• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असार २६, २०८२ Thu, Jul 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
डिएसपी कुमोध ढुंगेलको निलम्बन प्रतिशोध कि प्रयोग?
64x64
नारायण अधिकारी बुधबार, जेठ १, २०७६  १७:३५
1140x725

काठमाडौं– चीनमा एउटा भनाइ लोकप्रिय छ, 'बाघ मार्नका लागि सुँगुर बन्ने नाटक गर्नुपर्छ।'

जसमा सिकारी सुँगुरको छाला ओढ्छ र सुँगुरको आवाजको नक्कल गर्छ। शक्तिशाली बाघले सुँगुर ठानेर नजिकै आउन दिन्छ। सिकार आफैं आइलागेकोमा बाघ खुसी भइरहेको हुन्छ। तर, अन्तमा सिकारीले नै आफ्नो काम फत्ते गर्छ।

यसरी सुँगुरको नाटक गरेर बाघ मार्ने सिकारी शैली पुरानो हो। यही शैली अझै पनि कतिपय अपराध अनुसन्धानमा सफल हुँदै आएको छ। नेपाल जस्तो देशका लागि त ठूला घटनामा यही तरिका अपनाएर अनुसन्धान गर्नु अनिवार्य सर्त जस्तै देखिन्छ। 

डाका वा गुण्डाहरुसँग उनीहरु जस्तै भएर अथवा सहयोगी बनेर अपराध अनुसन्धान गर्नु नेपाल प्रहरीको बाध्यता छ। यही शैली अपनाएर अपराध अनुसन्धान गर्ने केही प्रहरीहरु धमाधम कारबाहीमा पर्दै आएका छन्। 

यसको पछिल्लो उदाहरण हुन्, डिएसपी कुमोध ढुंगेल। 

ढुंगेल तिनै प्रहरी अधिकृत हुन्, जसले बाघ मार्न सुँगुरको नाटक गर्दै धेरै अपराधीलाई कानुनी दायरामा ल्याए। कारबाहीकै सिलसिलामा केही अपराधीको ज्यानसमेत गयो। उनलाई यही प्रकृतिको अपराध अनुसन्धान गर्न सिकाउने गुरु उपल्लो दर्जामा छन् भने केही रिटायर्ड लाइफ बिताइरहेका छन्। तर, अहिले ढुंगेल भने कारबाहीको भागीदार बनेका छन्, कारण बाघ मार्न ढुंगेलले सुँगुरको नाटक गरे। 

कारबाहीमा परेका उनी हाल निलम्बनमा छन्।

किन परे ढुंगेल निलम्बनमा?
गत चैत २६ गते काठमाडौंस्थित लालेन्द्र शेरचन्दको घरमा लुटपाट भयो। उक्त घटनामा महानगरीय प्रहरी अपराध महाशाखाले विकास श्रेष्ठसहित तीन जनालाई पक्राउ गर्‍यो। तिनै श्रेष्ठसँग भेटघाट गरेको र फोन सम्पर्क भएको देखिएपछि शंकास्पद भन्दै ढुंगेललाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहसचिव प्रेम राईले बैसाख १९ गते निलम्बन गरेका हुन्। 

ढुंगेलले श्रेष्ठसँग सम्पर्कको स्विकार्दै आइरहेका छन्। श्रेष्ठ डिएसपी ढुंगेलका नातेदारसमेत हुन्। श्रेष्ठसँग सम्पर्क भएकै आधारमा निलम्बन हुनुपरेसँगै 'बाघ मार्न सुँगुर बनेको नाटक' तथा अपराधी पक्राउ गर्न अपनाउने अन्डर कभर अपरेसनको शैलीमा समेत प्रश्न उठेको छ।

महाशाखा स्रोत भने रौतहटका डिएसपी ढुंगेलले काठमाडौंका अपराधीहरुसँग सम्पर्क गर्नु नै गलत भएको तर्क गर्छ। पूर्व डिआइजी हेमन्त मल्ल भने अपराधीहरुसँग सम्पर्क भएकै आधारमा निलम्बन गरिहाल्न नमिल्ने बताउँछन्। ढुंगेलको निलम्बनलाई कसरी हेर्नुभएको छ भन्ने प्रश्नमा डिआइजी मल्ल भन्छन्, ‘यदि उसको बदमासी नै छ। इन्भल्भमेन्ट छ र प्रमाण छ भने बोल्न मिल्दैन। तर, सम्पर्ककै आधारमा निलम्बन गर्नु जायज होइन।’

संगठित अपराध, हाडखोर अपराध र अन्य ठूला अपराधको अनुसन्धान कोही प्रहरी अधिकारीले गर्छ भने अपराधीहरुसँग प्रहरीको सम्पर्क र सम्बन्ध रहनुलाई सामान्य लिनुपर्ने उनको भनाइ छ। 'विशेष किसिमका सूचना अपराधीकै ग्रुपभित्रबाट आउने हो। त्यसले गर्दा सम्बन्ध र सम्पर्क हुनु सामान्य हो,' उनी भन्छन्, 'यति मात्रैको आधारमा निलम्बन गर्दै जाने हो भने रिस्क लिएर कुनै प्रहरीले अनुसन्धान गर्न सक्दैन।' 

नियमावलीविपरीत निलम्बन
प्रहरी नियमावली २०७१ अनुसार डिएसपी ढुंगेलको निलम्बन प्रक्रिया नै गलत देखिन्छ। 

नियमावलीको दफा ११५ मा सजाय र कार्यविधि सम्बन्धी व्यवस्था गरिएको छ। जसमा कुनै प्रहरी कर्मचारीलाई सजाय दिनुअघि कारबाही गर्न लागिएको व्यहोरा उल्लेख गरी हुन सक्ने सजायसमेत खुलाएर लिखित सूचना सम्बन्धित व्यक्तिलाई दिनुपर्ने हुन्छ।

कुन आरोपमा कारबाही गर्न लागिएको हो र त्यस्तो आरोप कुन तथ्य र कारणमा आधारित छ सो पनि खुलाउनुपर्ने हुन्छ। यसरी कारबाही गर्नुपर्ने कारण र तथ्यसहित सूचना पाएको मितिले निश्चित समय तोकेर सफाइ पेस गर्ने मौकासमेत दिनुपर्ने नियमावलीमा उल्लेख छ।

यसरी पेस गरिएको सफाइ चित्तबुझ्दो नभएपछि कारणसहित कारबाही गर्नुपर्ने उल्लेख छ। तर, डिएसपी ढुंगेलमाथि कुनै प्रक्रिया पूरा नै नगरी निलम्बन गरिएको पाइएको छ। 

डिएसपीको निलम्बन प्रक्रिया अनुसार गृहसचिवले नै गर्ने हो। तर, प्रहरी प्रधान कार्यालयकै सिफारिसमा रौतहटको चन्द्रनिगाहपुरमा कार्यरत ढुंगेललाई आरोपको सफाइ समेत पेस गर्न नदिई निलम्बन गरिएको पाइएको छ।

यसभन्दा अघिका केही निलम्बन पनि यसरी नै विवादित बन्दै आएका छन्। साढे ३३ किलो सुन काण्डमा पनि एसएसपी दिवेश लोहनीसहितका प्रहरी अधिकारीलाई स्पष्टीकरण नसोधी कारबाही गरिएको थियो। त्यस्तै, कञ्चनपुरकी निर्मला पन्त हत्या अनुसन्धानमा खटिएका प्रहरीलाई भिडकै माग बमोजिम निलम्बन गरिएको थियो। न कि उनीहरुले एक पटक स्पष्टीकरण दिने मौका पाए।

यदि ढुंगेललाई निलम्बन नै गर्नुपर्ने अवस्थामा हेडक्वार्टर तानेर सोधुपछ गरेपछि निलम्बन गर्दा मात्रै उपयुक्त हुने तर्क हेडक्वार्टरकै कानुन शाखाका एक प्रहरी अधिकारी बताउँछन्। उनका अनुसार डिएसपी ढुंगेललाई पहिला कानुन शाखामा झिकाउनुपर्थ्यो। त्यसपछि स्पष्टीकरण सोधपुछ, बयान लिने, प्रमाण छ भने प्रमाण पुष्ट्याउने, कारबाही गर्नुपर्ने आधारहरुमा अनुसन्धान गर्दै जाने र पुष्टि भएपछि मात्रै निलम्बन गर्नुपर्थ्यो। यसरी निलम्बन गर्दै जाने हो भने प्रहरी संगठन नै प्याराइज्ड हुने अवस्था आउने ती अधिकारीको तर्क छ।

कसरी पत्ता लाग्छ जटिल अनुसन्धानको गुत्थी?
सर्पको खुट्टा सर्पले नै देख्छ भनेझैं ठूला अपराधको गुत्थी पत्ता लगाउन अपराधी नै प्रयोग गर्दै पक्राउ गर्ने गरेका घटना नौला होइनन्। अधिकांशजसो अपराधी उनीहरुकै समूहका सदस्यको सहयोगबाट पक्राउ पर्ने गरेका छन्। जसका लागि पनि प्रहरीले त्यस्ता पृष्ठभूमिका व्यक्तिसँग व्यावसायिक सम्बन्ध राख्ने गर्छन्। जसकै कारण प्रहरीले अपराध अनुसन्धानमा सफलता हात पार्दै आएको छ।

यसको उदाहरणको रुपमा रामेछापकी १३ वर्षीया सुन्तली तामाङको घटनालाई लिन सकिन्छ। घटना भएको ६ वर्ष बितिसक्दा पनि उनका हत्यारा कानुनी दायरामा आउन सकेका थिएनन्। सोही क्रममा डिएसपी ढुंगेल रामेछाप जिल्लाको नेतृत्व गर्न पुगे। तामाङ हत्याका अनुसन्धानको फाइल उनले पल्टाउन सुरु गरे।

घटनामा संलग्न व्यक्तिको खोजी गर्ने क्रममा गुण्डा नाइके भनेर चिनिएका रमेश बाहुन अर्थात् सुजन पौडेलसम्म गएर ठोकियो। उक्त हत्याको बारेमा बाहुन केही जानकार थिए। यसबारे डिएसपी ढुंगेलले प्रहरी प्रधान कार्यालयसम्म जानकारी गराए। माथिल्लो निकायबाटै ग्रिन सिग्नल पाएपछि उनले बाहुनसँग सम्पर्क बढाए। बाहुनकै सूचना र सहयोगको आधारमा सुन्तली तामाङका हत्यारालाई ६ वर्षपछि डिएसपी ढुंगेलको टोलीले भारतको अण्डमाननिकोबार टापुबाट पक्राउ गर्न सफल भयो। राष्ट्रिय-अन्तराष्ट्रिय चर्चा पाएको यस घटनाले प्रहरीको शाख जोगाएको भन्दै २०७४ असार १२ मा काठमाडौंमा पत्रकार सम्मलेन गरिएको थियो।

अहिले डाँका मुद्दामा पक्राउ परेका विकास श्रेष्ठले पनि ढुंगेललाई अपराध अनुसन्धानमा सहयोग गर्ने गरेको पाइएको छ। एक वर्षअघि रुपन्देहीमा भेटिएको बेवारिसे गाडी र चरेसमा संलग्न व्यक्ति पक्राउ गर्न उनै श्रेष्ठले सहयोग गरेका थिए। 

आर्थिक हैसियत उच्च रहेका श्रेष्ठ उक्त डाँका घटनामा कसरी संलग्न भए भन्ने नै आश्चर्यको विषय भएको एक प्रहरी अधिकारीले बताए।

अनुसन्धान भइरहेको छ : प्रहरी
निलम्बित डिएसपी ढुंगेलमाथि अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता डिआइजी विश्वराज पोखरेल बताउँछन्। प्रहरी प्रधान कार्यालयमा रहेको कानुन शाखाले उनीमाथि अनुसन्धान गरिरहेको उनको भनाइ छ। अनुसन्धानकै क्रममा रहेका यसभन्दा बढी केही भन्न नसकिने प्रवक्ता पोखरेलले बताए।

फोन सम्पर्क र भेटघाटबाहेक अन्य प्रमाण नभएकाले उनलाई अहिले नै थप कारबाही गर्न सक्ने अवस्थामा हेडक्वार्टर देखिन्न। ‘उक्त घटनामा संलग्न रहेको भनेर निलम्बन गरिसकेपछि पक्राउ परेका तीन जनासँगै ढुंगेललाई पनि मुद्दा चलाउनुपर्ने हुन्छ,' एक पूर्वएआइजी भन्छन्, ‘निलम्बन गरेपछि ढुंगेललाई पनि मुद्दा चलाउनुपर्थ्यो नि। यसबाट निलम्बन गर्नका मात्रै निलम्बन गरेजस्तो देखियो।’ 

श्रेष्ठसहित तीन जना भने हाल थुनामा छन्।

त्यसैगरी डाँका मुद्दामा पक्राउ परेका कसैले पनि डिएसपी ढुंगेललाई उक्त घटनामा जोडेका छैनन्। उनीहरुमाथि सांगठनिक अपराध अन्तर्गत मुद्दा दर्ता गरेर महानगरीय प्रहरी अपराध महाशाखाले अनुसन्धान गरिरहेको छ। सांगठनिक अपराधमा ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाइन्छ।

प्रकाशित मिति: बुधबार, जेठ १, २०७६  १७:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
अवैध हतियारसहित युवक पक्राउ मंगलबार साँझ करिब ६ः३० बजे, सल्यान जिल्लाको कपुरकोट गाउँपालिका-३, फलाटे घर भई हाल दाङमा रहेको लोटस तालिम केन्द्रमा तालिम लिइरहेका १९... बुधबार, असार २५, २०८२
झापामा भारतीय नागरिक पेस्तोलसहित पक्राउ पक्राउ पर्नेमा पश्चिम बंगालको दार्जिलिङ घर भएका २५ वर्षीय प्रतीक अग्रवाल हुन्। बुधबार, असार २५, २०८२
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ सोमबार बौद्धको नयाँबस्तीस्थित स्रोत नखुलेको आर्थिक कारोबार भइरहेको सूचनाको आधारमा खाेजी काराेबार गरेकै अवस्थामा उनलाई पक्राउ गरिएको... मंगलबार, असार २४, २०८२
ताजा समाचारसबै
माओवादीसहित १२ राजनीतिक घटकले शुक्रबार काठमाडौँमा जनप्रदर्शन गर्ने बुधबार, असार २५, २०८२
कोहलपुरमा तीन जना बालक स्कुलबाटै हराए, तीन दिनदेखि खोजी जारी बुधबार, असार २५, २०८२
कांग्रेस अनुशासन समितिले गर्‍यो १८ जनालाई निष्कासन, संस्थापनइतरको असहमति बुधबार, असार २५, २०८२
रसुवामा बाढीमा परेर मृत्यु भएकाहरूको परिवारलाई २ लाख दिने निर्णय बुधबार, असार २५, २०८२
रूसमाथि नयाँ प्रतिबन्ध लगाउने तयारीमा अमेरिका बुधबार, असार २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो)
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो) बुधबार, असार २५, २०८२
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो)
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो) बुधबार, असार २५, २०८२
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित मंगलबार, असार २४, २०८२
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दिपक अर्याल नियुक्त बुधबार, असार २५, २०८२
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्