• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २२, २०८२ Sun, Jul 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार
तत्काल कोरिया जान नपाए ५ हजार युवाको रोजगारी गुम्ने युवा आन्दोलनमा, सरकार भन्छ– आत्तिनु पर्दैन
64x64
निर्मला घिमिरे मंगलबार, असार ३०, २०७७  १६:४५
1140x725

काठमाडौं– बाराका विष्णु गौतम गत मार्चमा दक्षिण कोरिया उडिसक्नुपर्ने थियो। तर, लकडाउनका कारण उनी कोरिया जान पाएनन्। भिसा आएको ६ महिनाभित्र कोरिया प्रवेश गरिसक्नु पर्छ। उनको कोरिया प्रवेश गर्न पाउने अवधि केही दिनमा सकिँदैछ। तर, अहिले कोरिया बन्द छ। 

‘कोरिया जान पाउने समय अब केही दिनमात्र बाँकी छ। सरकारले कोरिया नखुलाउने हो भने बल्लबल्ल पाएको रोजगारी पनि गुम्छ। वर्षाैंकाे मेहनत माटोमा मिल्छ,’ उनी भन्छन्, ‘सरकारले न त देशमा रोजगारी दिन्छ न त विदेश जान दिन्छ।’ नेपाल सरकारले कोरियाली सरकारसँग समन्वय गरेर तत्काल उडान खुला नगरे आफू र आफूजस्ता थुप्रै युवाहरुको रोजगारी गुम्ने अवस्था सिर्जना भएको उनी बताउँछन्।

‘हामीलाई जहाज चार्टर्डमार्फत् हुन्छ वा व्यवसायिक उडान खुला गरेर हुन्छ,  जसरी हुन्छ कोरिया पठाउनै पर्छ। होइन भने हामी आफ्नो रोजिरोटीका लागि कडा आन्दोलनमा उत्रिन बाध्य हुन्छौँ,’ उनले भने।

गोरखाका उत्तम न्यौपानेले सन् २०१७ मा कोरिया रोजगारीका लागि भाषा परीक्षा दिएका थिए। उनको नाम निस्कियाे। तर, उनी रोजगारदाताको छनोटमा पर्न सकेनन्।

२ वर्षभन्दा बढी समयसम्म भिसा नआएपछि उनले रोजगारी माया मारिसकेका थिए। तर, सन् २०१९ मा उनको भिसा आयो। भिसा आएर कोरिया जान ठिक्क परेको समयमा कोरोनाका कारण अन्तराष्ट्रिय उडानहरु बन्द भए। उनी पनि रोकिए। ‘मेरो १७ मार्चको उडान थियो। लकडाउनले जान पाइएन। अब कोरिया प्रवेश गर्न पाउने अवधि १ महिनामात्रै छ। एक महिनाभित्र कोरिया जान पाइएन भने भिसा सकिन्छ। देशमा काम छैन, यता न उताको भइन्छ,’ उत्तम सुनाउँछन्।

रामेछापकी अम्बिका मोक्तानको पनि यहि २९ जुलाईमा कोरिया प्रवेश गर्न पाउने अवधि सकिँदैछ। ‘अब उड्न नपाए बल्लबल्ल आएको अवसर पनि गुम्छ। खै जता गएपनि सरकारले हाम्रो कुरा सुन्दै सुन्दैन,’ झण्डै ३ वर्षपछि कोरियाली रोजगारीका लागि छनोट भएकी मोक्तानलाई कोरिया जान नपाउने हो कि भन्ने निकै चिन्ता छ।

२०१७ मा कृषि कामका लागि भाषा परीक्षा दिएकी उनी भाषा परीक्षामा उत्तीर्ण भएकी थिइन्। तर, उनी रोजगारदाताको छनोटमा भने परेकी थिइनन्। ‘भिसा त आयो बल्लतल्ल, आएको भिसा पनि अब उडान खुलेन भने सकिन्छ। हामीलाई सरकारले न त देशमा रोजगारी दिन सक्छ। न त हामीले विदेशमा पाएको अबसरको ग्यारेन्टी,’ उनी चिन्ता व्यक्त गर्छिन्। 


उनीजस्ता हजारौँ युवाहरु कोरियाली रोजगारी गुम्ने चिन्तामा छन्। राेजगारी गुम्ने चिन्तामा रहेका युवाहरुले मंगलबार पनि कोरियाली रोजगारी सुनिश्चितता गर्नुपर्ने माग राख्दै माइतीघरमा आन्दोलनमा उत्रिए। यसअघि गत बुधबार आन्दोलनमा उत्रिएका उनीहरुको माग सुनुवाई नभएको भन्दै मंगलबार पुनः आन्दोलनमा उत्रिएका हुन्। सरकारले तत्काल रोजगारी खुला नगरे आफूहरु अझ कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी उनीहरुले दिएका छन्।

तत्काल कोरिया खुला नगरे ५ हजारको रोजगारी गुम्दै 
सरकारले तत्काल कोरिया जाने बाटो खुल्ला नगरे ५ हजार युवाहरुको रोजगारी गुम्ने अवस्थामा रहेको छ। भिसा आएर पनि लकडाउनका कारण कोरिया जान नपाएका ५ हजार युवाहरुको रोजगारी गुम्ने अवस्थामा आएकाे हाे। यहि जुलाईभित्र कोरियाका लागि उडान खुला नगरे ५ सयभन्दा बढी युवाहरुको रोजगारी गुम्ने उल्लेख गरिएको छ। 

सरकारले वैदेशिक रोजगारीका क्रममा बिदामा आएर अड्किएका तथा भिसाअवधि नसकिएकाहरुलाई भने स्वास्थ्य मापदण्ड पालना गरी वैदेशिक रोजगारीमा पठाउन सुरु गरेको छ। नयाँ श्रम स्वीकृति दिएर वैदेशिक रोजगारीमा पठाउने निर्णय भने सरकारले गरेको छैन।

आत्तिनु पर्दैन हामी छलफल गरिरहेकाछौँ : महानिर्देशक दाहाल 
वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल कोरियाले रेगुलर र बिदामा आएका श्रमिकहरुलाई चार्टर्ड फ्लाइटमार्फत् नलिने र रेगुलर फ्लाइट नहुँदा समस्या निम्तिएको बताउँछन्। समस्या सुल्झाउन परराष्ट्रमा पत्राचार गरिसकेको महानिर्देशक दाहालले जानकारी दिए।

महादिर्नेशक दाहालका अनुसार सन् २०१९ का पासरहरुमध्ये करिब ५ सयको भिसा आएको छ। उनीहरुको तत्काल कोरिया प्रवेश गर्ने अवधि सकिने समस्या छैन। ‘२०१७ र २०१८ का २/३ सय युवाहरुको सिटिभिआई (कोरिया प्रवेश अवधि) सकिँदैछ', महानिर्देशक दाहाल भन्छन्, 'आत्तिनुपर्ने अवस्था छैन। भिसा थपका लागि हामीले कुरा गरेका छौँ। एमओयुलाई नै रिभिजन गर्ने हो कि भनेर पनि कुरा भइरहेको छ।’

महानिर्देशक दाहालले नेपाल लाइभसँग भने, ‘कोरिया प्रवेश गरिसक्नुपर्ने अवधि सकियो भने हामी फेरि सिटिइभिआई मगाएर आफैँ प्रक्रिया गरिदिन्छौँ।’ कोरिया प्रवेशअवधि सकिने अवस्थाका २०१७ र २०१८ को पासरहरुको थप ६ महिनाअवधि थपका लागि कोरिया सरकारलाई पत्राचार गरिसकिएकाले आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाई छ।

प्रकाशित मिति: मंगलबार, असार ३०, २०७७  १६:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
सबै सामाजिक सञ्जाल दर्तामा आउनुपर्छ, कानुन मान्नुपर्छ : सञ्चारमन्त्री प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री गुरुङले सूचना प्रविधिको क्षेत्रमा निजी क्षे... मंगलबार, असार १०, २०८२
कक्षा १२ को परीक्षा दिएर बसेकालाई कोदोको परिकार उत्पादन र प्याकेजिङ तालिम जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने यो नगरपालिकाले कोदोमा पाइने प्रोटिन, क्याल्सियम, आइरन तथा एन्टि–अक्सिडेन्टजस्ता पोषकतत्वहरूलाई ध्या... शनिबार, जेठ ३१, २०८२
हेटौँडा औद्योगिक क्षेत्रमा चार उद्योग थपिए औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी रमेशराज नेपालका अनुसार गत वैशाखदेखि लक्की पोलि इन्डस्ट्रिजले प्लाष्टिकका सामान... शुक्रबार, जेठ ९, २०८२
ताजा समाचारसबै
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण आइतबार, असार २२, २०८२
केन्द्रीय समितिमा उपप्रधानमन्त्री सिंहले भने- यही गठबन्धनलाई निरन्तरता दिनुपर्छ आइतबार, असार २२, २०८२
११ हजार भोल्टको तार चुँडिएर करेन्ट लाग्दा महोत्तरीमा कलभर्ट निर्माण गरिरहेका मजदुरको मृत्यु आइतबार, असार २२, २०८२
सिमकोट अब राष्ट्रिय सडक सञ्जालमा जोडियो, हुम्ला पुगेर प्रधानमन्त्रीले गरे बेलिब्रिज उद्घाटन आइतबार, असार २२, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
उज्वेकिस्तानविरुद्दको खेलमा नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा शनिबार, असार २१, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
प्रदेशमन्त्रीलाई बर्खास्त गरेपछि सरकारबाट बाहिरिने नाउपाको निर्णय शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्