काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश ५ का सांसद उत्तर कुमार ओलीको निधनप्रति दुःख व्यक्त गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यालय धुम्बाराहीमा स्वर्गीय ओलीको शवमा पार्टीको झन्डा ओढाएर प्रधानमन्त्री ओलीले श्रद्धाञ्जली व्यक्त गरेका थिए।
प्रधानमन्त्री ओलीले नेकपाका एक जना होनोहार युवा नेताको निधनले सिंगो पार्टी र देशलाई नै क्षति पुगेकोे उल्लेख गरे। उनले मृतकका परिवार, आफन्तजन र सम्पूर्ण पार्टीपंक्तिप्रति गहिरो समवेदना पनि व्यक्त गरेका छन्।
२०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा दाङको क्षेत्र नम्बर ३ 'ख'बाट तत्कालीन नेकपा (एमाले)को तर्फबाट उनी विजयी भएका थिए। केही दिनअघि सवारी दुर्घटनामा परी घाइते भएका प्रदेश सांसद ओलीको ३७ वर्षको उमेरमा आज बिहान निधन भएको हो।
उनको पार्थिव शरीरमा पार्टीका नेताहरुले फूलमाला अर्पण गरेर श्रद्धान्जली व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।