• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट
प्रिय प्रधानमन्त्रीज्यू! विदेशका नेपाली छिटो फर्काउनुहोस्
डा अच्युतशाली घिमिरे सोमबार, जेठ १२, २०७७  १५:२७
1140x725

कोरोनाको महामारीले विश्वलाई छोएको छ। जहाँ छन् नेपालीहरूले आफ्नो गाँउ ठाँउको खुबै याद गरिरहेका छन्। स्वदेशलाई हामी जननी भन्छौं। दुःख आपत पर्दा जननीभावसँग गासिन खोज्नु हाम्रो सभ्यता हो। आमा समान यो देशको प्रेममा सत्यको भाव झल्किन्छ। यो संकटको घडीमा अमेरिका,अष्ट्रेलिया, कतार, मलेसिया, भारतलगायत मुलुकमा हुने नेपालीहरू नेपाल फर्किन खोज्नु र काठमाडौंमा भएकाहरू समेत हिँडेरै भएपनि आफ्नो गाउँ जान खोज्नुले मातृभूमिको भावना आखिरीमा महत्वपूर्ण हुनेरहेछ भन्ने कुरा प्रष्ट्याउँछ।

मातृभूमिभन्दा ठूलो चिज दुनियामा केही हुँदैन। विदेश एउटा कथाजस्तै हो, नलेखिएको वा नदेखिएको। जब देखिन्छ वा भोग्न सुरु गरिन्छ‚ बिस्तारै मातृभूमिसँग टाढा बनाउँछ। विदेसिनुको व्यथा उस्तै छ। कोही कक्षा १२ पास गरेपछि अष्ट्रेलिया गएका छन्‚ कोही विशेषज्ञता हासिल गर्न अमेरिका गएका छन्। कोही घरको छानो फेर्न र गुजारा गर्न साउदी, कतार गएका छन्। होला देशले फर्किने माहौल बनाएन शायद। उतै श्रम बेच्न र अर्कैको देश बनाएर जवानी सिध्याउन विवश भए नेपालीहरू।

हो‚ विदेसिनु बाध्यता उनीहरूको थियो होला। तर धेरैपछि आज उनीहरूले फेरि देश सम्झिएका छन् र निराश हुँदै भनेका छन्‚ ‘यस्तो संकटमा पनि देशले लिन जहाज पठाएन।’  सुन्दैछु धेरै देशले नेपालीलाई आफ्नो देश फर्क भनिसकेका छन्। यो महामारीमा सरकारी सेवा सुविधा आफ्ना नागरिकलाई मात्र प्राथमिकतामा राखेर दिने भनेका रहेछन्। अनि कार्डिओलोजिस्ट डाक्टर भइकन अमेरिकामा एक नेपाली कोरोना लाग्दा स्वास्थ्य सेवाबाट प्रताडित भएछन्।यो आपतको बेलामा सबैका आँखा वरिपरि आफ्ना परिवार समाज गाउँ ठाउँ साथीभाइ इष्टमित्र  घुमिरहेछन्।

संकटमा उजागर भएपनि यो स्वदेश प्रेम स्वागतयोग्य छ। यो देशभक्ति कायम राख्नु जरुरी छ। उनीहरूका लागि विदेश एउटा सपना थियो, झिलीमिली थियो होला, आफू र परिवार उकास्ने सिढीं पनि थियो होला तर कोरोना महामारीले विदेशिएको नेपालको दक्ष जनशक्ति देशको विकासमा प्रयोग गर्ने अवसर दिएको छ। त्यसैले उनीहरूलाई फर्काउन र स्थायी रुपमा नै नेपालमा बस्ने वातावरण सिर्जना गर्न ढिलो नगरौं।

प्रिय प्रधानमन्त्रीज्यूसँग मेरो आग्रह- जतिसक्दो चाँडो विदेशमा रहेका नेपालीलाई स्वदेश फर्कन पहल गरिदिनुहोस्। संख्या लाखौं होला, तर साँच्चै दुःख भोगिरहेका र नेपालमा नै गएर केही गर्ने अठोट बोकेकालाई प्राथमिकतामा राखेर फिर्ता ल्याउने कोशिस गरौं। एयरपोर्टमा नै टेस्ट गर्ने व्यवस्था मिलाएर प्रदेश एवं स्थानीय सरकारसँगको सहकार्यमा सजगता एवं स्वास्थ्य आचरसंहिताहरू पालना गर्न लगाएर घर फिर्ता गराउन सकिन्छ। अरु देशको तुलानामा ठूलो संख्यामा विदेशी भूमिबाट नेपाली फिर्ता ल्याउनु चुनौती त छँदैछ तर नक्सा जारीसँगै जुन वाहवाही हजुरले पाउनुभएको छ, यस कार्य सफल गर्न सक्नुभएमा हजुरको गुणगान गाउन नेपालीहरू थाक्नेछैनन्।

स्वदेशका श्रमका औजारहरू उनीहरूलाई कुरिहेछन्। यहाँका कोदालीहरू, दाउराका भारीहरू, हलो र असार पन्ध्रहरू उनीहरूकै बाटो हेरिरहेछन्। अमेरिकामा बसेर कृषि क्रान्तिका गफ गरेर देश कृषिमा आत्मनिर्भर हुन सक्दैन। यहाँका कक्षा कोठाहरू, घुम्ने मेचहरू, दूरदराजका अस्पतालहरू, सिंहदरबारका आसनहरू दक्ष जनशक्तिकै प्रतिक्षामा छन्। देशले एउटा आशा गरिरहेछ, जुन आर्यभावना बाल्यकालमा हरेक मनुष्यमा नै मातृभूमिले जागृत गरेको हुन्छ‚ त्यसको फेरो समाउदै साँझ परेपछि गुँड फर्किने चराहरूजस्तै एकदिन फर्किआउनेछन् स्वदेशमा नै आफ्ना सन्तानहरू।

साँच्चै यो नाता कस्तो हो? जवानीमा नै जननीसँग वियोगिन्छौं र बिर्सिएर जान्छौं। के हामी लाचार छौं? भूकम्प आउँदा ७२ सालमा सबैले गाउँ फर्किने अठोट गर्यौं तर बिस्तारै भुल्दै गयौं। विपत्ति आउँछ, हामीलाई झस्काउँछ फेरि उही अवस्थामा फर्किन्छौं। अहिले कोरोनाको कहर छ, कतिखेर नेपाल फर्कौं र आफन्त भेटौंको मनोदशामा गुज्रिरहेछन् सबै। तर यो कस्तो सम्बन्ध? क्रुरताले सम्झाउने र शितलताले बिर्साउने। मातृभूमिको माया आफ्ना सन्तानप्रति सदैव रहने तर विदेशीनेहरूको माया मुतको न्यानोमात्र ठहरिने, यो कस्तो विडम्बना? 

हामी मानव जाती हौं। विषाणु, जिवाणु र प्रकृतिका अवयवहरूभन्दा पनि श्रेष्ठ भन्ठान्थ्यौं। तर कोरोना प्रकोपले हाम्रो सोच र क्रियाहरूमा पूर्णविराम लगाइदिएको छ। हामी जहाँ‚ जस्तो अवस्थामा छौं‚ त्यही बस्न बाध्य बनाइएका छौं। र हरेक चीज धारण गर्नु मानवजातीको धर्म हो, धर्म जन्मभूमिको हृदयबाट निस्केको हुन्छ। जहाँ जता नै हाम्रो सत्ता रहेपनि जन्मभूमिको भाव खँदिलो रहन्छ‚ जुन हाम्रो परस्पर श्रद्धा र जन्मभूमिप्रतिको सेवाले निर्धारण गर्छ।

हाम्रो जीवन, धन र सर्वस्व नै आखिर के रहेछ? यी सबैका लागि बिलौना गर्नु नै कत्तिको बुद्धिमानी रहेछ? सुन्दर सपनाको पछि पछि भागी हिँड्नेहरूले सोच्नुपर्नेछ। दुःख पर्दा आसुँ झर्दा, आफ्नोपनको मोहनी एउटा मातृभूमिले जागृत गर्न सक्छ भने किन मातृभूमि सिंगार्न हामी आफ्नो जवानी खर्च गर्न सक्दैनौं? नेपालमा पुरै अँधेरोमात्र देख्नेहरूले किन ज्योतिको पुञ्ज ल्याएर पोख्न सक्दैनन्? के देशलाई सरापेर र नेतालाई धिक्कारेर मात्र विकास हुन्छ र? जबसम्म देशले आफ्नो पूँजी, श्रम र जनशक्ती सँग सँगै जोड्न सक्दैन, हामीले हाम्रो देश भनेर गर्व गरिरहन लायकको बन्नै सक्दैन।

आखिरमा प्रकोप र महामारीले देखाउँछ हाम्रो देशको तस्बिर, हामीसँग साधन स्रोत केही छैन भन्ने कुरा। यो नहुनुमा तपाईं विदेशमा बसेर देश विकासको फुईं लाउने विज्ञ व्यक्ति कति ज़िम्मेवार? कहिले सोच्नुभएको छ?

आज त विश्वव्यापी महामारी छ‚ भोलि त किनार लाग्छ‚ लाग्छ तर यसबाट आफूभित्र स्वदेश प्रेमको अंकुर सबैले उमारेनौं भने युवा जनशक्ति कै अभावमा देश पछाडि परिरहनेछ। अनि यसैगरी आफू संकटमा पर्दा देश पुकारिरहनेछौं र देशले चाहेर पनि हामीलाई केही गर्न सक्ने छैन। किन कि देश बनाउने ज़िम्मेवारी हाम्रो काँधमा पनि छ। यो महामारीले सबैको बुद्धि फिरोस्। केही दिनलाई होइन सधैंलाई देश फिर्ने जाँगर चलोस्। होलान् हतोत्साहित गर्ने राज्य व्यवस्था,प्रणाली र संरचनाहरू, सबै मिलेदेखि प्रश्न उठाएदेखि बाङ्गाटिङ्गा रेखाहरू पनि सिधा हुँदै जानेछन्। आशा गरौं।

प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७  १५:२७
  • #Novel
  • #corona

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
गभर्नरविरूद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, अग्राधिकार प्रदान
रुपन्देही ३ मा नाउपाका उम्मेदवारलाई समर्थन गर्ने संघीय लोकतान्त्रिक मोर्चाको निर्णय
कर फर्छ्यौटसम्बन्धी मुद्दामा विशेषको फैसला सर्वोच्चले गर्‍यो बदर
सम्बन्धित सामग्री
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
कोरोना अपडेट: १६ सय परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमुना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण... शनिबार, वैशाख २३, २०८०
ताजा समाचारसबै
गभर्नरविरूद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, अग्राधिकार प्रदान मंगलबार, असार २४, २०८२
रुपन्देही ३ मा नाउपाका उम्मेदवारलाई समर्थन गर्ने संघीय लोकतान्त्रिक मोर्चाको निर्णय मंगलबार, असार २४, २०८२
कर फर्छ्यौटसम्बन्धी मुद्दामा विशेषको फैसला सर्वोच्चले गर्‍यो बदर मंगलबार, असार २४, २०८२
रसुवा बाढी अपडेट : बेपत्ता हुनेको संख्या २० पुग्यो मंगलबार, असार २४, २०८२
छानबिन समितिको बैठक : तोकिएको समयअघि नै कार्यसम्पन्न गर्ने सभामुखको विश्वास मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्