• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २२, २०८२ Sun, Jul 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार
स्वदेश फर्कने नेपालीहरुको स्वास्थ्य परीक्षण शुल्क कसले व्यहोर्ने?
64x64
निर्मला घिमिरे बिहीबार, जेठ २२, २०७७  १४:००
1140x725
प्रतीकात्मक फोटो

काठमाडौं– सरकारले कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश फर्काउने कार्ययोजना पारित गरिसकेको छ। 

जुन ५ देखि तेस्रो मुलुकमा अप्ठ्यारोमा परेका नेपालीहरु ल्याउन सुरु गरिने परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले जानकारी दिइसकेका छन्।

अप्ठ्यारोमा परेका नेपालीहरुलाई स्वदेश फर्काउन सरकारले जारी गरेको कार्ययोजनामा स्वदेश फर्कन चाहाने व्यक्तिले बढीमा ७ दिन अघिको आरडिटी, पिसीआर वा अन्य परीक्षणको रिपोर्ट अनिवार्य पेश गर्नुपर्ने उल्लेख गरिएको छ। तर स्वास्थ्य परीक्षण शुल्क कसले व्यहोर्ने भनेर खुलाइएको छैन।

सोसँगै विदेशमा अप्ठ्यारो स्थितिमा परेर फर्किने अवस्थाका नेपालीहरुको स्वास्थ्य परीक्षण शुल्क कसले व्यहोर्ने भन्ने चासोको विषय बनेको छ।

विदेशमा रहेका नेपालीहरुमा पनि स्वास्थ्य परीक्षण आफैं गराउनुपर्ने हो वा सम्बन्धित मुलुकको सरकारले नै गरिदिने हो भन्ने विषयमाथि अन्यौलता सिर्जना भएको छ।

तत्काल स्वदेश फर्किनुपर्ने अवस्थामा धेरैजसो रोजीरोटीको खोजीमा विदेशिएका छन्। उनीहरु महिनौंदेखि खान, बस्न समेत समस्यामा परेको अवस्था छ। यस्तो समस्यामा रहेका नेपालीहरुको स्वास्थ्य परीक्षण शुल्क सम्बन्धित मुलुकले नै व्यहोर्ने गरी कुटनीतिक पहल भएको छ? वा, नेपाल सरकारले त्यसको कसरी व्यवस्थापन गर्छ?

यस सम्बन्धमा कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका सदस्य सचिव तथा प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद विडारीले सरकारले स्वास्थ्य परीक्षण शुल्कका सम्बन्धमा सरकारले केही नबोलेको बताए।

सचिव विडारीले नेपाल लाइभसँग भने, ‘यस बारेमा हामीले केही पनि बोलेका छैनौं। जुन देशमा जे सुविधा छ, त्यही अनुसार गर्ने हो। त्यहाँ कुनै मुलुकको सिस्टममा सरकारले गर्ने होला, कुनै मुलुकमा व्यक्ति आफैंले परीक्षण गराउनुपर्ने होला। जे सिस्टम छ, नेपालीहरुले पनि सोही अनुसार परीक्षण गराउनुपर्छ।’

विदेशबाट नेपाल फर्किने अवस्थामा कोरोना संक्रमण नफैलियोस् भनेर कोरोना संक्रमण नभएको व्यक्तिलाई मात्रै स्वदेश फर्काउने तयारी गरिएको उनको भनाई छ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार स्वास्थ्य परीक्षण रिपोर्टमा कोरोना नेगेटिभ भएको व्यक्तिमात्रै एकदेशबाट अर्को देशमा जान पाउने व्यवस्था भएकाले सोहीअनुसार नेपालीहरु स्वदेश फर्काउने तयारी गरिएको उनले बताए।

उनको प्रतिक्रियाबाट सरकारले सम्बन्धित मुलुकसँग कुटनीतिक पहल गर्न नसकेको बुझिएको छ। महामारीका रुपमा फैलिएको कोरोनाका कारण समस्यामा परेर स्वदेश फर्किन चाहने व्यक्तिहरुको स्वास्थ्य परीक्षण सम्बन्धित मुलुकले गरिदिने गरी कुटनीतिक पहल गर्नुपर्नेमा सरकार चुपचाप छ।

यसबाट रोजगारी गुमाएर महिनौंदेखि विदेशमा अप्ठ्यारोमा परेका, खान बस्न नै समस्या भएका नेपालीहरुलाई स्वदेश फर्कन समस्या देखिने भएको छ।

मानव अधिकारका लागि जनमञ्च पिपुल फोरमका संस्थापक अध्यक्ष तथा अधिवक्ता सोम लुइँटेल विदेशमा समस्यामा परेका व्यक्तिहरुको स्वास्थ्य परीक्षण शुल्क सम्बन्धित मुलुकको सरकार वा रोजगारदाताले व्यहोर्ने गरी नेपाल सरकारले कुटनीतिक पहल गर्नुपर्ने बताउँछन्। उनी भन्छन्, ‘सरकारले यो शुल्क कसले व्यहोर्ने भनेर खुलाएको छैन। तर सम्बन्धित मुलुक वा रोजगारदाताले बेहोर्ने गरी कुटनीतिक पहल नगर्ने हो भने अप्ठ्यारोमा परेका श्रमिकहरुलाई झन् अप्ठ्यारो पर्छ।’

सरकारले विदेशमा समस्यामा परेर तत्काल स्वदेश फर्काउनुपर्ने अबस्थामा ४० हजार नेपाली रहेको अनुमान गरेको छ।

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०७७  १४:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
सबै सामाजिक सञ्जाल दर्तामा आउनुपर्छ, कानुन मान्नुपर्छ : सञ्चारमन्त्री प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री गुरुङले सूचना प्रविधिको क्षेत्रमा निजी क्षे... मंगलबार, असार १०, २०८२
कक्षा १२ को परीक्षा दिएर बसेकालाई कोदोको परिकार उत्पादन र प्याकेजिङ तालिम जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने यो नगरपालिकाले कोदोमा पाइने प्रोटिन, क्याल्सियम, आइरन तथा एन्टि–अक्सिडेन्टजस्ता पोषकतत्वहरूलाई ध्या... शनिबार, जेठ ३१, २०८२
हेटौँडा औद्योगिक क्षेत्रमा चार उद्योग थपिए औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी रमेशराज नेपालका अनुसार गत वैशाखदेखि लक्की पोलि इन्डस्ट्रिजले प्लाष्टिकका सामान... शुक्रबार, जेठ ९, २०८२
ताजा समाचारसबै
केन्द्रीय समितिमा उपप्रधानमन्त्री सिंहले भने- यही गठबन्धनलाई निरन्तरता दिनुपर्छ आइतबार, असार २२, २०८२
११ हजार भोल्टको तार चुँडिएर करेन्ट लाग्दा महोत्तरीमा कलभर्ट निर्माण गरिरहेका मजदुरको मृत्यु आइतबार, असार २२, २०८२
सिमकोट अब राष्ट्रिय सडक सञ्जालमा जोडियो, हुम्ला पुगेर प्रधानमन्त्रीले गरे बेलिब्रिज उद्घाटन आइतबार, असार २२, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
उज्वेकिस्तानविरुद्दको खेलमा नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा शनिबार, असार २१, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
प्रदेशमन्त्रीलाई बर्खास्त गरेपछि सरकारबाट बाहिरिने नाउपाको निर्णय शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्