• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
संसदीय दलमा देउवाको जितले दिएका सन्देश
64x64
किशोर दहाल सोमबार, फागुन २१, २०७४  १५:२३
1140x725

अन्ततः नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा नै संसदीय दलको नेतामा निर्वाचित भएका छन्। उनले आफूलाई सर्वसम्मत नेता बनाउने प्रयास गरेका थिए। तर, अन्तिममा पूर्व उपसभापति प्रकाशमान सिंहसँगको चुनावी प्रतिस्पर्धामा देउवाले नै बाजी मारे। सोमबार भएको निर्वाचनमा उनले ४४ मत पाए। कुल ६३ जना रहेको संसदीय दलमा सिंहले १९ मत मात्रै पाए।
देउवाको विजयले दिने केही सन्देश छन्।

पहिलो हो, संसदीय दलको चुनावले कांग्रेसमा देउवा थप बलियो रहेको पुष्टि गर्छ। स्थानीयदेखि संघीय चुनावसम्मको हारपछि कांग्रेसभित्र र बाहिर निकै आलोचित भएका देउवाले आफूलाई पार्टीभित्र बलियो नै रहेको प्रमाणित गरेर देखाइदिए। उनले झन्डै ७० प्रतिशत मत ल्याए। कतिपय कांग्रेस नेताको भनाइ मान्ने हो भने, देउवाले अनुमान गरेभन्दा बढी मत पाए।

चुनावपछि पार्टी र पार्टीमा सभापति देउवा कमजोर भए भन्ने विश्लेषण हुने गरेको थियो। विशेष महाधिवेशन मार्फत नेतृत्व परिवर्तनका आवाज पनि उठेका थिए। तर, देउवाले यो विजयबाट पार्टीमा नीति र नेतृत्व परिवर्तनको आवाज उठाइरहेकाहरुलाई एकमुस्ट जवाफ फर्काएका छन्।

चुनावमा कांग्रेसको हारपछि कांग्रेसभित्र नेतृत्व परिवर्तनको माग उठिरहेको थियो। त्यसका लागि केही नेताले प्रयास पनि गरिरहेका थिए। अभिव्यक्ति पनि आइरहेका थिए। तर अब कांग्रेसको सुधारमा आउनसक्ने भनिएको उथलपुथलको सम्भावना भने कमजोर भएको छ। साथै, चुनावी पराजयको समीक्षा र विशेष महाधिवेशनका कुरा पनि ओझेलमा पर्न सक्छ वा फिक्का हुन्छ। पार्टीभित्र र बाहिरबाट उनको नेतृत्वमाथि उठाइएको प्रश्न पनि महत्त्वहीन बन्न सक्छ। 

तर, कार्यकर्ता पंक्तिमा रहेको पार्टी नेतृत्व परिवर्तनको आवाज कमजोर भएको र थिचिने वा मिचिने भन्ने सोच्न नहुने कांग्रेस नेता गगन थापा बताउँछन्। 'संसदीय दलको निर्वाचनमा त पार्टीका नेतासँग सम्बन्ध बनाएका नेताहरु मतदाता छन्', थापा भन्छन्, 'तर, पार्टीको पुनर्जीवन र नयाँ नेतृत्वको चाहना त आम कार्यकर्ता र कांग्रेसलाई माया गर्ने पंक्तिको हो। त्यसैले पार्टीको नेतृत्व परिवर्तनको अभियान प्रभावित हुन्छ भन्ने निश्कर्ष निकालियो भने त्यो गलत हुन्छ।'

आफूहरुले पार्टी नेतृत्व परिवर्तन र पार्टीको पुनर्जीवन अभियानलाई अझै बलियो बनाएरै छाड्ने थापा बताउँछन्।

कांग्रेसको यो नेतृत्व सर्वाधिक अलोकप्रिय रहेको विश्लेषण हुने गरेको थियो। चुनावपछि दुईपटक बसेको केन्द्रीय कार्यसमितिको बैठकमा पनि देउवाको निकै आलोचना भएको थियो। पार्टी सम्बद्ध मात्रै होइन, स्वतन्त्र विश्लेषकहरुले पनि कांग्रेस नेतृत्वलाई आलोचना गरिरहेको पढ्न-सुन्न पाइन्छ। तर, आलोचनाकै बीचमा पनि देउवाले आफूलाई बदल्ने कुनै छनक दिएनन्। कारण, देउवाले चुनावअघि कांग्रेसमा फर्किएका अर्का अलोकप्रिय नेता गच्छदारलाई संसदीय दलको उपनेतामा चयन गरिदिए। 

गच्छदार कांग्रेसभित्र र बाहिर लोकप्रिय नेता होइनन्। त्यसमाथि उनी कांग्रेस छाडेर फर्किएका नेता हुन्। उनैलाई उपनेता बनाउने देउवाको कदमले हिजो कांग्रेसमा रहेर आस्थापूर्वक जिम्मेवारी पूरा गरेका नेतामाथि 'अन्याय' गरेको छ।

गच्छदारलाई साथमा लिएर हिँड्ने देउवाको निर्णयले कांग्रेसलाई अलोकप्रियताको थप सिँढी चढाउने शंका गर्न सकिन्छ। कांग्रेसको संसदीय दलको नेतृत्व जस्तो भयो, संसद्‌मा उस्तै खालको प्रतिबिम्ब देखिने पक्का छ। 

'सांसदहरुको आफ्नै सीमा हुन्छन्। उनीहरु व्यक्तिगत रुपमा राम्रा सांसद बन्न सक्छन्,' थापाले भने, 'तर, पार्टीको समग्र प्रस्तुतीकरणका लागि भने नेतृत्व नै तयार हुनुपर्छ।' तर, नेतृत्वले प्रभावकारी प्रस्तुति दिनसक्नेमा उनी पनि शंका व्यक्त गर्छन्।

अहिलेसम्म 'नसुध्रेको' नेतृत्व कसरी सुध्रेला? त्यो कांग्रेसीले मात्रै होइन, आम मानिसले हेरिरहेका छन्। त्यसो त सुध्रेला भनेर आशा गर्नुको विकल्प छैन।

अहिले संसद्‌मा कांग्रेस बढी चुस्त, विश्वासिलो, आलोचनात्मक क्षमतायुक्त हुनुपर्ने जरुरी छ। कारण, यो पटकको सत्तापक्ष लोकप्रिय छ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रस्ट बहुमत (एमाले र माओवादीबीच एकता हुने लगभग निश्चित नै छ) छ र दुई तिहाईको प्रयास गरिरहेको छ। त्यसमाथि प्रधानमन्त्री ओली आलोचनालाई सुन्ने भन्दा पनि पेल्ने रणनीति अपनाउने नेता हुन्। त्यस्तो बेला उनका कतिपय कदमलाई जनतामाझ प्रस्ट पार्न कमजोर नैतिक बलयुक्त र अलोकप्रिय प्रतिपक्षी नेताहरुबाट सम्भव हुन सक्दैन।

देउवा आफैं पछिल्लो पटक सरकारको नेतृत्वमा रहँदा सत्ताको दुरुपयोग गरे भनेर आलोचित भएका थिए। उनको नेतृत्वको समूहले ओली सरकारलाई कसरी 'चेक' गर्ला हेर्न बाँकी छ। तर, अहिलेको अवस्थामा कांग्रेसले 'बाघ मार्न स्यालको सर्जाम' बोकेर हिँड्न लागेको आभास हुन्छ। 

यतिबेला देउवालाई आफू केही हुँ भनेर प्रमाणित गर्न जरुरी नभएको समय हो। गच्छदारलाई स्वयं कांग्रेसीले नै कमै मात्र विश्वास गर्छन्। संसद्‌मा कांग्रेसका तर्फबाट बलियो, गतिशील र स्वच्छ नेतृत्व चाहिने बेला आकर्षणहीन नेताबाट कांग्रेस डोहोरिँदै छ। कांग्रेसका निम्ति यो दुर्भाग्य हो।

'हामीले उहाँलाई जिम्मा नलिनुस् भन्दाभन्दै पनि उहाँले जिम्मा लिनुभएको छ भने अब संसद्‌मा कामबाट आफूलाई प्रमाणित गर्नु उहाँको दायित्व हो', थापाले भने, 'उहाँले आफूलाई प्रमाणित गर्नुपर्छ।'

देउवा बाहेकको नेतृत्व चयन भएको भए कांग्रेसले बदलिने क्रम सुरु गरेको संकेत दिनसक्थ्यो। तर दिएन। पुनः 'कांग्रेस भनेकै देउवा हुन्' को चरणमा पार्टी देखिएको छ। 

देउवाको ठाउँमा प्रकाशमान सिंह संसदीय दलको नेता निर्वाचित भएको भए चाहिँ कांग्रेस प्रतिपक्षीका रुपमा बलियो हुन्थ्यो र? भन्ने प्रश्नमा अल्झिनु जरुरी छैन। किनकि, यसले कांग्रेसमा अन्य नेता पनि छन् भन्ने सन्देश दिन सकिन्थ्यो। त्यसले पार्टीलाई पुनर्ताजगी गराउन सहयोग गर्थ्यो। साथै, सत्तापक्षले पनि नयाँ जोशको सामना गर्नुपर्ने हुन्थ्यो। तर, देउवा र गच्छदारजस्ता थाकेका नेतृत्वबाट सत्तापक्षले कुनै चुनौती महसुस नगर्न सक्छ।

नयाँ 'फेस' र जोश देखाउने अबसर कांग्रेसले चुकायो। यसले कांग्रेसभित्र नयाँपन खोजिरहेकाहरुलाई पनि निरास पारेको छ। 

अब प्रमुख सचेतकको जिम्मेवारी पनि देउवाले आफू अनुकूल नेतालाई नै दिने संकेत देखिएको छ।  यसो भइदियो भने उनले अब पार्टीमा एकलौटी प्रभाव जमाएको प्रमाणित हुन्छ। हिजोसम्म उनले पौडेल पक्षलाई चित्त नबुझाई वा भाग नदिई एक्लै अघि बढ्न सक्दैनथे। अब त्यो 'जिम्मेवारी'लाई उनले बेवास्ता गरिदिन सक्नेछन्।

जसले पार्टीभित्र ध्रुवीकरणको रेखा अझै स्पष्ट कोरिने सम्भावना रहन्छ। संस्थापन पक्ष बलियो बन्दै जाँदा अर्को पक्षले प्रतिक्रिया जनाउनु स्वाभाविक नै हुन्छ। सँगसँगै देउवा पक्षमै रहेका तर अवसर नपाएकाहरुले पनि अर्को पक्षलाई साथ दिने अवस्था आउन सक्छ। 

देउवाको विजयले कांग्रेसलाई सकारात्मक सन्देश पनि दिएको छ। त्यो हो, देउवासँग प्रतिस्पर्धा गर्न अर्को पुस्ता तयार भयो। यस अघिसम्म देउवासँग रामचन्द्र पौडेलले प्रतिस्पर्धा गरिरहेका थिए। तर, प्रतिनिधिसभा चुनावमा पराजित भएका पौडेलले संसदीय दलको चुनावमा खासै प्रभाव पार्न सकेनन्। बरु प्रकाशमान सिंह अघि सरे। यसले देउवा वा पौडेलभन्दा मुनिको पुस्तामा नेतृत्व सर्दैछ वा विकास हुँदैछ भन्ने सन्देश दिन्छ। संसदीय दलको चुनावले त्यसको सुरुवात गरेको छ।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०७४  १५:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
टिप्पणी : सुरुङमा सोफा !
सम्बन्धित सामग्री
लामो समय हिंसात्मक र अस्थिर राजनीति रह्यो, अहिले दुई ठुला दलको सहकार्यले स्थितिमा सुधार आउँदैछ : प्रधानमन्त्री प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको उक्त भेटमा दुई देशबीचको मित्रवत् सम्बन्धलाई अझ मजबुद बनाउँदै विकासका क्षेत्रमा सहकार्य जारी र... सोमबार, असार २३, २०८२
कांग्रेस केन्द्रीय बैठक डेढ घण्टा पछि धकेलियो सोमबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक ३ः ३० बजे बस्ने गरी सारिएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएक... सोमबार, असार २३, २०८२
प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठक जारी बैठकले दिउँसो एक बजे बोलाइएको प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्ने सभामुख घिमिरेको सचिवालयले जानकारी दिएको छ। सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
लामो समय हिंसात्मक र अस्थिर राजनीति रह्यो, अहिले दुई ठुला दलको सहकार्यले स्थितिमा सुधार आउँदैछ : प्रधानमन्त्री सोमबार, असार २३, २०८२
नेपालले काठमाडौंमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्दै सोमबार, असार २३, २०८२
‘माछा खोलीमा’ बालगीत सार्वजनिक सोमबार, असार २३, २०८२
क्रिकेटमा प्राप्त सफलता खेलाडीको समर्पण, लगाव र मेहनतको प्रतिफल : राष्ट्रपति पौडेल सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण आइतबार, असार २२, २०८२
कांग्रेस बैठकमा चन्द्र भण्डारीको व्यङ्ग्य : सभापतिजीले हँसिया धेरै बनाएर घाँस काटेनन् आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्