• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २२, २०८२ Sun, Jul 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार
जहाज चार्टर गरेर २८ सय नेपाली काठमाडौं ल्याइदिने तयारीमा कुवेत सरकार
64x64
निर्मला घिमिरे बिहीबार, जेठ २२, २०७७  २०:०३
1140x725
कुवेतमा आममाफीका लागि सहभागी हुँदै नेपाली।

काठमाडौं- आममाफी पाएका २ हजार ८ सयभन्दा बढी नेतालीलाई कुवेत सरकारले जहाज चार्टर गरी काठमाडौंसम्म ल्याउने तयारी गरेको छ। नेपाल फर्कन आममाफी पाएको लामो समय बितिसक्दा पनि सरकारले नेपाल फर्काउन नसकेपछि कुवेत सरकारले नै जहाज चार्टर गरेर नेपाल ल्याइदिने तयारी गरेको हो। कुवेतमा आममाफी पाएका २ हजार ८ सय नेपाली श्रमिकहरुलाई नेपाल फर्काउने तयारीबारे कुवेत सरकारसँग कुराकानी भइरहेको कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले बताए। कुवेत सरकारले आममाफी पाएका विदेशी कामदारलाईलाई आफ्नै खर्चमा स्वदेश फिर्ता गर्ने यसअघि नै घोषणा गरिसकेको थियो।

‘हामी यहाँबाट जतिसक्दो छिटो समस्यामा परेका नेपालीहरु स्वदेश फर्काउने तयारी गरिरहेका छौँ। पहिलो चरणमा आममाफी पाएका नेपाली फर्काइने छ। आममाफी पाएका २८ सय नेपालीलाई कुवेत सरकारले अहिले छुट्टै क्वारेन्टाइनमा राखेको छ,’ राजदूत भण्डारीले नेपाल लाइभसँग भने। कुवेत सरकारको खर्चमा जहाज चार्टर गरी उनीहरुलाई काठमाडौं ल्याउने तयारी भइरहेको उनको भनाइ छ। तर कुवेतबाट कहिले काठमाडौं फर्काइने भनेर मिति भने तोकिएको छैन।

उनीहरुलाई कसरी सुरक्षित तरिकाबाट स्वदेश फर्काउने भन्ने सम्बन्धमा त्यहाँको सरकार र नेपाल सरकारसँग समेत छलफल भइरहेको दाबी दूतावासले गरेको छ। आममाफी पाएकाहरूलाई फर्काएपछि रोजगारी गुमाएका वा अन्य कारणले समस्यामा परेका नेपाली श्रमिकहरुलाई स्वदेश फर्काइने दूतावासले जनाएको छ। रोजगारी गुमाएका वा विभिन्न कारणले समस्यामा परेका श्रमिकहरुको संख्या पनि ठूलो छ। यस्ता श्रमिकहरुको तथ्यांक संकलन भइरहेको दूतावासको भनाइ छ। 

सरकारले शुक्रबारबाट विदेशमा समस्यामा परेका नेपाली स्वदेश फर्काउन सुरु गर्ने भएको छ। पहिलो चरणमा म्यानमारबाट २६ र युएईबाट २ सय ५० नेपालीहरु फर्काउने तयारी गरिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जानकारी दिएको छ। सरकारले समस्याका आधारमा प्राथमिकता तय गरी नेपालीहरुलाई स्वदेश फर्काउने भएको छ। 

आममाफी पाएका, बहिर्गमन भिसा रहेका, आफन्तको मृत्यू भई काजकिरिया गर्नका लागि नेपाल आउनुपर्ने अवस्थाका, रोजगारी गुमाएका वा करार अवधि समाप्त भएका, सुत्केरी तथा गर्भवती महिला, बालबालिका, जेष्ठनागरिक, सरकारी सेवामा रही अध्ययन तथा तालिमका सिलसिलामा विदेश गएका, घुमफिरका लागि वा विभिन्न कामका लागि गएका र अध्ययनका लागि गएर समस्यामा परेका वा पढाइ अवधि सकिएकालाई प्राथमिकतामा राखेको छ।

विदेशबाट आएका नेपालीहरुलाई विमानस्थलमा ज्वरोलगायत स्वास्थ्य परीक्षण गरेर होल्डिङ सेन्टरमा पठाउने छ। होल्डिङ सेन्टरमा आवश्यक प्रक्रिया पूरा भएपछि होटल क्वारेन्टाइनमा बस्नेलाई सिधै व्यवस्थापन गरिएको होटलमा र स्थानीय तहको क्वारेन्टाइनमा बस्नेलाई सम्बन्धित जिल्लासँग समन्वय गरी जिल्लागत रुपमा छुट्याइएको यातायात साधनबाट जिल्ला सदरमुकाम लगिनेछ।

जिल्ला सदरमुकाममा स्थानीय तहले यसरी आउनेलाई जिम्मा लिई तोकिएको क्वारेन्टाइनमा राख्नुपर्नेछ। स्थानीय तहले व्यवस्थापन गरेको क्वारेन्टाइनमा बस्नेको लजिस्टिक, खानपिनलगायत अन्य आवश्यक व्यवस्था सोही स्थानीय तहले गर्नेछ।

नेपाली सेनाले काठमाडौं उपत्यका र मुलुकका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनको सञ्चालन, नियन्त्रण र निर्देशन गर्नेछ। भारतबाहेक अन्य मुलुकबाट आउनेले हवाइ उडान, होटल क्वारेन्टाइन लगायत सम्पूर्ण खर्च आफैंले बेहोर्नुपर्नेछ। तर सम्बन्धित श्रम गन्तव्य मुलुक, रोजगारदाता कम्पनी वा म्यानपावर कम्पनीले हवाइ खर्च, यातायात, होटल क्वारेन्टाइन लगायतमध्ये केही खर्च व्यहोरिदिएको अवस्थामा बाँकी खर्च मात्र सम्बन्धित व्यक्तिले व्यहोर्नु पर्नेछ।तत्काल स्वदेश फर्काउनुपर्ने अवस्थाका ४० हजार नेपाली रहेको सरकारी अनुमान छ।

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०७७  २०:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
सबै सामाजिक सञ्जाल दर्तामा आउनुपर्छ, कानुन मान्नुपर्छ : सञ्चारमन्त्री प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री गुरुङले सूचना प्रविधिको क्षेत्रमा निजी क्षे... मंगलबार, असार १०, २०८२
कक्षा १२ को परीक्षा दिएर बसेकालाई कोदोको परिकार उत्पादन र प्याकेजिङ तालिम जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने यो नगरपालिकाले कोदोमा पाइने प्रोटिन, क्याल्सियम, आइरन तथा एन्टि–अक्सिडेन्टजस्ता पोषकतत्वहरूलाई ध्या... शनिबार, जेठ ३१, २०८२
हेटौँडा औद्योगिक क्षेत्रमा चार उद्योग थपिए औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी रमेशराज नेपालका अनुसार गत वैशाखदेखि लक्की पोलि इन्डस्ट्रिजले प्लाष्टिकका सामान... शुक्रबार, जेठ ९, २०८२
ताजा समाचारसबै
११ हजार भोल्टको तार चुँडिएर करेन्ट लाग्दा महोत्तरीमा कलभर्ट निर्माण गरिरहेका मजदुरको मृत्यु आइतबार, असार २२, २०८२
सिमकोट अब राष्ट्रिय सडक सञ्जालमा जोडियो, हुम्ला पुगेर प्रधानमन्त्रीले गरे बेलिब्रिज उद्घाटन आइतबार, असार २२, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक आइतबार, असार २२, २०८२
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
उज्वेकिस्तानविरुद्दको खेलमा नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा शनिबार, असार २१, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
प्रदेशमन्त्रीलाई बर्खास्त गरेपछि सरकारबाट बाहिरिने नाउपाको निर्णय शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्