• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार २५, २०८२ Wed, Jul 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट
निःस्वार्थ सेवामा जुटेको 'कोलाबोरेटिभ्स'
64x64
शेरबहादुर ऐर शुक्रबार, जेठ ३०, २०७७  १८:१७
1140x725

धनगढी- ‘आउनुहोस्! आउनुहोस्! हाम्रो यहाँ खानाको व्यवस्था गरिएको छ। घर परिवारसँग सम्पर्क गर्नका लागि टेलिफोनको व्यवस्था गरिएको छ,’ बिहीबार माइकमा 'रोयल कोलाबोरेटिभ्स'का संयोजक गजेन्द्र शाही कञ्चनपुरको डोकेबजारमा आवाज लगाइरहेका थिए।

भारतबाट फर्किएकाहरूका लागि रोयल कोलाबोरेटिभ्स नामक समूहले निःशुल्क खाना तथा पानी खुवाउन जेठ ९ गतेदेखि कञ्चनपुरको डोकेबजारमा क्याम्प स्थापना गरेको छ।

भारतबाट कैलालीको त्रिनगर नाका हुँदै आएका नेपालीहरूका लागि प्रदेश सरकारले खाना तथा बासको व्यवस्थापन गर्न नसकेपछि जनस्तरबाटै सहयोग गर्ने उद्देश्यले २१ दिनदेखि सो समूह सहयोगमा जुटेको हो।

डोकबजारमा डोरीले सीमाना बनाएर खाना तथा खानेपानी वितरण भइरहेको छ। सो समूहले सामाजिक दूरी कायम गर्दै उनीहरूका लागि खाना र पानीको व्यवस्था गरिएको जनाएको छ । 

'भारतबाट फर्केका सुदूरपश्चिमबासीहरू भोकै बस्न बाध्य भएको सुनेपछि हामीले यो सानो प्रयास गरेका छौं,' समूहका संयोजक गजेन्द्रले भने, 'उनीहरूले २१ दिनदेखि शुरु गरेको खाना तथा पानी वितरण कार्यमा विभिन्न संघ/संस्था र व्यक्तिबाट सहयोग प्राप्त भइरहेको छ।' उनले शुरुमा दुई/तीन जनाको सहयोगमा शुरु गरेको क्याम्पमा अहिले सहयोगी हातहरू थपिदै गएको बताए।

समूहका सदस्य देवेन्द्र जोशीले अहिलेसम्म ५८ हजार प्लेट खाना वितरण गरिसकेको जानकारी दिए। 'हामीले प्लेटको हिसाब राख्छौं,' उनले भने, 'त्यसका आधारमा ५८ हजार प्लेट गएको देखिन्छ।' उनले विभिन्न संघसंस्था तथा व्यक्तिबाट नगद नभई रासनमात्र सहयोग लिने गरेको बताए।

उनका अनुसार अहिलेसम्म सिएनएन हिरो २०१५ न्यागी डोयन, रुडुकका संस्थापक आरजु राणा देउवा, निसर्ग अस्पताल र अस्पतालका संचालक तीर्थ पन्त, नेपालगञ्ज मेडिकल कलेजका सहनिर्देशक नितेश कनौडियाको टिम र कलेज, टेक बोगटी, अनिल भुजनिया, धनगढी उपमहानगरपालिका लगायतले सहयोग गरेको छ।

गजेन्द्र र देवेन्द्रसंगै सो समुहका दिनेश शाह, इन्द्र विनाडी, रचित शाह सेवामा खटिएका छन्। देवेन्द्रले भने, 'शुरुमा हामीलाई सहयोग गर्न पनि कोही आएका थिएनन्। इन्द्र, दिनेश र रचितको साथ र सहयोगले थप मद्दत पुग्यो।'

उनीहरू अहिले भारतबाट आएका सुदूरपश्चिमबासीलाई खाना खुवाउँदा एकदमै खुशी देखिन्छन्। 'हामीले चर्चा पाउन यो काम गरेका होइनौं। हामी यस प्रदेशवासीका हरेक समस्यामा सहयोग गर्न अघि बढ्छौं,’ गजेन्द्रले भने। 

कोलाबोरेटिभ्स समूहले कोरोना महामारीकै समयमा रक्तदान, विद्यार्थीहरूलाई राहत, सुत्केरी तथा गर्भवती महिलाका लागि खाद्यान्न सहयोग लगायतका गतिविधि गरेको छ। १० दिनसम्म सञ्चालन गरिएको रक्तदानमा एक सय ५४ बढीले रक्तदान गरेका छन्। उनीहरूले एक सय ५७ सुत्केरी तथा गर्भवती महिलालाई चामल, दाल, अण्डा, नुन, तेल, आलु वितरण गरेका थिए भने चार सय विद्यार्थीहरूलाई खाद्यान्न राहत वितरण गरेका थिए।

कोलाबोरेटिभ्सले डोकेबजारमा निःशुल्क खाना तथा पानी वितरण गर्न लागेपछि धनगढी फाउन्डेसनले पनि त्यसको चार दिनपछि कर्भडहलमा भान्सा सञ्चालन गरी डोकेबजारमा खाना वितरण गर्न शुरु गरेको थियो।

दिदीबहिनी महिला समूह युकेको पनि सहयोग
दिदीबहिनी महिला समूह यूकेले कैलालीको त्रिनगर नाकाबाट नेपाल भित्रेका नेपाली नागरिकहरूलाई एक हप्तासम्म खाना खुवाउने भएको छ। 

भारतबाट मजदुरी गरी आएका नेपाली नागरिकहरूले लकडाउनका कारण भोकभोकै आएपछि सीमामा निःशुल्क खाना खुवाउदै आएको रोयल कोलाब्रोटिम्भसमार्फत एक हप्तासम्म खाना खुवाइने भएको हो। 

दिदीबहिनी महिला समूह यूकेले पहिलो चरणमा एक लाख ३० हजार बजेट पठाएपछि नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता डा रणबहादुर रावलको पहलमा खाना खुवाउने काम सुरु भएको हो।

डाक्टर रावलले दिदीबहिनी महिला समूह यूकेलाई कोरोनाको महामारी भएको समयमा युकेमा भएका दिदीबहिनीहरूले पठाएको पैसामा करिब ८ हजार नेपाली नागरिकलाई खाना खुवाउन सकिने बताए। खाना खुवाउने सहयोग सुरुवातदेखि लागिरहेको रोयल कोलाबोरेटिभ्सका युवाहरूले गर्नेछन्।

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०७७  १८:१७
  • #royal-collaboratives

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
कोरोना अपडेट: १६ सय परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमुना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण... शनिबार, वैशाख २३, २०८०
ताजा समाचारसबै
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित मंगलबार, असार २४, २०८२
सात दिनभित्र चित्त बुझ्दो जवाफ नआए झाँक्रीलाई निष्काशन गर्नै एकीकृत समाजवादीको चेतावनी मंगलबार, असार २४, २०८२
गभर्नरविरूद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, अग्राधिकार प्रदान मंगलबार, असार २४, २०८२
रुपन्देही ३ मा नाउपाका उम्मेदवारलाई समर्थन गर्ने संघीय लोकतान्त्रिक मोर्चाको निर्णय मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्