काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप छनोटअन्तर्गत एसिया छनोट प्रतियोगितामा नेपालले आफ्नो अन्तिम खेलमा कुवेतसँग प्रतिस्पर्धा गरिरहेको छ। टस जितेको कुवेतले नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको छ।
नेपालका लागि कुवेत प्रतियोगिताकै कमजोर प्रतिद्वन्द्वी हो। किनकी उसले खेलेका सबै खेलमा हार बेहोरेको छ भने नेपालले खेलेका चार खेलमा जित हात पारिसकेको छ। नेपालले प्रतियोगितामा सहभागी आयोजक थाइल्यान्डबाहेक अन्य टिमलाई हराएको थियो। त्यसैले नेपालले कुवेतविरुद्ध स्वभाविक जित निकाल्ने अनुमान गर्न सकिन्छ।
प्रतियोगिताबाट शीर्ष एक टिम मात्र आइसिसी महिला विश्वकप छनोट प्रतियोगितामा पुग्ने भएकाले नेपाललाई जित मात्र पर्याप्त छैन। दिउँसो शीर्ष स्थानको थाइल्यान्ड र युएईबीच हुने खेलबाट छनोटमा पुग्ने एक टिमको टुंगो लाग्नेछ। खेलपछि थाइल्यान्ड, युएई र नेपाल मध्ये एक टिम अघिल्लो चरण पुग्नेछन्।
थाइल्यान्ड विजयी भए सिधैं छनोटमा पुग्नेछ भने नेपाल र युएईको सम्भावना सकिनेछ। युएई विजयी भए नेपालको गणितीय सम्भावना बाँकी रहनेछ। त्यसका लागि नेपालले कुवेतलाई हराउनै पर्छ। युएईले झिनोअन्तरले जित निकाल्दा रनरेटमा थाइल्यान्डलाई फाइदा हुनेछ। ठूलो अन्तरको जित निकाले युएई लै नै रनरेटमा फाइदा हुनेछ। त्यसैले नेपाल समूह विजेता भएर विश्वकपमा पुग्नलाई कुनै आश्चर्य हुनु पर्ने देखिन्छ।
अंक तालिका

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।