• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार २५, २०८२ Wed, Jul 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
नेपाली भूमिमा भारतको सडक उद्घाटन, नेपाल सरकारको घोडेटो कागजमै सीमित
64x64
शेरबहादुर ऐर बुधबार, वैशाख ३१, २०७७  ११:३८
1140x725

धनगढी-२०७६ कात्तिक दोस्रो सातातिर नेपाली भूमि लिम्पियाधुरादेखि लिपुलेकसम्मलाई समेटेर भारतले राजनीतिक नक्सा सार्वजनिक गर्‍यो। यसको विभिन्न विद्यार्थी संगठन, राजनीतिक दलहरुले विरा गरे। 

लगत्तै २०७६ कार्तिक २५ गते सुदूरपश्चिम प्रदेश सरकारले आफनो भूमि संरक्षण गर्न दार्चुलाको व्यास क्षेत्रमा घोडेटो बाटो निर्माण गर्ने निर्णय गर्‍यो। सो बाटो संघीय र प्रदेश सरकारको लगानीमा चालू आर्थिक वर्षभित्रै बनाइसक्ने जनाएको थियो।

भारतले नक्सा जारी गरेको छ महिनापछि भारतले नेपाली भूमि मिच्दै कैलाश मानसरोवर जाने सडक बनाएर उद्घाटन गरिसकेको छ भने चालू आर्थिक वर्ष सकिन दुई महिना मात्रै बाँकी रहँदा पनि नेपाल सरकारबाट बाटो बनाउन कुनै प्रक्रिया नै अघि बढेको छैन।

सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले गौरवका साथ घोडेटो बाटो निर्माण गर्ने निर्णय सार्वजनिक गरेका थिए । उनले त्यतिबेला भनेका थिए, ‘दार्चुलाको तुम्लिङदेखि तिंकर हँुदै छाङरुसम्म घोडेटो बाटो निर्माण गर्ने निर्णय भएको छ ।’  

प्रदेश मन्त्रिपरिषद्को सो ६० औं बैठकको निर्णयमा लेखिएको छ, ‘सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लास्थित व्यास गाउँपालिका २ को तुम्लिङदेखि तिंकर र छाङरुसम्म नेपाली गाउँबस्ती भएर जाने घोडेटो बाटो नेपाल सरकारसँगको समन्वयमा प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले निर्माण गर्ने र सोका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले आवश्यक बजेटको व्यवस्था गर्ने ।’

कालापानी, लिम्पियाधुरा, लिपुलेक क्षेत्रका नेपाली नागरिकले आवतजावत गर्न भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको र भारतसंग सीमा विवाद भएपछि प्रदेश सरकारले तत्काल सो क्षेत्रमा घोडेटो निर्माण गर्ने निर्णय गरेको थियो । भारतको बाटो प्रयोग गर्दा नेपाली नागरिक असुरक्षित हुने भएकाले नेपाली नागरिकलाई सुरक्षित बनाउन प्रदेश सरकारले सिमाना क्षेत्रमा घोडेटो बनाउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता शाहले बताएका थिए । उनले प्रदेश सरकारले त्यसका लागि एक/दुई दिनभित्रै बजेट छुट्याएर तत्काल प्रक्रिया अगाडि बढाइने पनि बताएका थिए। 

अघिल्लो कात्तिकदेखि लगातार नेपाली सीमा मिच्दै आएको भारतले लकडाउनको मौका छोपेर नेपाली भूमि मिचेर बनाएको सडकको उद्घाटन नै गरिसकेको छ। 

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले सो घोडेटो बाटो निर्माणका लागि बजेट व्यवस्था भएर निकासा भए÷नभएको र घोडेटो बाटो बने÷नबनेकोबारे प्रदेश पूर्वाधार विकास मन्त्रालयमै सोध्नु पर्ने टिप्पणी गरे। 

भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले आफ्नो मन्त्रालयले घोडेटो बाटो निर्माण नगर्ने बताए। उनले सोबारे पर्यटन मन्त्रालयसंग जानकारी लिन आग्रह गरे। मन्त्री बोहराले घोडेटो बाटो निर्माण गर्ने भनेर एक पटक कुरा उठेको भए पनि त्यसपछि सो विषयमा छलफल नभएको बताए। उनले पर्यटन मन्त्रालयले घोडेटो बाटो बनाउने गरेको बताउदै संघीय सरकारबाट आएको बजेटबाट घोडेटो बनाउन पर्यटन मन्त्रालयमा प्राविधिक नभएकाले पूर्वाधार विकास कार्यालयका प्राविधिक खटाइदिनुपर्ने कुरामात्रै भएको बताए।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले सो क्षेत्रमा घोडेटो बाटो निर्माणका लागि ५० लाख रुपैयाँ आएको बताइन्। उनले सो रकमबाट घोडेटो निर्माण गर्न पर्यटन ईकाईबाट अगाडि बढाउने भनिएकोमा सो क्षेत्रमा घोडेटोले नपुग्ने र मोटरबाटो नै बनाउनुपर्ने सो क्षेत्रका सांसद्हरूले कुरा उठाएपछि काम अलमलमा परेको बताइन्। 

मन्त्री भट्टले आफूले पुर्वाधार विकास मन्त्रालयलाई इस्टिमेट बनाउन प्राविधिक खटाइदिन अनुरोध गरेको भए पनि सोही क्षेत्रका प्रदेश सांसद गेल्बुसिंह बोहराले डिपिआर निर्माण गरेर मोटरबाटो नै बनाउनु पर्ने भनेपछि रोकिएको बताइन्। डिपिआर तयार भएपछि संघीय सरकारबाट आएको ५० लाख रुपैयाँ बाटोको कुन भागमा खर्च गर्ने निष्कर्ष नआउँदै लकडाउन भएपछि सो विषय त्यही टुंगिएको मन्त्री भट्टले बताइन्।

दार्चुलाका प्रदेश सांसद् बोहराले सो सडकका लागि आफूहरूले ३२ देखि ३६ करोड रुपैयाँको डिपिआर बनाएर मन्त्रालयमा पेश गरेको भए पनि बजेट विनियोजन नभएको बताए। 

उनले दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य गणेशसिंह ठगुन्नाको आग्रहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले घोडेटोका लागि प्रदेशमा ५० लाख रुपैयाँ पठाएकोमा कार्यान्वयनमा जान नसकेको बताए। सो क्षेत्रमा सडक बनाउन खर्चिलो र जोखीम हुनुका साथै सडक काट्न विस्फोटक पदार्थ नै आवश्यक पर्ने भएकाले लकडाउनमा काम अगाडि बढाउन सम्भव नभएको बोहराले बताए।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा खर्च गर्नुपर्ने भएपछि संघीय सरकारले अगाडि बढेका योजनाहरू फिर्ता लिएको छ। पर्यटनमन्त्री भट्टले संघीय सरकारले धेरै शीर्षकको बजेट फिर्ता लिएको बताउँदै घोडेटोका लागि आएको बजेट फिर्ता भए–नभएको यकीन हुन नसकेको बताइन्।

 

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०७७  ११:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' चिनियाँ सुरक्षा अधिकारीले अनुमतिबिना प्रवेश गरेको भन्दै रसुवागढी पारि चिनियाँ भूमिमा सेनाको हेलिकोप्टर ल्याण्ड गराएका हुन् । मंगलबार, असार २४, २०८२
सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित स्वास्थ्य मन्त्रालयमा संघका पदाधिकारीसहित स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कानून मन्त्री अजय चौरसिया र उद्योगमन्त्री दामोदर भण्डारीबीच... मंगलबार, असार २४, २०८२
गभर्नरविरूद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, अग्राधिकार प्रदान सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै अब गभर्नर पौडेलले निरन्तर काम गर्न पाउने भएका छन् ।  यद्यपि गभर्नर नियुक्तिविरुद्धका रि... मंगलबार, असार २४, २०८२
ताजा समाचारसबै
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित मंगलबार, असार २४, २०८२
सात दिनभित्र चित्त बुझ्दो जवाफ नआए झाँक्रीलाई निष्काशन गर्नै एकीकृत समाजवादीको चेतावनी मंगलबार, असार २४, २०८२
गभर्नरविरूद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, अग्राधिकार प्रदान मंगलबार, असार २४, २०८२
रुपन्देही ३ मा नाउपाका उम्मेदवारलाई समर्थन गर्ने संघीय लोकतान्त्रिक मोर्चाको निर्णय मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्