• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
स्वास्थ्य सेवा अभावमा दक्षिण एसियामा ४ लाख बालबालिकाको ज्यान जोखिममा : युनिसेफ
64x64
नेपाल लाइभ बुधबार, वैशाख ३१, २०७७  १९:२८
1140x725

एजेन्सी-  कोरोना संक्रमणको प्रभावका कारण स्वास्थ्य सेवा प्रभावित हुँदा ६ महिनाभित्र दक्षिण एसियाली मुलुकमा मात्र पाँच वर्ष मुनिका चार लाख ४० हजार बालबालिकाको ज्यान जान सक्ने भन्दै युनिसेफले चिन्ता व्यक्त गरेको छ। बालबालिकाको मृत्युको कारण कोरोना नभई यसबाट परेको नकारात्मक प्रभाव हुने उसले उल्लेख गरेको छ।

बिबिसी हिन्दीमा प्रकाशित समाचार अनुसार जोखिममा पर्ने बालबालिकामा सबैभन्दा धेरै भारतका छन्। भारतमा मात्र यो अवधिमा तीन लाख बालबालिकाको ज्यान जोखिममा रहेको भन्दै कोरोना भाइरस नियन्त्रणसँगै अन्य स्वास्थ्य सेवामा समेत ध्यान दिन आग्रह गरेको छ।

दक्षिण एसियामा भारतपछि पाकिस्तानका बालबालिका बढी जोखिममा छन्। पाकिस्तानको स्वास्थ्य अवस्था अहिलेकै रहे ६ महिनाभित्रमा ९५ हजारको ज्यान जान सक्ने भन्दै युनिसेफले यसमा प्रभावकारी कदम चाल्न आग्रह गरेको हो। बंगलादेशमा २८ हजार,अफगानिस्तानमा १३ हजार र नेपालमा चार हजार बालबालिकाको ज्यान जान सक्ने उसको आँकलन छ।

'पहिलोपटक पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको मृत्युदर बढ्ने देखियो। यसमा हामीलाई निकै चिन्ता छ,' दक्षिण एसियाका लागि यूनिसेफ़को क्षेत्रीय निर्देशक जीन गैफ़ले भनिन्।  

उनले कुनै पनि हालतमा गर्भवती महिला र बालबालिकालाई बचाउनुपर्ने अवस्था रहेको भन्दै महामारीविरुद्ध लड्नु महत्वपूर्ण भएपनि यो बीचमा आमा र शिशुको ज्यानको सुरक्षा पनि उत्तिकै महत्वपूर्ण रहेको बताइन्।

यूनिसेफ़का अनुसार जुन देशमा स्वास्थ्य प्रणाली कमज़ोर छ, त्यहाँ कोरोना भाइरस संक्रमणका कारण मेडिकल सप्लाई चेनमा बाधा पुगेको छ। साथै मानव र वित्तीय संसाधनमा दबाब परिरहेको छ।

लकडाउन, कर्फ़्यू र यातायातमा लगाइएको रोकका कारण स्वास्थ्य सुविधा केन्द्रमा मानिसहरु कम गइरहेका छन्। उनीहरुमा संक्रमणको भय बढिरहेको छ। कतिपय देशमा कोरोना संक्रमण रोक्न खोपको कार्यक्रमहरु समेत रोकिएका छन्। यसले बालबालिकाको स्वास्थ्य जोखिम बढाएको युनिसेफको ठहर छ। 

यूनिसेफ़ दक्षिण एसियाका क्षेत्रिय स्वास्थ्य सल्लाहकार पल रटरले कोरोना संक्रमणको समयमा पनि बालबालिकाको जन्म, स्वास्थ्य र पोषणसम्बन्धी सेवा उपलब्ध गराउन जरुरी रहेको बताए। 

यूनिसेफ़को यो अनुमान जोन्स होपकिन्स ब्लुमबर्ग स्कुल अफ पब्लिक हेल्थको शोधकर्ताहरूको एक विश्लेषणमा आधारित छ। यो विश्लेषण हालैको ग्लोबल हेल्थ जर्नलमा प्रकाशित भएको थियो।

सो विश्लेषणमा तीन स्थितिका आधारामा अनुमान गरिएको छ। १ सय १८ निम्न र मध्यम आय भएका देशमा पाँच वर्षभन्दा कम उमेरका १२ लाख बालबालिकाको मृत्यु हुन सक्छ। 

यसमा उल्लेख गरिएको कारणमा स्वास्थ्य सेवाको आपूर्ति १५  प्रतिशत कम हुनु उल्लेख छ। यस्तो अवस्थामा विश्वव्यापी रुपमै पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको मृत्यु दर ९ दशमलव ८ हुनसक्ने उल्लेख छ। आमाको मृत्यु दर ८ दशमलव ३ प्रतिशत हुनसक्ने उल्लेख गरिएको छ।

सबैभन्दा ख़राब स्थितिमा स्वास्थ्य सेवा ४५ प्रतिशतसम्म प्रभावित हुन सक्छ। यस्तो अवस्थामा पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको मृत्युदर ४४ दशमलव ७ पुग्न सक्ने र आमाहरूको मृत्युदर ३८ दशमलव ६ प्रतिशत पुग्न सक्ने भन्दै युनिसेफले गम्भीर चिन्ता व्यक्त गरेको हो। 

कोरोना संक्रमणका कारण परिवार नियोजन, बच्चा जन्माउनु अगाडि र जन्माइसकेपछिको स्याहार, खोप र उपचारात्मक अन्य सेवा नपाउँदा बाल मृत्युदर बढ्न सक्ने उसको अनुमान छ।

स्वास्थ्य सुविधाको सबैभन्दा खराब अवस्थामा बंगलादेश, ब्राजिल, कंगो, इथियोपिया, भारत, इन्डोनेसिया, नाइजेरिया, पाकिस्तान, युगान्डा र तान्जानियाका बालबालिकाहरु भएको युनिसेफले उल्लेख गरेको छ।

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०७७  १९:२८
  • ##corona
  • ##children

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गभर्नरविरूद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, अग्राधिकार प्रदान
रुपन्देही ३ मा नाउपाका उम्मेदवारलाई समर्थन गर्ने संघीय लोकतान्त्रिक मोर्चाको निर्णय
कर फर्छ्यौटसम्बन्धी मुद्दामा विशेषको फैसला सर्वोच्चले गर्‍यो बदर
सम्बन्धित सामग्री
गभर्नरविरूद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, अग्राधिकार प्रदान सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै अब गभर्नर पौडेलले निरन्तर काम गर्न पाउने भएका छन् ।  यद्यपि गभर्नर नियुक्तिविरुद्धका रि... मंगलबार, असार २४, २०८२
कर फर्छ्यौटसम्बन्धी मुद्दामा विशेषको फैसला सर्वोच्चले गर्‍यो बदर सोमबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्य सचिवको हैसि... मंगलबार, असार २४, २०८२
रसुवा बाढी अपडेट : बेपत्ता हुनेको संख्या २० पुग्यो बेपत्ताको संख्या थपिएको सशस्त्र प्रहरी बलद्वारा जारी अपडेटमा उल्लेख छ । दिउँसो ३ः५० को अपडेटअनुसार गोरखाको पालुङटार- ६ का डिलबहादुर... मंगलबार, असार २४, २०८२
ताजा समाचारसबै
गभर्नरविरूद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, अग्राधिकार प्रदान मंगलबार, असार २४, २०८२
रुपन्देही ३ मा नाउपाका उम्मेदवारलाई समर्थन गर्ने संघीय लोकतान्त्रिक मोर्चाको निर्णय मंगलबार, असार २४, २०८२
कर फर्छ्यौटसम्बन्धी मुद्दामा विशेषको फैसला सर्वोच्चले गर्‍यो बदर मंगलबार, असार २४, २०८२
रसुवा बाढी अपडेट : बेपत्ता हुनेको संख्या २० पुग्यो मंगलबार, असार २४, २०८२
छानबिन समितिको बैठक : तोकिएको समयअघि नै कार्यसम्पन्न गर्ने सभामुखको विश्वास मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्