भैरहवा– प्रदेश–५ स्तरीय तेक्वान्दो छनोट खेलको लागि रुपन्देहीबाट प्रस्थान गर्ने खेलाडीहरूलाई बिहीबार भैरहवामा विदाइ गरिएको छ।
रुपन्देही जिल्ला खेलकुद विकास समितिले जिल्लाबाट सहभागी हुन लागेका २० जना खेलाडीलाई एक कार्यक्रमका बीच विदाइ गरेको हो।
कार्यक्रममा रुपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख संगमसिंह थापाले खेलाडीहरूलाई जर्सीसमेत वितरण गरेका थिए। सो अवसरमा थापाले खेलाडीहरूलाई सफलताको शुभकामना व्यक्त गरे।
यही चैत २ गतेदेखि ५ गतेसम्म प्यूठान जिल्लाको बिजुवारमा हुन लागेको प्रदेशस्तरीय तेक्वान्दो छनोट खेलको लागि १२ जिल्लाका खेलाडी सहभागी हने भैरहवा तेक्वान्दो डोजा¨का उपाध्यक्ष तथा टिम व्यवस्थापक चक्र बहादुर थापाले बताए।
उक्त छनोट चरणको खेलका लागि ४ जना अफिसियलको रुपमा रुपन्देही जिल्ला खेलकुद विकास समितिका तेक्वान्दो प्रशिक्षक प्रकाशमान राज भण्डारी, टिम व्यवस्थापक थापा, सुरज श्रेष्ठ र सञ्जय सुनार सहभागी हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।