वोच्चले ठूला करदाता कार्यालयले दर्ता गरेको भ्याकेटको निवेदन खारेज गरिसकेको छ। व्यापारी अजय सुमार्गी र चौधरी समूहको सिजी टेलिकमको पक्षमा जारी भएको अन्तरिम आदेश खारेज भएकाकारण मल्होत्राबारेको मुद्दा पनि अदालतको फैसला नभएसम्म कुनै निर्णय नहुने अवस्था सृजना भएको स्रोत बताउँछ।
मल्होत्राले आन्तरिक राजश्व विभागमा आइएमएस वल्र्डमार्फत आयात गरी भन्सार ऐन २०६४ को दफा २ (घ) (छ) (ज), दफा १८ र २५ बमोजिम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मोबाइल निर्यात गरेको भनी आन्तरिक राजश्व विभागमा पेस गरेको विवरण नै झुटो पुष्टि हुने देखिन्छ।
वैदेशिक व्यापारको तथ्यांक राख्ने भन्सार विभाग र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकमा भने गत आव २०७४÷०७५ मा नेपालबाट जम्मा ७४ हजार ८ सय ८८ वटा मात्रै मोबाइल सेट निर्यात भएको देखिन्छ।
‘मल्होत्राले विभागमा निर्यात गरेको भनी बुझाएको विवरण र भन्सार विभागको विवरणमा शतप्रतिशत फरक देखिएको छ’, स्रोतले भन्यो, ‘सत्य तथ्य के हो अब अनुसन्धानपछि मात्र थाहा हुन्छ।’
तर, निकासीको झुटो विवरण पेस गर्ने मल्होत्राको कम्पनी भने बारम्बार ठूला करदाता कार्यालयमा पुगी १४ करोडभन्दा बढी रकम फिर्ता मागिरहेको छ। मल्होत्राको आइएमएस वल्र्डले आर्थिक वर्ष २०७४÷०७५ को साउनदेखि जेठसम्मको अवधिमा १२ पटक गरी १ लाख ४७ हजार ३ सय १५ वटा सामसुङ मोबाइल निर्यात गरेको आन्तरिक राजश्व विभागमा पेस गरेको विवरणमा देखिएको छ। तर, वैदेशिक व्यापारको तथ्यांक राख्ने भन्सार विभाग र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकमा भने गत आव २०७४÷०७५ मा नेपालबाट जम्मा ७४ हजार ८ सय ८८ वटा मात्रै मोबाइल सेट निर्यात भएको देखिन्छ।
सरकारी निकायको तथ्यांक र मल्होत्राले निर्यात गरेको भनी आन्तरिक राजश्व विभाग र सर्वोच्च अदालतमा पेस गरेको मोबाइल सेटको संख्यामा झन्डै शतप्रतिशत फरक देखिएको छ। यो सँगै मल्होत्राले निर्यात गरेको भनिएका ७२ हजार ४२७ मोबाइल सेट खोइ? भन्ने प्रश्न खडा भएको छ।
तर, यो सबै प्रपञ्च व्यापारी दीपक मल्होत्राले शतप्रतिशत भ्याट फिर्ताका लागि गरेको हुन सक्ने आन्तरिक राजश्व विभागले ठहरसमेत गरिसकेको छ। मल्होत्राले आन्तरिक राजश्व विभागमा पेस गरेको निर्यात प्रमाण पत्रमा समेत प्रश्न खडा हुने भन्सार विभाग स्रोत बताउँछ।
भन्सार विभागको तथ्यांकमा नेपालबाट निर्यात भएका सबै मोबाइल संयुक्त अरब इमिरेटस् (दुबई) गएको देखिन्छ। मल्होत्राको कम्पनीले पनि मोबाइल दुबई नै निर्यात गरेको दाबी गरेको छ। तर, निर्यात भएका मोबाइल संख्या बढी देखाउनुको एउटा मात्रै उद्देश्य शतप्रतिशत भ्याट फिर्ता लिनु हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।