• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट
कोरोना संक्रमितलाई यी ६ वर्गमा विभाजन गरे नियन्त्रण सहज हुन्छ : अध्ययन
64x64
नेपाल लाइभ शनिबार, साउन ३, २०७७  २०:३३
1140x725

एजेन्सी- कोरोना भाइरसका लक्षणहरू व्यक्ति नै पिच्छे फरकफरक पाइएको भनिँदै आएको आएको अवस्थामा अनुसन्धाताहरूले गरेको एक अध्ययनमा भने विभिन्न ६ वर्गमा यसका लक्षणलाई विभाजन गर्न सकिने उल्लेख छ। कस्ता लक्षण भएका संक्रमितलाई भेन्टिलेटरमा राख्ने र कस्तो लक्षण भएका संक्रमितलाई कृत्रिम श्वासप्रश्वासको सामान्य व्यवस्था गर्ने भन्ने विषयमा पहिले नै थाहा पाउन सकिन्छ भन्ने विषयलाई दृष्टिगत गरी अध्ययन गरिएको अनुसन्धाताहरूको भनाइ छ। 

यो अध्ययनले कस्ता संक्रमितलाई अस्पताल भर्ना गर्ने‚ कस्ता संक्रमितलाई श्वासप्रश्वासमा सहजता ल्याउन विभिन्न मेसिनहरूको प्रयोग गर्ने भन्ने विषयमा स्वास्थ्यकर्मीहरूले पहिले नै थाहा पाउन सक्ने अनुसन्धाताहरूको दाबी छ। 

सामान्य लक्षण देखिँदा नै उचित उपाय अपनाए गम्भीर लक्षण नदेखिने र परिवार तथा नर्सको सहयोगमा संक्रमण थप फैलनबाट नियन्त्रण गर्न सकिने विज्ञहरू बताउँछन्। मानिसमा आफूलाई कस्तो प्रकारको लक्षण देखापरेको भन्ने थाहा हुनासाथ अस्पताल भर्ना हुने भएकाले कोरोनाको नियन्त्रणमा यसले महत्वपूर्ण भूमिका खेल्ने उनीहरूको दाबी छ।  कोभिड-१९ संक्रमण भएको व्यक्ति सामान्यतया १३ दिनसम्ममा अस्पताल जानुपर्ने विशेषज्ञहरूले बताउँदै आएका छन्।

‘यदि लक्षणको प्रकृति थाहा भएमा यसलाई निको पार्नका लागि हामी आफैं भरसम्भव प्रयास गर्छौं। यसले गर्दा अस्पतालमा भरिएका बेड खाली गर्न सहयोग हुन्छ,’ एक अनुसन्धाताले भने। 

मेडआरसिभमा प्रकाशित भएको यो अध्ययन मोबाइल एप्लिकेसनको माध्यमबाट गरिएको हो‚ जसमा ४० लाखभन्दा बढी मानिसको सहभागी भएका छन्। तीमध्ये १ हजार ६ सय ५३ जना कोरोना संक्रमित प्रयोगकर्ताहरूबाट तथ्यांक संकलन गरिएको अनुसन्धाताहरू बताउँछन्। यी कोरोना संक्रमितमध्ये ३ सय ८३ जना अस्पताल गएका थिए भने १ सय ७ जनालाई कृत्रिम अक्सिजन र भेन्टिलेटरमा राखिएको थियो।

किंस कलेज लन्डनका वरिष्ठ अनुसन्धाता क्लैर स्टिभ्सका अनुसार वृद्धवृद्धा र पहिले नै रोग भएका व्यक्तिमा संक्रमण भइसकेपछि सुरूको अवस्थामा प्रायः उस्तै प्रकृतिको लक्षण देखिएको छ।

ती लक्षणका ६ प्रकारहरू यस्ता छन्:
समूह-१ :
यो समूहका संक्रमितलाई श्वासप्रश्वासको समस्या‚ लगातार खोकी लागिरहने‚ मांसपेशी दुख्नेजस्ता लक्षणहरू देखापर्ने गर्छन्। यस्ता लक्षण भएकामध्ये करीब १.५ प्रतिशत संक्रमितलाई कृत्रिम श्वासप्रश्वासको आवश्यकता भएको पाइएको छ। यीमध्ये १६ प्रतिशत संक्रमितलाई अस्पताल जानुपर्ने अवस्था सिर्जना भएको छ। अनुसन्धान गरिएका कूल संक्रमितमध्ये ४ सय ६२ जनामा यस्तो लक्षण पाइएको थियो।

समूह- २ : यो समूहका संक्रमितलाई श्वासप्रश्वासको समस्या‚ खान मन नलाग्ने र ज्वरो आउनेजस्ता लक्षणहरू देखापर्ने गर्छन्। अनुसन्धानका क्रममा यो समूहका कूल संक्रमितमध्ये ४.४ प्रतिशतलाई कृत्रिम श्वासप्रश्वासको आवश्यकता भएको पाइएको थियो भने १७.५ प्रतिशत संक्रमित एक वा दुईपटक अस्पताल गएका थिए।

Ncell 2
Ncell 2

समूह- ३ : यो समूहका संक्रमितलाई पेटसम्बन्धी समस्या जस्तै: पेट दुख्ने‚ पखाला लाग्नेजस्ता लक्षणहरू देखापर्ने गर्छन्। यीमध्ये ३.७ प्रतिशत संक्रमितलाई कृत्रिम श्वासप्रश्वासको आवश्यकता परेको पाइएको छ भने २४ प्रतिशत संक्रमितहरू उपचारका लागि सामान्यतया एकपटक अस्पताल गएका थिए।

समूह-४ : यो समूहका संक्रमितलाई सुरू सुरूमा धेरै नै टाउको दुख्ने‚ लगातार छाती दुख्ने र खोकी लाग्नेजस्ता लक्षणहरू देखापर्ने गर्छन्। यो समूहका संक्रमितमध्ये ८.६ प्रतिशत संक्रमितहरूलाई कृत्रिम श्वासप्रश्वासको आवश्यकता परेको पाइएको थियो भने २३.६ प्रतिशत संक्रमितलाई एकपटक र सोभन्दा बढी अस्पताल जानुपर्ने अवस्था सिर्जना भएको पाइएको थियो।

समूह- ५ : यो समूहका संक्रमितलाई अत्यधिक टाउको दुख्ने‚ खाना नरूच्नेजस्ता लक्षणहरू देखापर्छन्। यीमध्ये ९.९ प्रतिशत संक्रमितलाई कृत्रिम श्वासप्रश्वासको आवश्यकता भएको पाइएको छ भने २४ प्रतिशत संक्रमितलाई एक वा धेरै पटक अस्पताल जानुपर्ने अवस्था सिर्जना भएको थियो।

समूह- ६ : यो समूहका संक्रमितहरूमा श्वासप्रश्वासको गतिमा फरक आउनु‚ लामो सास फेर्न नस्कनु‚ छाती दुख्नुजस्ता लक्षण देखिएको छ। यीमध्ये करीब २०  प्रतिशत संक्रमितहरूलाई कृत्रिम श्वासप्रश्वासको आवश्यकता भएको पाइएको थियो भने ४५.५ प्रतिशत संक्रमितहरू एक वा सोभन्दा बढी पटक अस्पताल गएको पाइएको थियो। यस्तै लक्षण बाँकीका १६७ संक्रमितमा पनि देखिएको थियो।

अध्ययन टिमका अनुसार पहिलो दुई समूहलाई कोभिड-१९ को ‘सामान्य’ लक्षणको रूपमा लिइएको छ। करीब १ हजार ४७ अन्य एप्लिकेसन प्रयोगकर्ताको रेस्पोन्सलाई आधार मान्दा पनि यस्तै परिणाम आएको अनुसन्धानकर्ताको दाबी छ। टाउको दुख्ने‚ स्वाद/गन्ध थाहा नपाउनेजस्ता लक्षणमाथिका लगभग सबै समूहमा देखिएको थियो।

लक्षणको पूर्वजानकारीले कोभिड-१९ को बारेमा हुनसक्ने सम्भावित घटनालाई मध्येनजर गर्दै नियन्त्रणका सुरक्षित उपाय अपनाउनका लागि सहयोग पुग्ने अनुसन्धाताहरूको दाबी छ। यो अध्ययनले कस्ता प्रकृतिका संक्रमितलाई अस्पताल जानुपर्ने र कस्ता लक्षण भएका मानिसलाई कृत्रिम श्वासप्रश्वासको आवश्यकता हुने भन्ने विषयमा पहिले नै एक किसिमले सुसूचित गराउने विज्ञहरू बताउँछन्।

‘आर्टिफिसियल इन्टेलिजेन्स इन हेल्थकेयर’ विषयका विज्ञ‚ यूनिभर्सिटी अफ बर्मिंगमका प्रोफेसर एलेस्टर डेनिस्टनले यसबाट गम्भीर प्रकृतिको रोगको जोखिम थाहा नहुने दाबी गरे। उनले यस्तो अध्ययनले करोडौं मानिसको लक्षणको बारेमा यकीन गर्न नसक्ने बताउँछन्। तर उनले यो अध्ययन प्रयोगात्मक भएको समेत बताएका छन्।

यूनिभर्सिटी अफ लेसिस्टरका रेस्पिरेटरी रिसर्चर  ब्रिटिस लंग फाउन्डेसनका प्रोफेसर लुइस वाइनले यो अध्ययनले मानिसमा सचेतना फैलाउने बताए।

प्रकाशित मिति: शनिबार, साउन ३, २०७७  २०:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
कोरोना अपडेट: १६ सय परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमुना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण... शनिबार, वैशाख २३, २०८०
ताजा समाचारसबै
सेयर बजारमा हरियाली, आठ कम्पनीको मूल्यमा सर्किट सोमबार, जेठ २६, २०८२
भिजिट भिसा प्रकरण: छानबिन समिति बनाउन कांग्रेस तयार नहुदा रास्वपासँगको छलफल निष्कर्षविहीन सोमबार, जेठ २६, २०८२
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ : राष्ट्रियसभा सदस्य सुरेश आले मगर सोमबार, जेठ २६, २०८२
वीरगंजको खानेपानी समाधानका लागी मन्त्रालयमा छलफल सोमबार, जेठ २६, २०८२
कोरोना संक्रमणको जोखिमलाई ध्यान दिएर पूर्वतयारी योजना कार्यान्वयनमा ल्याउन सरकारको ध्यानाकर्षण सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
राष्ट्रिय सभा  बैठक (भिडियो)
राष्ट्रिय सभा बैठक (भिडियो) सोमबार, जेठ २६, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो)
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो) सोमबार, जेठ २६, २०८२
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली सोमबार, जेठ २६, २०८२
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे सोमबार, जेठ २६, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
राप्ती नगरपालिकाले चिकित्सकसहित ७२ कर्मचारी हटायो सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्