• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार २५, २०८२ Wed, Jul 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट
लकडाउन : बढ्यो काठ तस्करी, वन्यजन्तु संरक्षणमा चुनौती
64x64
शेरबहादुर ऐर मंगलबार, वैशाख १६, २०७७  २१:१४
1140x725

धनगढी- एक महिनादेखि जारी लकडाउन (बन्दाबन्दी)का कारण वन र वन्यजन्तु संरक्षणमा चुनौती थपिएको छ। लकडाउनका कारण पछिल्ला दिनमा कैलालीमा वन अतिक्रमण तथा वन फडानी, काठ तथा वन्यजन्तु तस्करीसँगै वन डढेलोको जोखिम बढेकाे छ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गत चैत ११ गतेदेखि देशभरी नै लकडाउन गरेको छ। लकडाउनमा अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरू बन्द गरिएको छ। सरकारको राजपत्रमा वन अत्यावश्यक सेवामा राखिएको छैन। डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलले नेपाल लाइभसँग भने, 'अत्यावश्यक सेवामा नराखिए पनि हामीहरूले आफ्नै दायित्व सम्झेर वन संरक्षणका काम गरिरहेका छौं।'

वन अधिकृत कँडेलले लकडाउनका कारण वनकर्मीलाई वनमा नियमित अनुगमन गर्न, डढेलो नियन्त्रणका लागि सामग्री वितरण, अतिक्रमण हटाउ अभियान सञ्चालनलगायतका गतिविधि अघि बढाउन नसकिएको बताए। ‘अहिले विश्व नै कोरोना भाइरस (कोभिड–१९)को महामारीसँग जुधिरहेको छ,’ उनले भने, 'कोरोनाको जोखिमबाट वनकर्मीलाई बचाउन हामीसँग सुरक्षा सामग्री पनि छैन।' उनले वनभित्र खटिएका रेन्जर, वनकर्मी तथा वन प्राविधिक कर्मचारीहरूलाई स्वास्थ्य सुरक्षा सामग्रीको व्यवस्था गरिनुपर्ने बताए। उनले लकडाउनमा पनि खटिएका वनका कर्मचारीहरूको स्वास्थ्य बीमा र भत्ताको पनि व्यवस्था गरिनुपर्ने बताए।

काठ तस्करीमा वृद्धि
सरकारले लकडाउन जारी गरेयता कैलालीमा काठ तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले १९ जनालाई पक्राउ गरेको छ। डिभिजन वन कार्यालय कैलालीका प्रमुख कँडेलले लकडाउन यता पक्राउ परेकामध्ये १२ जनालाई आफन्तको जिम्मा लगाएर छोडिएको र सात जनालाई हिरासतमा राखिएको बताए।

डिभिजन वन कार्यालयले लकडाउनको अवधिमा अवैध रुपमा कटान गरिएका तथा लुकाइछिपाई राखेका एक सय पाँच क्यूफिटका एक सय एक थान चिरान काठ र ५९ दशमलव छ क्यूफिटका ६ थान सालका गोलिया बरामद गरेको जनाएको  छ। धनगढी डिभिजन वन कार्यालयले यस अवधिमा विभिन्न स्थानबाट काठका गोलियाहरू पनि बरामद गरेको जनाएको छ। कँडेलले भने, 'हाम्रो कार्यालय मातहात रहेको फूलबारी, गोदावरी र गौरीगंगा नगरपालिका क्षेत्रमा बढी काठ तस्करी भइरहेको छ।'

डिभिजन वन कार्यालय धनगढीले चैत १३ गते धनगढी उपमहागनरपालिका वडा नम्बर १६ बाट ७० दशमलब १६ क्यूफिटका दुई थान काठ बरामद गरेको थियो। चैत २३ गते धनगढीको वडा नम्बर १५ बाट एक सय ८० दशमलब १० क्यूफिटको ११ थान काठ बरामद गरेको जनाएको छ। चैत २५ गते कैलारी गाउँपालिका वडा नम्बर ९ बाट एक सय १० क्यूफिटका चार थान गोलिया बरामद गरेको जनाइएको छ।

यस्तै चैत २६ गते गोदावरी नगरपालिकाबाट ५५ दशमलब १३ क्यूफिट चिरान गरिएका ६१ थान र ५९ दशमलब ३५ क्यूफिटका चार थान दाउरा बरामद गरिएको थियो भने चैत २८ गते १३ दशमलबर ७७ क्यूफिट चिरान काठ र ६४ दशमलब ७६ क्यूफिट गोलियासहित पाँच जना पक्राउ परेका थिए।

यस्तै, वैशाख १२ गते स्थानीयले गौरीगंगा नगरपालिकास्थित शिवगंगा सामुदायिक वनमा चारवटा जति रुख काटेर लुकाएर राखेको अवस्थामा खयरका ४४ गोलिया काठ फेला पारेका थिए भने वैशाख १४ गते घोडाघोडीमा ४ गोलिया सालको काठ बरामद गरिएको जनाइएको छ। घोडाघोडी नगरपालिका ११ तप्पाको राष्ट्रिय वनमा बेवारिसे अवस्थामा रहेको सालको काठ बरामद गरिएको थियो।

सव–डिभिजन वन कार्यालय, सुखडको नियमित गस्तीले राष्ट्रिय वनमा बेवारिसे अवस्थामा फेला परेको करिव एक सय एक दशमलव सात क्यूफिटको चार गोलीया सालको काठ बरामद गरिएको सव–डिभिजन वन कार्यालय सुखडका प्रमुख समिर थापाले जानकारी दिए। वैशाख ८ गते कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ३ फल्लेबिसौनास्थित चन्चल भनिने बन्दुक धनी चन्द्रराज गिरीको घरबाट प्रहरीले लुकाईछिपाई राखेको अवस्थामा ३६.९ क्युफिट सालको काठ समेत बरामद गरेको जनाइएको छ।

त्यस्तै, वैशाख ५ गते गौरीगंगा नगरपालिका वडा नम्बर ३ राजीवुढामा रहेको राष्ट्रिय वनबाट एक सय ६० थान सालको चिरान काठ बरामद गरिएको थियो।

चैत २९ मा कैलालीको घोडाघोडी नगरपालिका- १० आमखैया जंगलबाट अवैध काठ तस्करी भइरहेको सूचनाका आधारमा गएको सशस्त्र प्रहरी बलको टोलीले दुई गोलिया काठ बरामद गरेको थियो। उक्त काठ इलाका वन कार्यालय पहलमानपुरलाई बुझाएको सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गणले जनाएकाे छ।

चैत २७ गते तस्करीमा संग्लन गोदावरी १२ हलौडेका नरीबहादुर साउद पक्राउ परेका थिए। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले भने, ‘साउदको घरमा अबैध चिरान काठ तथा काठको गोलियाहरू लुकाई राखेको खबर प्राप्त भएपछि गएको टोलीले चेकजाँच गर्दा उनको घर छेउ तथा गोठमा चिरान कडी, चौपट, सिल्ली, तक्ता र तीन थान गोलिया गरी एक सय २१ क्यूफिट काठ बरामद भएको हो।’

चैत २० गते भजनी नगरपालिका वडा नम्बर ३ कटानपुरमा रहेको वनदेवी सामुदायिक वनमा तस्करले काटेर राखेको अवस्थामा पाँच थान सालका गोलीया भेटिएका थिए। यस्तै, बर्दगोरीया गाउपालिका वडा नम्बर ४ मा रहेको पुरैना सामुदायिक वनमा काठ काट्दै गरेका ६ जनालाई स्थानीयले नियन्त्रणमा लिएका थिए। स्थानीयका अनुसार घोडाघोडी नगरपालिका वडा नम्बर ६ बसन्ताका सुरेन्द्र चौधरी लगायतलाई रंगेहात पक्राउ गरिएको थियो। समितिले उनीहरूलाई १४ हजार ७ सय रुपैयाँ जरिवाना गरेर छाडेको थियो।

त्यस्तै बर्दगोरीया गाउँपालिका वडा नम्बर ३ का भेषराज जैशीलाई मोटरसाइकलमा सालको कडी बोकीरहेको अवस्थामा स्थानीयले पक्राउ गरेका थिए। पक्राउ परेका जैशी मोटरसाइकल र सालका कडी छोडेर स्थानीयको नियन्त्रणबाट भागेका थिए। उनले छाडेको मोटरसाइकल र सालका कडी स्थानीयले इलाका प्रहरी कार्यालय बौनीयाँको जिम्मा लगाएको स्थानीयले जनाएका छन्।

डिभिजन वन कार्यालय प्रमुख कँडेलका अनुसार गाउँले फूर्सदमा भएकोले थोरैथारै काठ चोरी निकासी गरेर आफूले पनि प्रयोग गर्ने अरुलाई पनि बेच्न खोजेको देखिन्छ।

डढेलोको जोखिम
हरेक वर्ष गर्मी मौसममा कैलालीका राष्ट्रिय, साझेदारी, सामुदायिक तथा निजी वनमा डढेलोको जोखिम रहने गरेको छ।

बसन्त ऋतुमा प्रकृतिले नौलो काँचुले फेर्ने भएकाले रुखहरूका पातहरू सुकेर तल झरेका हुन्छन्। त्यहाँ कुनै पनि व्यक्ति वा प्राकृतिक कारणले आँगो ती पातमा परे वनभित्र फैलने जोखिम रहन्छ। डिभिजन वन कार्यालयका प्रमुख कँडेलले लकडाउनका कारण वन डढेलो नियन्त्रणका लागि पनि काम अघि बढाउन नसकिएको बताए।

उनले अहिले सामान्य वर्षाका कारण वन डढेलो नभएपनि जोखिम भने रहेको बताए। उनले भने, ‘अहिले सञ्चार माध्यमबाट डढेलोसम्बन्धी सन्देश प्रवाह भइरहेको छ। केही सामुदायिक वनमा सामग्री वितरण भएका छन भने केहीमा सामग्री वितरण गर्न बाँकी रहेको छ।’ उनले विगतमा डढेलो नियन्त्रणका लागि जनचेतनामुलक अभियानसँगै विभिन्न गतिविधि गरिने गरेको बताए।

अतिक्रमण नियन्त्रणमा चुनौती
कैलाली जिल्ला विगतदेखि नै तीव्र वन अतिक्रमणको चपेटामा परेको जिल्ला हो। डिभिजन वन कार्यालयले यस वर्ष अतिक्रमण हटाउने तथा अतिक्रमण क्षेत्रको लगत संकलन गर्ने कार्यक्रम गरेको रहेको छ।

सरकारले जारी गरेको लकडाउनका कारण कार्यालयले यस कामलाई पनि प्रभावकारी रुपमा अघि बढाउन नसकेको जनाएको छ। माघमा शितलहर र हुस्सुको कारण देखाउँदै पछि हटेको डिभिजन कार्यालय अहिले लकडाउनका कारण अतिक्रमण हटाउ अभियानलाई अघि बढाउन नसकिएको जनाएकाे छ।

डिभिजन वन कार्यालयले त्यस समयमा वन क्षेत्रभित्र रहेका भौतिक संरचनाहरू एक हप्ताभित्र हटाउन पत्राचार गरेको थियो। तर, त्यसयता कार्यालयले कुनै पनि प्रक्रिया अघि बढाउन सकेको छैन। डिभिजन कार्यालय प्रमुख रामचन्द्र कँडेलले भने, ‘जिल्लाभरिका सबै वन कुनै न कुनै कारणबाट अतिक्रमणमा रहेका छन्। कतै सुकुम्वासी, कतै मन्दिर, कतै संघसंस्थाका भवन, कतै विद्यालय, स्वास्थ्य चौकी, सरकारी कार्यालय वनभित्रै निर्माण गरिएका छन्।’

उनले एक दुई दिनमा लकडाउन नखुले अतिक्रमण हटाउने काम अघि बढ्ने बताए। उनका अनुसार कैलालीमा दुई वर्षअघि २१ हजार एक सय ५४ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको थियो। अहिले यो बढेर २५ हजार हेक्टर बढी वन क्षेत्र अतिक्रमणको चपेटामा परेको छ। उनले वन कार्यालयले अतिक्रमित क्षेत्रको नक्सांकन गर्ने काम अघि बढाइरहेको बताए।

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०७७  २१:१४
  • #taskari
  • #काठ

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
कोरोना अपडेट: १६ सय परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमुना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण... शनिबार, वैशाख २३, २०८०
ताजा समाचारसबै
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित मंगलबार, असार २४, २०८२
सात दिनभित्र चित्त बुझ्दो जवाफ नआए झाँक्रीलाई निष्काशन गर्नै एकीकृत समाजवादीको चेतावनी मंगलबार, असार २४, २०८२
गभर्नरविरूद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, अग्राधिकार प्रदान मंगलबार, असार २४, २०८२
रुपन्देही ३ मा नाउपाका उम्मेदवारलाई समर्थन गर्ने संघीय लोकतान्त्रिक मोर्चाको निर्णय मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्