काठमाडौं– गीतकार सागर भण्डारीको लेखन रहेको आधुनिक गीत ‘जीवनको गारेटोमा’ बजारमा आएको छ।
डिएआर मुभिजको अफिसियल युटुव च्यानलबाट गीत सार्वजनिक गरिएको हो।
गीतमा गायक सागर शरद अधिकारीको स्वर रहेको छ।
गीतमा संगीत तथा संयोजन विष्णु तामाङको रहेको छ।
शंखरा डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोमा गीतकार भण्डारी र सारिका केसीलाई देख्न सकिने छ।
भिडियोलाई निर्देशक प्रविन थापाले निर्देशन गरेका छन् भने शंखर प्रज्वल घिमिरेले सम्पादन गरेका छन्।
गीतलाई नवराज घिमिरेले छायांकन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।