बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी नायक निक जोनसले लगानगाँठो कसेका छन्। इसाई रीतिरिवाज अनुसार सम्पन्न भएको उनीहरुको विवाहलाई बलिउडमा पूर्व र पश्चिमको मिलनको रुपमा समेत चर्चा गरियो।
निक र प्रियंकाको भेट अघिल्लो वर्ष अमेरिकामा भएको थियो। तर, विवाह भने भारतको जोधपुरस्थित उमेद भवन प्यालेसमा सम्पन्न भयो। उक्त प्यालेसलाई विवाहको लागि दुनियाँको सबैभन्दा सानदार स्थान मानिन्छ।
निकसँग विवाह हुनुअघि नै प्रियंकाको नाम अन्य ६ जना पुरुषसँग जोडिएको थियो। भारतीय सञ्चारमाध्यमहरुले प्रियंकाले भरखरै विवाह गरेका निक उनको जीवनमा आएका सातौं पुरुष भएको उल्लेख गरेका छन्।
यी हुन्, निकभन्दा अगाडि प्रियंकाको जीवनमा आएका ६ पुरुषः
असीम मर्चेन्ट
प्रियंकाको जीवनमा सबभन्दा पहिला आएका व्यक्ति हुन् निर्देशक असीम मर्चेन्ट। प्रियंका मोडलिङको दुनियाँमा रमाइरहँदा असीम र प्रियंका नजिकिएका थिए। जब प्रियंकाले मिस वर्ल्डको उपाधि जितिन् तब उनले असीमसँगको सम्बन्ध पनि तोडिदिइन्। यो घटनाले असीम निकै आहत भए। उनले आफ्नो र प्रियंकाबीच घटेका घटनालाई लिएर फिल्म ‘६७ डेज’ बनाउने घोषणा पनि गरेका थिए तर अघि बढ्न भने सकेन।
अक्षय कुमार
अन्दाज, मुझसे सादी करोगी, वक्त– रेस अगेंस्ट टाइम जस्ता फिल्ममा एकसाथ काम गर्दा प्रियंका र अभिनेता अक्षयकुमार नजिकिएका थिए। उनीहरुको सम्बन्धलाई लिएर बलिउडमा निकै चर्चासमेत हुने गरेको थियो। तर, अक्षय कुमार थिए, विवाहित। उनीहरुको सम्बन्धका बारेमा जब अक्षयपत्नी टिंकल खन्नाको कानमा पर्यो, उनले अक्षयलाई प्रियंकासँग फिल्म खेल्न नै प्रतिबन्ध लगाइदिइन्। त्यसपछि क्षय–प्रियंकाको सम्बन्धमा पनि बिराम लाग्याे।
हरमन बावेजा
अक्षयपछि प्रियंकाको जीवनमा हरमन बावेजाको इन्ट्री भयो। फिल्म निर्माता ह्यारी बावेजाका छोरा हरमन भरखर बलिउडमा कदम राख्ने तयारीमा थिए। उनको पहिलो फिल्म लव स्टोरी २०५० मा करिना कपुरलाई हिरोइन चुनिएको थियो। तर, करिनाले विविध कारणले उक्त फिल्म छोडिन्। त्यसपछि फिल्मको हिरोइन भइन्, प्रियंका। सो फिल्ममा काम गरुन्जेल प्रियंका र हरमनको जोडी निकै जम्यो। जब फिल्म फ्लप भयो, प्रियंकाले हरमनलाई पनि छोडिदिइन्।
शाहिद कपुर
जब कर नतिरेको भन्दै आयकरका अधिकारीले प्रियंका चोपडाको घरमा छापा मारे, त्यतिबेला प्रियंकाको घरको ढोका शाहिद कपुरले खोलिदिए। त्यसपछि प्रियंका र शाहिदको सम्बन्धका विषयमा बलिउडमा हंगामा मच्चियो। तर उनीहरुको यो रोमान्स पानीको फोकाजस्तै गरी बिलायो।
शाहरुख खान
आफ्नी पत्नीलाई असाध्यै माया गर्ने भनेर चिनिएका बलिउड स्टार शाहरुख खानको नाम समेत प्रियंकासँग जोडिन पुग्यो। केसम्म भनियो भने, फिल्ममा काम गर्दागर्दै यो जोडीले एकअर्कालाई मन पराउन थाल्यो। यो हल्ला शाहरुखका मिल्ने साथी करण जौहरसम्म पुग्यो र करणले यो विषय शाहरुखपत्नी गौरीलाई सुनाइदिए। त्यसपछि शाहरुखले प्रियंकासँग फिल्म खेल्न बन्द गरिदिए। र, सम्बन्ध पनि समाप्त भयाे।
टम हिडलस्टन
एकताका टम हिडलस्टन र प्रियंका खुलेआम एकअर्काको हात समाएर हिंडेका देखिन्थे। सेल्फी खिचिरहेका हुन्थे। फोन नम्बर आदानप्रदान गरिरहेका हुन्थे। प्रियंकाले एक अमेरिकीसँग रोमान्स गरिरहेको चर्चाले बजार निकै तात्यो। तर केही समयमै साम्य भएर गयो। एजेन्सी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।