काठमाडौं- नेवार जातिको तीन दिने पर्व 'पाँहचारे'को अन्तिम दिन 'द्य ल्वाकेगु' असनमा शनिबार सम्पन्न भएको छ।
घोडेजात्राको अघिल्लो दिन विभिन्न धार्मिक स्थाल मन्दिरहरुबाट खटहरु निकालेर शहरको परिक्रमा गरी सुरु हुने यो पर्व घोडेजात्राको भोलिपल्ट समापन हुन्छ।
घोडेजात्राको दिन राती खट अथवा देउता भेटाउने चलन छ।
नेवारीमा 'पाँह' भनेको प्रमुख र 'चारे' भनेको पर्व भन्ने हुन्छ।
अन्तिम दिन तीन वटा खट पहेँलो संकटा, निलो भद्रकाली र रातो ककेंश्वरीलाई असनचोकमा भेला गरी निलो र पहेंलोलाई कान्छी ककेंश्वरीले परिक्रमा गराएसँगै समापन गर्ने गरिन्छ।
यी तिनै जना चेली भएको र उनीहरुलाई भेटाउनु नै यो पर्वको मुख्य कामका रुपमा लिइन्छ।













नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।