काठमाडौं – अमेरिकाबाट डिपोर्ट गरिएका ३७ जना नेपालीहरु काठमाडौं आइपुगेका छन् । आईतवार राति त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै उनीहरु नेपाल आइपुगेका हुन् । अध्यागमन कानून उल्लंघन गरेको भन्दै अमेरिकाले डिपोर्ट गरेका ३७ जना नेपालीलाई गतराति काठमाडौं ल्याएर छोडेको हो । उनीहरुलाई अमेरिकाले चार्टर्ड विमानमार्फत काठमाडौं ल्याएको थियो ।
अमेरिकाले पछिल्लोपटक डिपोर्ट गरेका ३२ पुरुष र ५ महिला गरी ३७ जना नेपाली रहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लोपटक सत्ता सम्हालेपछि अमेरिका सरकारले आप्रवासीहरुमाथि कडाइ गर्दै आएको छ । भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधिभन्दा बढी समय बसेका र चालचलन राम्रो नभएकाहरुलाई अमेरिकाले नियन्त्रणमा लिएर उनीहरूकै देश फर्काउने गरेको छ । सुनौलो भविष्यको परिकल्पना सहित विभिन्न माध्यामबाट अमेरिका पुगेका नेपालीहरु अहिले बोरा र प्लास्टिकका झोला सहित रित्तोहात फर्कीएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।