• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार २५, २०८२ Wed, Jul 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज
शान्त मौसममा रमाउँदै चराचुरुंगी मानवआश्रित चरा भने आहाराका लागि सकसमा
64x64
शेरबहादुर ऐर बुधबार, वैशाख ३१, २०७७  ०६:५४
1140x725

धनगढी-कोरोना भाइरसको महामारीले मानिस घरभित्रै बन्दी भएको डेढ महिनाभन्दा बढी भएको छ। जंगलमा रम्दै आएका चराचुरुंगी भने सहर, सडक र जंगलतिर निष्फिक्री कावा खाँदै स्वतन्त्रतापूर्वक चिरबिराउन थालेका छन्। मानौं चराहरुका लागि यतिबेला हस्तक्षेपरहित अकल्पनीय आनन्दको स्वर्गानुभूति भइरहेको छ।

पुर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सडकमा यातायातका साधन गुडेका छैनन्। कलकारखानाले अहिले प्रदूषणकारी धुवाँ उडाएका छैनन्। हवाईजहाज र गाडीहरुको कर्कश आवाज पनि अहिले छैन। मानिसको हुल छैन। प्रकृतिका अनुपम संगीतकार मानिएका चराहरुको चिरबिर अहिलेको लकडाउनमा थुनिएको मान्छेको कानसम्म गुञ्जिरहेको छ ।

चराविद् डा हेमसागर बराल भन्छन्,  ‘यो गृष्मकालीन समयमा नेपालमा पाइने रैथाने प्रजातिका करिब ७०/८० प्रतिशत चराहरुले प्रजनन गर्ने समय हाे, केही प्रजातिका चराले बच्चासमेत कोरली सकेका छन् ।’ उनका अनुसार चराहरुका लागि चैत, वैशाख र जेठ महत्वपूर्ण समय मानिन्छ किनभने उनीहरुको फुल पार्ने,  प्रजनन गर्ने र बच्चा कोरल्ने समय हो यो। 

सहरका मुख्य बजार क्षेत्रमा ढुकुरका जोडी ढुकुरकुर गर्दै प्रणयधुन सुनाइरहेको र सडकका सानाठूला रुखहरुमा अनेकौं प्रकारका चराहरुले बच्चा कोरलिरहेको डा बराल बताउँछन्। उनका अनुसार नेपालमा आठ सय ८६ प्रजातिका चरा पाइन्छन्। 

चराविद तथा नेपाल पंक्षी सरक्षण सघंका कृष्ण भुसालले भने, ‘यो समयमा रैथाने तथा आगन्तुक  चराहरुले नेपालका विभिन्न स्थानहरुमा स्वतन्त्रतापूर्वक आवतजावत, आहारबिहार गरेका छन् ।’ आगन्तुक चराहरुलाई लकडाउनले लाभ पुगेको उल्लेख गर्दै उनले भने, ‘मानवीय क्रियाकलापका कारण गुड बनाउन, प्रजनन गर्न, बच्चा कोरल्न असहज वातावरण हुने गथ्र्यो तर लकडाउनले चराचुरुंगीहरुलाई धेरै राहत पुगेको छ ।’  

उनले नदीनालामा उत्खनन रोकिएसँगै पानी सफा भएको र माछा, किरा, लेउ र अन्य जीवको आहारका लागि विभिन्न प्रजातीका चराहरुका लागि अनुकूल बनेको बताए।

भुसालले भने, ‘यो समय कोइली, मुरलीचरी, गाजले सुनचरी, स्वर्गचरी, चित्रक पिट्टा, कटुस टाउकेलगायत करीब ६२ प्रजातीका गृष्मकालीन आगन्तुक चराहरु दक्षिणी मुलुकहरु र अफ्रिकाबाट बच्चा कोरल्न नेपाल आईसकेका छन् जसको प्रजननका लागि यो लकडाउन अनुकूल बनेको छ ।’

मेची नगरका चरा संरक्षणकर्मी देवेन्द्र खरेलका अनुसार गर्मी चढेसँगै झापा, मोरङ, सुनसरी र सप्तरीका सिमसार क्षेत्रमा साइबेरिया, श्रीलंका र अफ्रिकाबाट समेत पाहुना चरा आइरहेका छन्। उनले भने, ‘ध्वनी प्रदूषण घटेपछि चराहरुले शान्ति अनुभूति गर्छन् र तिनीहरु उडेर, नाचेर र चिरबिराएर रमाउन थाल्छन् ।’ 

उनका अनुसार लकडाउनको अवस्थामा नन्दीजन्य सामग्रीको उत्खनन नभएका कारण पानीचरासमेत उन्मुक्त भएका छन्। हुटिट्याउँ, सिम कुखुरा, बट्टाइ, जुरे कोइली, ठूलो जुरे कोइली, रंगीविरंगी काजले चरा, सानो मयुर, निलपुच्छे लगायतका दर्जनौं नया“ चराहरु यतिबेला झापाका घरगाउ“ छेउछाउका साना वनमा भेटिने गरेको उनी बताउँछन्। 

विराटनगरका चराप्रेमी नवीन रेग्मीले नेपालमा लकडाउन भएपछि बगाले भ्याकुर, कोइली, कालोचिल, सिक्रा, हलेसी, कन्ठे ढुकुर, ठूलो गोकुल, मिल चरा, कुथुर्केजस्ता  रैथाने तथा आगन्तुक चराहरु घर वरपर  देखिने गरेको बताए।

बर्दियाका चरा संरक्षणकर्मी तथा पथप्रदर्शक रामबहादुर शाहीले लकडाउनले बर्दिया राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र तथा सिमसार क्षेत्रमा रैथाने तथा आगन्तुक चराहरु घरवरपर, सडक  छेउछाउमा प्रसस्त रुपमा देखिने गरेको बताए। यी चराहरु अझै पनि मानव आश्रित रहेको उनी बताउछन्। शाहीका अनुसार भंगेरा, काग,  ढुकुर, मैना, रुप्पी, परेवालगायतका प्रजाति मानवमा आश्रित छन् । उनले भने, ‘उनीहरु मान्छेले दिएका वा फ्याँकेका खानामा मै बाँचेका हुन्छन् ।

तर, लकडाउनमा तिनीहरुले खुला परिवेश अनुभूति गरे पनि आहारका लागि सकस भोगिरहेका छन् ।’
घोडाघोडी ताल क्षेत्र चराका लागि महत्वपूर्ण मानिन्छ। आजभोलि यहाँ पनि लकडाउनका कारण चोरी सिकारी तथा मानवीय क्रियाकलाप कमी आएको छ। चरा संरक्षणकर्मी मनिषा चौधरीले भनिन्, ‘ताल क्षेत्रका चराहरु घर वरपर आउने, भीडभाडमा नडराउने बानी परिसकेकाले मान्छेको घर आँगनमा आएर वा सडकमा फालेका खानेकुरा खाएर पेट भर्ने गर्दथे। यस्ता आश्रित चरा लकडाउनमा भोकले व्याकुल भएका छन्।’

तस्बिर : हिरु डंगौराको फेसबुकबाट
 

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०७७  ०६:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
आज मोहर्रम पर्व मनाइँदै मुसलमान समुदायका व्यक्तिहरूले पर्वका अवसरमा आफ्नो गच्छेअनुसारका ताजिया घरमा स्थापना गरेका छन्। मुस्लिम धर्मका प्रवर्तक हजरत मोहम्मदक... आइतबार, असार २२, २०८२
झोलुङ्गे पुलले छोटियो यात्रा दुई वडाका गाउँ जोड्नका लागि पुलले निकै सहज बनाएको छ। रुरुक्षेत्र गाउँपालिका–१ र २ अन्तर्गत थोर्गा तथा ग्वादीको बीचमा झोलुङ्गे पुल नि... मंगलबार, असार १७, २०८२
जनकपुरमा क्यान्सर पहिचान अभियानमा विनयतारा र पूर्व राजदूत डेलिसी नेतृत्वको इन्गेज नेपाल शिविरकै अवसरमा तीनवटा तालिम कार्यक्रम पनि सञ्चालन गरिएको थियो। उच्च रक्तचाप : रोकथाम र परीक्षण,  अष्टोमी हेरचाहसम्बन्धी जनचेतना र स्... सोमबार, असार १६, २०८२
ताजा समाचारसबै
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित मंगलबार, असार २४, २०८२
सात दिनभित्र चित्त बुझ्दो जवाफ नआए झाँक्रीलाई निष्काशन गर्नै एकीकृत समाजवादीको चेतावनी मंगलबार, असार २४, २०८२
गभर्नरविरूद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, अग्राधिकार प्रदान मंगलबार, असार २४, २०८२
रुपन्देही ३ मा नाउपाका उम्मेदवारलाई समर्थन गर्ने संघीय लोकतान्त्रिक मोर्चाको निर्णय मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्