• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, जेठ ९, २०८२ Fri, May 23, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट
भोजपुर : द्वन्द्वकाल सम्झाउने गरी सुनसान, अभावका बीच तयारी र राहत
64x64
सराेज तामाङ सोमबार, वैशाख ८, २०७७  १०:२८
1140x725

भोजपुर– कोरोना भाइरस (कोभिड–१९) को कारण देशभर ‘लकडाउन’ लागू भएको पनि महिना दिन पुग्दै आँटेको छ। धेरैको दैनिकी उठ्यो, खायो, बस्यो, सुत्योमा बितिरहेको छ।

देशैभरका सडक सुनसान छ। पसल व्यापार बन्द छ।

भोजपुर बजार पनि उसैगरी सुनसान छ।

सातामा दुई दिन बुधबार र शनिबार भोजपुर बजारमा हटिया लाग्थ्यो। स्थानीय स्तरमा उत्पादन भएका तरकारी, फलफूल लगायतका खाद्यान्न यही हटियामा साटफेर भएर सदरमुकाम लगायत वरिपरिका गाउँका भान्छामा पुग्थ्यो। धेरैका चुलो यही हटियाले बाल्थ्यो। स्थानीय अर्थतन्त्र चलायमान हुन्थ्यो।

तर, यतिबेला जीवनशैली फेरिएको छ। सदरमुकाम सुनसान छ। हटिया सुनसान छ।

यस्तो सुनसान समयले धेरै भोजपुरबासीलाई द्वन्द्वकालको सम्झना गराउँछ।

२०६० साल फागुन १९ गते भोजपुरमा गस्ती गरिरहेका ३९ जना पुलिस मारिएका थिए। त्यसपछि करिब सदरमुकाममा १० दिन कर्फ्यु लाग्यो।

गस्ती गर्ने ४० जना पुलिसमध्ये एक जना मात्रै बाँचेका थिए, गजेन्द्र तामाङ। उनलाई ती दिन र यी दिन खासै फरक लाग्दैनन्।

Ncell 2
Ncell 2

तत्कालीन विद्रोही माओवादीको त्यस आक्रमणबाट जोगिएका तामाङ भन्छन्, ‘त्यो बेला ९–१० दिन पूरै कर्फ्यु लाग्यो। त्यसपछि बिस्तारै खुकुलो बनाए पनि राति भने कर्फ्यु नै थियो।’

सुरक्षाकर्मीको निगरानी पनि कडा थियो।

भोजपुरबासीमा डरको ताप उस्तै छ। त्यतिबेला द्वन्द्वको डर थियो। अहिले, कोरोना भाइरसको। चिनिया नेतालाई आदर्श मान्दै बोकिएको बम र चीनबाटै फैलिएको भाइरसले उस्तै त्रास सिर्जना गरेको छ उनीहरुमा। 

विश्वव्यापी फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा बढ्दो छ। त्रास पनि बढ्दो छ। छिमेकी जिल्ला उदयपुर एक्कासी १२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि त्यसले भोजपुरबासीमा पनि त्रास बढाउनु स्वभाविक हो। फलस्वरुप जिल्ला प्रहरी कार्यालय भोजपुरले निगरानीलाई पनि कडाइ गरेको छ।

‘लकडाउन उल्लंघन गर्नेलाई हामीले कडाइको साथ पालना गर्ने गराउने गरिरहेका छौं। अन्य नाकाबाट आउने व्यक्तिहरुलाई विशेष निगरानीमा राखेका छौं’, जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएसपी नरबहादुर सलामी मगर भन्छन्, ‘पछिल्लो समय उदयपुरमा कोरोना संक्रमित व्यक्ति भेटिएपछि हामीले उदयपुरको नाकालाई सिल नै गर्ने कि भन्ने कुराहरु चलिरहेको छ। यसबारे छलफल भइरहेको छ।’

अहिलेसम्म भोजपुरमा कोरोनाबाट संक्रमित भएका छैनन्। तर, जोखिम भने छ। कोरोनाबाट बच्न अपनाउनुपर्ने सबै उपायहरु अपनाएको भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आले बताउँछन्। ‘भोजपुरमा कोरोनाबाट बच्न लकडाउनलाई कडाई गर्नेदेखि विभिन्न व्यवस्था गरिएको छ। जुनसुकै समयमा पनि कोरोना लाग्न सक्छ, त्यसैले हामी आफै सचेत हुनु पर्छ’, उनी भन्छन्।

१४० भन्दा बढीलाई दुई घण्टा ‘क्लास’
लकडाउनका सुरुवातमा भन्दा पछिल्ला दिनहरुमा नियम उल्लंघन गर्नेको संख्या बढेको छ। सुरुवाततिर सबैजसोले पालना गरेको भए पनि पछिल्ला दिनमा घरमै बस्न पट्यार मान्ने र बाहिर निस्कने प्रवृत्ति बढेको छ।

लकडाउन लम्बिँदै जाँदा दैनिक उपभोग्य सामाग्रीको अभाव हुनु स्वभाविक हो। जसले गर्दा कतिपय भोजपुरबासी बजार निस्कने गरेका छन्। तर, प्रहरीले बिना मास्क निस्किएको, एकै परिवारबाट एक जनाभन्दा बढी निस्किएको भन्दै कारबाही गर्ने गरेको छ। किनमेल गर्न आउँदा प्रहरीले दुई घण्टा उभ्याएको भन्दै प्रहरीप्रति खनिने जमात पनि छ।

अत्यावश्यक काम बाहेक निस्किएका व्यक्तिलाई प्रहरीले २ घण्टा ३ मिटरको दूरी कायम गराएर गोलो घेराभित्र रोडमै उभ्याउने गरेका छन्। अहिलेसम्म लकडाउन उल्लंघन गर्ने १ सय ४० भन्दा बढीलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले कारबाही गरिसकेको छ।

प्रहरीले कारबाहीको अतिरिक्त विभिन्न सन्देश लेखिएको प्ले-कार्ड बनाई जनचेतना पनि फैलाउने गरेको छ।

‘हामी घरभित्रै बस्नु भनिरहेका छौं। यो उहाँहरुकै लागि हो। तर, यस्तो भनिरहँदा मिश्रित प्रक्रिया पाइरहेका छौं। कतिपयको म बाहिर निस्किन किन नहुने भन्नुहुन्छ। तर, समग्रमा हेर्ने हो भने सरकारले गरेको नीति नियमलाई पालना गर्नुपर्छ। कोरोनाको औषधि नभएका कारण घरै बस्नुपर्छ भन्ने जमात धेरै छन्’, डिएसपी मगरले भने।

१०० बेडको क्वारेनटाइन तर पर्याप्त छैन सामग्री
कोरोना भाइरस व्यापक रुपमा फैलिरहँदा मानव सभ्यतामाथि नै गम्भीर संकट सिर्जना भएको छ। यस्तो परिस्थितिमा सबै संयमित भएर एकसाथ अघि बढ्नुपर्ने सन्देश विश्वव्यापी रुपमै आह्वान पनि भइरहेको छ।

भोजपुर नगरपालिकाले दुई स्थानमा गरी १०० बेडको क्वारेनटाइन बनाएको छ। तर, जनशक्ति र सामग्रीको भने अभाव छ।

कोरोना परीक्षणलाई व्यापक बनाउनुपर्ने माग अहिले धेरैतिर उठिरहेको छ। भोजपुरमा भने अहिलेसम्म २१ जनाको मात्रै परीक्षण भएको छ। तर कसैमा पनि पोजिटिभ देखिएको छैन। तर, भविष्यको कुरा कसले जान्दछ र? त्यसैले यहाँका जनताले स्थानीय सरकारतिर आशायुक्त नजर फैलाइरहेका छन्। संक्रमित भेटिए के होला? स्थानीय सरकारसँग स्पष्ट नीति छ?

मेयर कैलाश कुमार आले भन्छन्, ‘हामीसँग स्थानीय स्तरमा जे जस्तो उपकरण थियो, त्यही छ। हामीसँग कोरोनाविरुद्ध लड्न आवश्यक उपकरण त छैन। प्रदेश सरकार र केन्द्र सरकारले दिएको पनि छैन। हामीले मागचाहिँ राखिसकेका छौं।’

उपकरण मात्रै होइन, भोजपुरमा जनशक्तिको पनि अभाव छ। स्वास्थ्यकर्मीसँगै सुरक्षाकर्मीको पनि अभाव छ। डिएसपी मगर भन्छन्, ‘जनशक्ति पर्याप्त छैन। हामीले हाम्रो पहिलेका नियमित कार्य पनि गर्नुपर्छ। सबै कुरा प्रहरीले नै गर्नुपर्छ भन्ने सोच त्याग्नुपर्‍यो। तपाईंहरुले पनि आफ्ना स्वयंसेवक खटाउनुपर्‍यो भनेर मैले स्थानीय तहलाई भनिसकेको छु।’
० ० ०
‘भोजपुरमा कसैले भोकभोकै बस्नुपरेको छैन’
कैलाशकुमार आले, मेयर, भोजपुर नगरपालिकाका

कोरोना भाइरसविरुद्ध स्थानीय तहले के गरिरहेको छ?
कोरोना भाइरसविरुद्ध हामीले दुई स्थानमा क्वारेनटाइन बनाएका छौं। एउटा ६० बेडको छ। अर्को ४० बेडको। प्रत्येक स्वास्थ्य चौकीमा गएर त्यहाँ कोरोनाविरुद्ध लड्न हामी कसरी अघि बढ्ने भनेर कुराकानी गरिरहेको छु। कोरोना भाइरसविरुद्ध लड्न साधनहरु, औषधि लगायत वस्तु उपलब्ध गराएर स्वास्थ्यकर्मीको मनोबल बढाउने कार्य गरिरहेको छु।

हामीले भोजपुर नगरपालिकाका २१ जना व्यक्तिमा कोरोना परिक्षण गर्‍यौं। रिपोर्ट सबैमा नेगेटिभ आएको छ। हामीले भोजपुर जिल्ला अस्पतालमा परिक्षण गरेका थियौं।

दुई स्थानमा क्वारेनटाइन त बनाउनु भयो तर आवश्यक उपकरण त छैन नि होइन र?
हो। हामीसँग स्थानीय स्तरमा जे जस्तो उपकरण थियो, त्यही छ। हामीलाई कोरोनाविरुद्ध लड्न आवश्यक उपकरण त छैन। प्रदेश सरकार र केन्द्र सरकारले दिएको पनि छैन। हामीले मागचाहिँ राखिसकेका छौं।

बिहान खायो, बेलुका के खाउँ भन्ने अवस्था सिर्जना भइसकेको छ। यसको चपेटामा मजदुरहरु परेका छन्। उनीहरुका लागि के गर्नुभयो र के गर्दै हुनुहुन्छ?
केही दिनअघि मात्रै हामीले सदरमुकाम बाहिरबाट आएका ३ सय २५ जना मजदुरहरुलाई राहत वितरण गरियो।

अब अन्य भोजपुर नगरपालिकामा रहेका विपन्न परिवारलाई आज(आइतबार) देखि राहत वितरण कार्यक्रम सुरु भएको छ। भोजपुरको २५ सय ६५ घरधुरीमा हामीले राहत वितरण कार्यक्रम सुरु गरेका छौं। भोजपुर नगरपालिकामा रहेका १२ वटै वडामा नगरपालिकाले राहातका प्याकेज पठाएका छौं। प्रत्येक वडाले त्यहाँका गरिब तथा विपन्न वर्गलाई यो राहत बाँड्ने छन्।

नगरपालिकाले यतिमात्रै होइन। अन्य रोगविरुद्ध औषधि खाइरहनुभएका मान्छेको तथ्यांक संकलन गरी औषधि घरघरमा पुर्‍याइदिने काम गरिरहेको छ।

राहत प्याकेजमा चाहिँ के के छ?
राहतमा एक बोरा चामल, एक पोका तेल, एक पोका नुन र एक केजी दाल छ।

यो पहिलो चरणमा हामीले वितरण गरिरहेका छौं। अब अवस्था हेरेर फेरि पनि लकडाउन लम्बियो भने हामी दोस्रो चरणमा वितरण गर्छौं। यो हाम्रो भोजपुर नगरपालिकाको स्रोतबाटै वितरण गरिएको हो। स्थानीय जनप्रतिनिधिको सुविधा भत्ता, कर्मचारी र शिक्षकको सुविधा भत्ता तथा सर्वासाधारणले आफू खुसी दिएको सहयोगबाट राहत वितरण गर्दै छौं। हामीलाई प्रदेश सरकार र केन्द्र सरकारको कुनै सहयोग छैन।

लक डाउनले भोजपुरबासीमा अन्य कुनै समस्या त निम्त्याएको छैन?
अहिले तत्काललाई त्यस्तो समस्या त छैन। तर मजदुरहरुलाई त सुरुका दिनदेखि नै समस्या आइहाल्यो। अब विश्वमै मानव अस्तित्व संकटमा परेको बेला भोजपुर पनि अछुतो त हुने कुरा भएन। तर भोजपुर जिल्लामै खान पाएन भनेर भोकभोकै बस्नुपरेको छैन। लक डाउनले वितृष्णा भएका र नकारात्मक गतिविधिहरु अहिलेसम्म भएको छैन।

लकडाउनका कारण देशैभरी अन्य रोगका बिरामीहरुले कष्टकर जीवन बिताउन परिरहेका छन्। भोजपुरमा चाहिँ अवस्था कस्तो छ?
अहिलेसम्म त्यस्ता ठूलै समस्या देखिएको छैन। अन्य रोगका विरामीहरुको पनि गुनासो मसँग आइपुगेको छैन। सानातिना समस्या छ भने घरैमा बसेर उपचार गर्नुहोस्, शंका लाग्छ भने र कुनै समस्या परेमा जिल्ला अस्पताल पठाइदिनुहोस् भनेर मैले सूचनाहरु पनि जारी गरेको छु।

प्रत्येक स्वास्थ्य चौकीमा गएर पनि मैले स्वस्थ्यकर्मीलाई यही कुरा भनिरहेको छु। कोरोना र लक डाउनका कारण अन्य रोगका कुनै पनि बिरामीमा समस्या आउन दिन्नँ।

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७  १०:२८
  • #कोरोना_अपडेट
  • #लकडाउन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
कोरोना अपडेट: १६ सय परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमुना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण... शनिबार, वैशाख २३, २०८०
ताजा समाचारसबै
पूर्वाधार निर्माणमा माओवादी केन्द्रको उच्च प्राथमिकता – प्रचण्ड शुक्रबार, जेठ ९, २०८२
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? शुक्रबार, जेठ ९, २०८२
हेटौँडा औद्योगिक क्षेत्रमा चार उद्योग थपिए शुक्रबार, जेठ ९, २०८२
लुम्बिनी प्रदेश सभाको बैठक बस्दै शुक्रबार, जेठ ९, २०८२
लुका मोड्रिचले रियल मड्रिड छाड्ने शुक्रबार, जेठ ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
‘टिकटक गर्ल’को हनी ट्रयापमा पारेर काठमाडौंमा घर–जग्गाकाे बार्गेनिङ, २ महिला पक्राउ बिहीबार, जेठ ८, २०८२
सहकारीबाट लिएको ऋण नतिरेपछि एमाले नेता अर्याल पक्राउ बिहीबार, जेठ ८, २०८२
आईएसआईसँग सम्बन्ध भएको आरोपमा दिल्लीमा एक नेपालीविरुद्ध मुद्दा, पहिचान छुपाएर बस्दै आएको आरोप बिहीबार, जेठ ८, २०८२
एमाले गण्डकी प्रदेश सदस्य छन्त्याल माओवादी केन्द्रमा प्रवेश बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
रौतहटमा औषधि पसल अनुगमन गर्न गएको टोलीमाथि आक्रमण, दुईजना घाइते सोमबार, जेठ ५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्